भरतपुर अस्पतालमा उपचारसँगै योग कक्षा सञ्चालनमा
नेपालबहस संवाददाता
मंसिर २१, २०८१ शुक्रबार १५:३५:७
२१ मंसिर, चितवन । यहाँको भरतपुर अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीहरूलाई उपचारसँगै योग कक्षा सञ्चालनमा ल्याइएको छ । मङ्सिर ७ गतेदेखि अस्पतालले योग कक्षा सञ्चालनमा ल्याएको हो ।
अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाका अनुसार अस्पतालमा भर्ना भएका बिरामी र तीनका आफन्तहरूलाई योग, प्रणायम, योगासन र मेरिटेसनका कक्षा सञ्चालन भइरहेका छन् । बिहान ७ बजेदेखि ९ः३० बजेसम्म योग कक्षा सञ्चालन गरिएको उनले बताए ।
अहिले दैनिक २० देखि २५ जनाले यो कक्षामा सहभागिता जनाउने गरेका प्रवक्ता डा सापकोटाले जानकारी दिए । उनले भने, “अस्पतालमा उपचारका लागि लामो समयसम्म बस्नुपर्ने बिरामी र कुरुवालाई लक्षित गरी निःशुल्क रूपमा यो सेवा दिइएको हो ।”
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्ण पौडेलले योग कक्षा बिरामी र बिरामीका आफन्तलाई मात्रै नभएर बिस्तारै कर्मचारीहरूलाई पनि दिइने बताए । सुरुआतमा मेडिकल वार्डका बिरामीलाई योग कक्षामा जोडिएको भन्दै उनले बिस्तारै शल्यक्रिया गरेकाबाहेक अन्य बिरामी र तीनका आफन्तलाई पनि जोड्ने बताए ।
मेडिकल सुपरिटेन्डेन्ट डा पौडेलले भन्नुभयो, “उपचार भनेको सुई लगाउने र औषधि खुवाउने मात्रै नभएर यसमा योग र नियमित व्यायाम पनि पर्दछन् ।” योगले मानिसलाई फूर्तिलो बनाउने र उपचारमा समेत सहयोगी बन्ने उनले बताए । अस्पतालको बसाई छोटो बनाउन पनि योग आवश्यक हुने उनको भनाइ छ ।
अहिले अस्पतालले निःशुल्क नाम दर्ता र कक्षा सञ्चालन गर्दै आएको छ । डा पौडेलले भने, “अस्पतालका कर्मचारी एक जना योग सिकेर आएको छ । अहिले उनले कक्षा सञ्चालन गर्दै छन् ।” बिस्तारै आयुर्वेद अस्पताल, पतञ्जली जस्ता संस्थासँग जोडिएर यस्ता कक्षाहरू नियमित रूपमा सञ्चालन गरिने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य बीमा ऐन संशोधन, बीमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली बनाइने
माघ १, २०८१ मंगलबार
अध्ययन समितिले भन्यो, चिकित्सकको तलब डेढ लाखदेखि २ लाख ५० हजारसम्म बनाउनुपर्छ
पुष २९, २०८१ सोमबार
नवीकरण नहुँदा बागमतीका स्वास्थ्य संस्था सुविधाबाट वञ्चित
पुष २८, २०८१ आइतबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार