लुम्बिनी विरुद्ध पोखराको पहिलो जित
गौसले एनपीएलकै पहिलो शतक प्रहार गरे
नेपालबहस संवाददाता
मंसिर २१, २०८१ शुक्रबार १६:१०:४८
२१ मंसिर, काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले पहिलो जित हात पारेको छ ।सुरुआती दुई खेल गुमाएको पोखराले तेस्रो खेलमा लुम्बिनी लायन्सलाई फराकिलो अन्तरले पराजित गरेको हो ।
टीयु क्रिकेट मैदानमा लुम्बिनीले दिएको १७१ रनको लक्ष्य पछ्याएको पोखराले १६ ओभर ५ बलमा विना विकेटको क्षतिमा पूरा गर्यो ।पोखराका ओपनर आन्द्रेस गौस र दिनेश खरेलले १७६ रनको कीर्तिमानी अविजित साझेदारी गरे । गौसले एनपीएलकै पहिलो शतक प्रहार गरे । गौस १०४ र खरेल ६१ रनमा अविजित रहे ।
त्यसअघि टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १७० रन बनाएको थियो ।लुम्बिनीका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरेका थिए । उनी ५९ बलमा ९५ रनमा आउट भए । उनले चौथो विकेटका लागि टम मुर्ससँग शतकीय साझेदारी गरेका थिए । मुर्स ४५ रनमा आउट भए ।
लुम्बिनीका दुई ओपनर शुन्य रनमा आउट हुँदा सन्दीप जोरा १८ रन बनाएर आउट भए । विवेक २ रनमा अविजित रहे । बलिङमा पोखराका विपिन खत्रीले २ र म्याट क्रिट्ले एक विकेट लिएको थियो ।लुम्बिनीको यो दोस्रो हार हो । यसअघि पहिलो खेलमा विराटनगरसँग पराजित भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयु–१९ महिला विश्वकप : अभ्यास खेलमा नेपाल ९ रनले पराजित
पुष २९, २०८१ सोमबार
जय ट्रफीः मधेसलाई हराउँदै आर्मी ८ विकेटले विजयी
पुष २८, २०८१ आइतबार
भारतको क्रिकेट अब असामका देवजित सौकियाले हाँक्ने
पुष २८, २०८१ आइतबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार