कर्णाली याक्सको पहिलो जित, चितवन राइनोजलाई ६ विकेटले हरायो
बोपारा बने लगातार दुई अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी
नेपालबहस संवाददाता
मंसिर २१, २०८१ शुक्रबार १२:४९:१५
२१ मंसिर,काठमाडौं : कर्णाली याक्सले चितवन राइनोजलाई ६ विकेटले हराएको छ। बलिङमा विपिन शर्माको ३ विकेट अनि ब्याटिङमा शिखर धवनको ४५ रन मद्दतमा कर्णालीले शुक्रबार चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको हो ।
यो संगै कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ ।कर्णाली यसअघि जनकपुर बोल्ट्स र काठमान्डु गुर्खाजसँग पराजित भएको थियो । पहिलो जितपछि कर्णालीले दुई खेलको हारको शृंखलाई ब्रेक गर्दै २ अंक जोडेको छ ।
यसअघि लगातार दुई खेल जितेर लयमा रहेको चितवनको यो पहिलो हार हो ।धवनले ४५ रन बनाएपछि कर्णालीले १३१ रनको लक्ष्य १९।५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । चाडविक वाल्टनले ३० तथा देव खनालले २५ रन बनाए । जिसान मक्सुदले अविजित १२ रन बनाए ।अन्तिम ओभरमा जितका लागि कर्णालीलाई ९ रन आवश्यक थियो । क्रिजमा जिसान मक्सुद र अर्जुन घर्ती थिए ।
अन्तिम ओभरमा रोमाञ्चक क्षण
चितवनका रिजन ढकालको बलिङमा अर्जुनले सुरुवाती ३ बलमा २÷२ रन जोडेपछि जितका लागि ३ बलमा ३ रन आवश्यक भयो । तर चौथो बलमा अर्जुन रनआउट हुँदा २ बलमा ३ रन आवश्यक भयो । पाँचौ बलमा मक्सुदले चौका प्रहार गर्दै कर्णालीको जित सुनिश्चित पारे ।
ओपनरद्वय शिखर धवन र देव खनालले पहिलो विकेटका लागि अर्धशतकीय साझेदारी गर्दै कर्णालीलाई गतिलो सुरुवात दिलाएका थिए । यो जोडीले पहिलो विकेटका लागि ९।५ ओभरमा ५३ रनको साझेदारी गरेको थियो । देव २५ रन बनाएर चितवनका कप्तान कुशल मल्लबाट एलबीडब्लु धरापमा परे । उनले ३४ बल खेल्दै १ चौका र १ छक्का प्रहार गरे ।धवनले १६औं ओभरको दोस्रो बलमा लफ्टी इटनबाट कट एण्ड बोल्ड हुनुअघि ४१ बलमा ४चौका र १ छक्का प्रहार गरी ४५ रन बनाए ।
बलिङमा कुशल मल्ल, जान लफ्टी इटन र रवि बोपाराले १(१ विकेट लिए ।त्यसअघि टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले रवि बोपाराको अर्धशतक मद्दतमा ७ विकेट गुमाएर १३० रन बनाएको थियो । बोपाराले ४० बल खेल्दै ७ चौका र १ छक्का प्रहार गर्दै अविजित ५९ रन बनाए ।
बोपारा बने लगातार दुई अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी
बोपारा जारी एनपीएलमा लगातार दुई अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बने । यसअघि उनले पोखरा एभेन्जर्स विरुद्ध ५१ रन बनाएका थिए ।बोपाराले कप्तान कुशल मल्लसँग चौथो विकेटका लागि ६० रनको साझेदारी गरेका थिए । कप्तान कुशल मल्लले २३ रन बनाए । २७ बल खेलेका उनले २ चौका र १ छ्क्का प्रहार गरे । विपिन रावलले ११ रन जोडे । बाँकीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङमा कर्णाली याक्सका युवा बलर विपिन प्रसाद शर्माले सर्वाधिक ३ विकेट लिए । उनले ४ ओभरमा २१ रन खर्चिए ।जिसान मक्सुले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । यसैगरी नन्दन यादवले २ ओभरमा १ मेडन राख्दै ११ रन खर्चेर १ विकेट लिए ।कप्तान सोमपालले ४ ओभरमा ३२ रन खर्चेर १ विकेट लिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार
पावर प्लेमा जनकपुरको जादु, जनकपुरका दुई खेलाडी भए आऊट
पुष ६, २०८१ शनिबार
एनपीएल फाइनल हेर्न कांग्रेस सभापति देउवा कीर्तिपुर क्रिकेट मैदानमा
पुष ६, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
एमालेले बोलायो सचिवालय बैठक
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
थोरै सङ्ख्यामा पशु पालेरै मासिक एक लाख बढी आम्दानी
पुष ७, २०८१ आइतबार
प्रिमियर लिगमा सिटीको हारको अर्को कीर्तिमान
पुष ७, २०८१ आइतबार
ला लिगामा बार्सिलोना एट्लेटिको म्याड्रिडसँग पराजित
पुष ७, २०८१ आइतबार