पाकिस्तानमा बन्दुकधारीको आक्रमणमा परी छ सैनिकको मृत्यु
नेपालबहस संवाददाता
मंसिर २२, २०८१ शनिबार २१:५८:५५
२२ मङ्सिर, इस्लामावाद । अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानी सेनाको शिविरमा बन्दुकधारीले आक्रमण गरी छ जना सैनिकको हत्या गरेको पाकिस्तानी सेनाले शनिबार जनाएको छ ।
उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको थाल जिल्लामा रहेको एक सैन्य शिविरमा ती सैनिकले बन्दुकधारीसँग ‘व्यापकरूपमा सशस्त्र झडप’ गरेको सेनाले जनाएको छ ।
ती सैनिकले तीन जना बन्दुकधारीको हत्या गरेको बताइएको छ । जिहादी र पृथकतावादी समूहहरूले अफगानिस्तानसँग जोडिएको पहाडी सीमामा सेना र प्रहरीलाई निशाना बनाउने गरेका छन् ।
गत नोभेम्बरमा सो प्रान्तमा २४ घण्टाभन्दा कम समयमा भएका छुट्टाछुट्टै घटनामा कम्तीमा २० सैनिकको मृत्यु भएको थियो । पाकिस्तानी तालिवानको नामले पनि चिनिने तेहरीक–ए–तालिबान पाकिस्तान (टिटिपी) ले आठ सैनिक र नौ लडाकूको ज्यान जाने गरी भएको एउटा आक्रमणको जिम्मेवारी लिएको छ ।
आक्रमणको केही घण्टापछि हाफिज गुलबहादुर सशस्त्र समूहले खैबर पख्तुनख्वा प्रान्तको एक चेकप्वाइन्टमा भएको आत्मघाती आक्रमणको जिम्मेवारी लिएको थियो।
टिटिपीले अक्टोबरको अन्त्यमा खैबर पख्तुनख्वाको एक चेक पोस्टमा भएको आक्रमणमा १० जना प्रहरी अधिकारीको मृत्यु भएको दाबी गरेको छ ।
टिटिपी हाफिज गुलबहादुर समूहबाट अलग छ, तर दुवै सन् २००१ देखि अमेरिकी नेतृत्वको नेटो गठबन्धनविरुद्ध अफगान तालिबानलाई सहयोग गर्न सक्रिय थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफ्रान्सले युक्रेन बिना नै युद्धबारे छलफलका गर्न चाहेको रूसी दावी
पुष ११, २०८१ बिहिबार
विशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार