‘सम्पदा, साहित्य र इतिहासको जगमा नेपाललाई समृद्धितिर लैजानुपर्छ’
नेपालबहस संवाददाता
मंसिर २१, २०८१ शुक्रबार २१:३९:५८
२१ मङ्सिर, ललितपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सम्पदा साहित्य र इतिहासको जगमा नेपाललाई समृद्धितिर लैजान आवश्यक रहेको बताएका छन् । ललितपुरको पाटन दरबार सङ्ग्रहालयमा आज आयोजित भीष्म बाँस्कोटाद्वारा लिखित नेपालमण्डल (विश्वसम्पदा लोकमाला) को लोकार्पण समारोहमा मन्त्री पाण्डेले पुस्तकले सम्पदा साहित्य र इतिहासको जगमा नेपाललाई समृद्धितिर लैजानका लागि महत्वपूर्ण योगदान गर्दै सांस्कृतिक प्राणतत्वलाई जीवित राख्ने काम गरेको बताए।
“नेपालमण्डलका भौतिक र अभौतिक सम्पदालाई पुस्तकमा समावेश गरिएको छ, सम्पदा र इतिहासबारेमा सिद्धहस्त चर्चा गरिएको छ, नेपालमण्डल देशको मुटु हो, यसबारेमा चित्रण गरेर लेख्नु महत्वकाङ्क्षी काम हो, यसले हाम्रो इतिहास र संस्कृतिको जगेर्ना गर्दै सम्पदाको महत्व पहिचानमा भूमिका खेल्नेछ”, मन्त्री पाण्डेले भने ।
यस पुस्तकले नयाँ पुस्तालाई पनि हौसला प्रदान गर्ने उनको भनाइ थियो । नेपालको इतिहास, साहित्य र सम्पदाको माध्यमबाट विविधतापूर्ण संस्कृति र प्रकृतिलाई चलायमान बनाउन सकिनेमा उनले जोड दिए।
मन्त्रालयका सहसचिव डा सुरेश सुरस श्रेष्ठले सम्पदा र संस्कृतिबारे सङ्ग्रह गरेर लोकलयलाई जीवन्त राखेको बताए । उनले ध्रुपद परम्परालाई निरन्तरता दिएकोमा लेखकलाई धन्यवाद भने ।
“पुस्तक अहिलेको सन्दर्भमा संस्कृति, इतिहास र सम्पदा बुझ्न महत्वपूर्ण छ, लोकलयमा पठनपाठन गराउन सकेमा हराउँदै गएको सभ्यता फिर्ता आउनेछ”, उनले भने ।
सञ्चारकर्मी एवं साहित्यकार डा नवराज लम्सालले पुस्तकले हराउँदै गएको पाटो र पुरानो लय चेतनालाई सम्झाइदिएको धारणा राखे । “इतिहासको विषयमा साहित्यिक रस भएन भने अपूरो हुन्छ, तथ्यमा आधारित रहेर काव्यिक भावमा लेखिएको छ, परिभाषित शब्दहरु उपयोगी छन्, संस्कृतिमा हुने मिठास पुस्तकमा भेटिन्छ”, उनले भने ।
वरिष्ठ इतिहासविद् प्राध्यापक डा दिनेशराज पन्तले पुस्तक तयार गर्न लेखकले धेरै परिश्रम खर्चिएकाले यो इतिहास र संस्कृतिको दृष्टिकोणले महत्वपूर्ण रहेको बताए ।
लेखक भीष्म बाँस्कोटाले इतिहास र संस्कृतिको विषय निरस बन्दै गइरहेको अवस्थामा लोकलयमा लिखित यो पुस्तकले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे । उनले ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदालाई सर्वसाधारणले बुझ्ने गरीएकीकृत रूपमा पुस्तकमार्फत प्रस्तुत गरेको बताए । उनले २०७६ सालमा सुरु गरेर २०८१ मा पुस्तक तयार पारेको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच २ घण्टा भेटवार्ता
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
नेपाल धानमा पनि परनिर्भर बन्दै, वीरगञ्जबाट मात्र ५ महिनामा ३ अर्ब बढीको धान आयात
पुष १९, २०८१ शुक्रबार
मुगुमा ४.४ रिक्टर स्केलको भूकम्प
पुष १९, २०८१ शुक्रबार
विपन्न समुदायका छात्रालाई वडा कार्यालयबाट साइकल सहयोग
पुष १९, २०८१ शुक्रबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १९, २०८१ शुक्रबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
'ग्रीन टी' वा 'कफी' कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ ?
पुष १९, २०८१ शुक्रबार