दक्षिण कोरियाको सत्तारुढ दलद्वारा राष्ट्रपति युनको राजीनामाको माग गर्दै प्रदर्शन
नेपालबहस संवाददाता
मंसिर २१, २०८१ शुक्रबार १४:२९:४२
२१ मंसिर, काठमाडौं । दक्षिण कोरियाको सत्तारुढ दल, पिपुल्स पावर पार्टीका अध्यक्षले राष्ट्रपति युन सुक योलले देशको लागि ठूलो खतरा उत्पन्न गरेको भन्दै उनलाई पदबाट हटाउनु उचित भएको बताएका छन् ।
युनको पिपुल्स पावर पार्टीका प्रमुख हान दोङ–हुनको आश्चर्यजनक टिप्पणीले शनिबार राष्ट्रपतिलाई महाभियोग लगाउन पर्याप्त सांसदहरूले मतदान गर्ने लगभग सुनिश्चितता गरेको छ ।
हानले बिहीबार महाभियोगलाई रोक्ने बताएका थिए । पार्टीका अर्का एक नेताले भने शनिबारको मतदानमा युनलाई समर्थन गर्न पीपीपीका सबै १०८ सदस्य एकजुट हुने बताएका छन् ।
युनले मंगलबार राति सैनिक शासन 'मार्शल ल को घोषणा गरेर केही गलत गरेको स्वीकार गर्न इन्कार गरेका कारण शुक्रबार आफ्नो अडान परिवर्तन भएको हानले बताए ।
हानले भने, “नयाँ तथ्यलाई ध्यानमा राख्दै गणतन्त्र कोरिया र त्यहाँका जनताको रक्षाका लागि राष्ट्रपति युन सुक योल जिम्मेवारीबाट शीघ्र निलम्बन हुन आवश्यक छ ।”
हानले भने, “युनले ‘गैरकानुनी रूपमा हस्तक्षेप गर्ने’ सैन्य अधिकारीविरुद्ध कुनै कारबाही गर्नुभएको छैन र उहाँले यो कदम गलत थियो भनेर स्वीकार गर्न अझै आनाकानी गरिरहनुभएको छ । त्यसैले, यदि राष्ट्रपति यूनले राष्ट्रपतिको पद धारण गरिरहनुभयो भने दक्षिण कोरिया र यहाँका जनताका लागि गम्भीर जोखिम छ । वर्तमान सङ्कटकालीन अवस्था जस्तै चरम कार्यहरू दोहोरिन सक्छ ।”
युनले मंगलबार अबेरसम्म नागरिक शासनलाई निलम्बित गर्दै संसदमा सेना तैनाथ गरेका थिए । विपक्षीहरूको विरोधका कारण केही घण्टामा नै उनले आफ्नो निर्णय परिवर्तन गर्न बाध्य हुनुपरेको थियो ।
दक्षिण कोरियाको ३०० सदस्यीय विधायिकामा विपक्षीको बहुमत छ र महाअभियोगका लागि आवश्यक दुई तिहाइ बहुमत प्राप्त गर्न पीपीपीबाट केही सांसदले दलबदल गर्नु आवश्यक छ । रियलमिटरले बिहीबार सार्वजनिक गरेको एक सर्वेक्षणअनुसार राजधानीका ७३.६ प्रतिशत उत्तरदाताले महाअभियोगको समर्थन गरेका छन् ।
राष्ट्रपतिको राजीनामाको माग गर्दै हजारौं प्रदर्शनकारीले बिहीबार साँझ मध्य सियोल र संसद भवन नजिकै प्रदर्शन जारी राखेका छन् । महाभियोग प्रस्ताव पारित भएमा संवैधानिक अदालतको फैसला नआउन्जेलसम्म युनलाई निलम्बन गरिनेछ । यदि न्यायाधीशहरूले सहमति दिएमा युनलाई महाभियोग लगाइनेछ र ६० दिनभित्र नयाँ निर्वाचन हुनुपर्नेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछिमेकी मुलुक भारत भ्रमणका लागि निम्ता आउने कुरामा विश्वास्त छैनन् प्रधानमन्त्री ओली
पुष ११, २०८१ बिहिबार
१०० दिने अभियान नसकिएका जिल्लामा माघ १६ सम्म कांग्रेसले थप्यो म्याद
पुष ११, २०८१ बिहिबार
विभिन्न देशसँग संसदीय मैत्री समूह गठन, कांग्रेसले पायो अमेरिकासहित १४ देशको नेतृत्व
पुष ११, २०८१ बिहिबार
रवि लामिछाने सांसदबाट निलम्बित
नेपालबहस संवाददाता
पुष ८, २०८१ सोमबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
भैँसीपालनमा रमाउँदै घोरासैनी
पुष ११, २०८१ बिहिबार
हेटौंडाबाट गैँडाको खागसहित तस्कर पक्राउ
पुष ११, २०८१ बिहिबार
सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण
पुष ११, २०८१ बिहिबार
बिक्रीका लागि प्याजका बिरुवा उखेल्दै
पुष ११, २०८१ बिहिबार
लिलाको सकिएपछि रवि लामिछानेको सुरु भयो बयान
पुष ११, २०८१ बिहिबार
जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो
पुष ११, २०८१ बिहिबार