रास्वपाले भन्यो “प्रहरीले रवि लामिछानेको डायरी गायब पार्यो”
राज्य संयन्त्रको दुरुपयोग गरी रबीलाई यातना दिएको आरोप
नेपालबहस संवाददाता
मंसिर २१, २०८१ शुक्रबार १५:१६:५३
२१ मंसिर काठमाडाैँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रहरी हिरासतमा रहेका पार्टी सभापति रवि लामिछानेको निजी डायरी हिरासतबाटै गायब गरिएको आरोप लगाएको छ। यो संगै लामिछानेलाई चितवनबाट रातारात पोखरा पुर्याइए प्रति आपत्ति जनाएको छ।
रास्वपाले शुक्रबार विज्ञप्ति निकालेर सरकारको प्रत्यक्ष निर्देशनमा प्रहरीले यस्तो काम गरेको जिकिर गर्दै आपत्ति जनाएको हो । ‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्वउपप्रधान तथा गृहमन्त्री एवं सांसद रवि लामिछानेलाई रातारात चितवनबाट पोखरा लगिएको घटनाप्रति पार्टीको घोर आपत्ति प्रकट रहेको छ।
सभापति लामिछानेलाई दिनभर चितवन जिल्ला सरकारी वकीलको कार्यालयमा बयान गराइ राति सुतिरहेको बेलामा अचानक उठाइ मध्यरातमा चितवनबाट सडक मार्ग हुँदै राति ३ बजे पोखरा पुर्याइको रहेछ। यो आश्चर्यजनक, निकृष्ट, निन्दनीय घटना सरकारको प्रत्यक्ष निर्देशनमा भएको सूचना प्रहरी सुत्रबाट प्राप्त भएका छन्,’ कार्यवाहक प्रवक्ता मनिष झाले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सरकारले राज्य संयन्त्रको दुरुपयोग गरी एक प्रतिस्पर्धी राजनीतिक दलको नेतालाई विभिन्न बहानामा यातना दिने अमानवीय, अपमानजनक तथा गैरन्यायिक चाल चलेको आरोप समेत रास्वपाले लगाएको छ। “हामी यसको घोर भर्त्सना गर्दछौं, सरकारको यो कर्मले नागरिकको नैसर्गिक मानवअधिकार हनन् गरेको छ। यो निर्मम कदमको औचित्य राज्यले पुष्टि गर्नुपर्नेछ।
यसतर्फ राष्ट्रिय मानवअधिकार आयोग एवं सम्पूर्ण राष्ट्रिय अन्तर्राष्ट्रिय मानव अधिकारकर्मी तथा मानवअधिकारवादी संघ संस्थाहरुको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं” रास्वपाले बिज्ञप्ती मार्फत भनेको छ।लामिछाने कसुरदार नभइ एक आरोपित मात्र भएको रास्वपाले दाबी गरेको छ। सरकारको कानुनी प्रक्रियामा साथ दिएर सभापति लामिछानेले नागरिक कर्तव्य निर्वाह गरिरहेको बताएको छ।
“अनुसन्धानमा साथ दिइरहेको एक लोकप्रिय जनप्रतिनिधिलाई अपराधी जस्तो गरी प्रचार गरिनुका साथै सोही स्तरको व्यवहार हुनु नेपालको संविधानको धारा १८, धारा २२ तथा मुलुकी अपराध संहिता, २०७४ को दफा १६७ एवम् यातना र अन्य क्रूर, अमानवीय वा अपमानजनक व्यवहार वा सजाय विरुद्धको महासन्धि, १९८४ विपरीत समेत रहेको तर्फ सम्बन्धित सबैलाई सचेत गराउँछौं। अतः यस घटनाका दोषीमाथि उल्लिखित कानुनी प्रावधान बमोजिम कारवाही गर्न जोडदार माग गर्दछौं” विज्ञप्तिमा उल्लेख छ।
राज्य संयन्त्र रास्वपा र यसका सभापतिविरुद्ध षडयन्त्रपूर्ण रुपमा सक्रिय रहेको यस घटनाले स्पष्ट बनाएको आरोप समेत रास्वपाले लगाएको छ। “आज सांसद लामिछानेका माध्यमबाट दुई तिहाईको दम्भमा नेपालमा लोकतान्त्रिक व्यवस्थालाई दलीय कुशासनको पञ्जामा पार्न राज्यसत्ता उद्दत रहेको छ। तसर्थ राज्यको न्यायिक पद्दति, कानुनी शासन र लोकतान्त्रिक अधिकारको रक्षार्थ सक्रिय रहन सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा हार्दिक अपील गर्दछौं” रास्वपाले भनेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा
पुष ११, २०८१ बिहिबार
लिम्बू कला–संस्कृति संरक्षणमा जुट्दै नयाँ पुस्ता
पुष ११, २०८१ बिहिबार
माझीदाईका गुनासाः दिनभरि काम गर्यो, फर्कदा रित्तै !
पुष ११, २०८१ बिहिबार
रवि लामिछाने सांसदबाट निलम्बित
नेपालबहस संवाददाता
पुष ८, २०८१ सोमबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
हेटौंडाबाट गैँडाको खागसहित तस्कर पक्राउ
पुष ११, २०८१ बिहिबार
सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण
पुष ११, २०८१ बिहिबार
बिक्रीका लागि प्याजका बिरुवा उखेल्दै
पुष ११, २०८१ बिहिबार
लिलाको सकिएपछि रवि लामिछानेको सुरु भयो बयान
पुष ११, २०८१ बिहिबार
जिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो
पुष ११, २०८१ बिहिबार