रमेश विष्टको नेतृत्वमा ६ संगठनका साझा उम्मेदवार (सूचीसहित)
नेपालबहस संवाददाता
मंसिर २३, २०८१ आइतबार १२:२६:२०
२३ मंसिर, काठमाडौं । मंसिर २८ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनका लागि अध्यक्षका उम्मेदवार रमेश विष्टसहितको प्यानल घोषणा भएको छ । विष्टलाई प्रेस सेन्टर, समाजवादी पत्रकार संगठन लगायत ६ वटा संस्थाले समर्थन गरेका छन् ।
शनिबार रिपोर्टस् क्लबमा एक कार्यक्रम गर्दै संयुक्त प्यानलले उम्मेदवारसहित आफ्नो प्रतिबद्धता पत्र पनि सार्वजनिक गरेका छन् । प्रेस सेन्टरबाट अध्यक्ष पदमा उम्मेदवार दिएका कमल गिरीले निर्वाचन समितिबाट आफ्नो उम्मेदवारी फिर्ता लिँदै विष्टलाई समर्थन गरेका हुन ।
नेपाल प्रेस युनियनले प्रेस चौतारी नेपाललाई अध्यक्ष पदको उम्मेदवारी सुम्पिएपछि असन्तुष्टि जनाउँदै पत्रकार महासंघको कार्यबहाक अध्यक्ष रहीसकेका विष्टले उम्मेदवारी दिएका हुन् । उम्मेदवारी फिर्ताको निर्णयबारे रिपोर्टस् क्लबमा बोल्दै गिरीले सक्षम, योग्य र अनुभवी उम्मेदवार भएकाले विष्टलाई समर्थन गरेको बताए ।
उनले विष्टलाई विजयी गराउन आफू र समर्थन गर्ने संगठनहरुले सक्रिय भएर अघि बढ्ने बताए । उम्मेदवारी फिर्ता लिएर समर्थन गरेकोमा विष्टले सबैलाई धन्यवाद दिए ।
यस्तो छ प्यानल :
अध्यक्षः रमेश विष्ट
वरिष्ठ उपाध्यक्षः रोशन पुरी
उपाध्यक्ष महिलाः गंगा पौडेल (बराल)
समावेशी उपाध्यक्षः सुभाष प्रसाद साह
महासचिवः लेखनाथ न्यौपाने
खुला सचिवः उत्तरसिंह विष्ट
मधेसी सचिवः श्रीजन झा
महिला सचिवः सरिता बराइली
दलित सचिवः वसन्त विक
आदिवासी जनजातिः भीषण राई
एशोसियट सचिव : विकास काकी
कोषाध्यक्षः रामकृष्ण अधिकारी
केन्द्रीय सदस्यहरू
कोशी प्रदेश केन्द्रीय सदस्य : १. तीर्थ सिग्देल २. दीपेन्द्र कुमार राई
मधेस प्रदेश केन्द्रीय सदस्य : १. राजु विश्वकर्मा २. संजय कुमार राउत
बागमती प्रदेश केन्द्रीय सदस्य (उपत्यका बाहेक) १ . मणिराज गौतम २. मिनकुमार दाहाल
गण्डकी प्रदेश केन्द्रीय सदस्यः १. दीपक भट्टराई २.
लुम्बिनी प्रदेश केन्द्रीय सदस्यः १. यानेन्द्र जिसि २. सुमन अधिकारी
कर्णाली प्रदेश केन्द्रीय सदस्यः १. देविराम देवकोटा २. यज्ञराज थापा
सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्यः १. डिलबहादुर सिंह २. रामसिंह ठगुन्ना
उपत्यका प्रदेश केन्द्रीय सदस्यः १. अर्जुन पन्त २. सूर्य सुवेदी
प्रतिष्ठान प्रदेश केन्द्रीय सदस्यः
१. वीरेन्द्र ओली
२. साहास भट्ट
खुल्ला केन्द्रीय सदस्य
१. केशव बहादुर भुल
२. दामोदर खनाल
३. लेखनाथ खतिवडा
४ बुद्द लोप्चन
५ रामकुमार श्रेष्ठ
महिला
२. (आदीवासी, जनजाति) सरु राना
३. (मधेसी) मिनाकुमारी यादव
४. (खस आर्य) दिया चन्द
दलित केन्द्रीय सदस्य
१. लक्ष्मण दर्नाल (पुरुष)
२. (महिला) निर्विरोध
आदीबासी जनजातिः
१. अर्जुन बहादुर तामाङ (पुरुष)
२. (महिला) निर्विरोध
मधेसी
१. चन्द्रदेव कामती (पुरुष)
२. ललिताकुमारी साह (महिला)
अपाङ्गता तर्फ केन्द्रीय सदस्य
१. अर्जुन काफ्ले
अल्पसंख्यक तर्फ केन्द्रीय सदस्य
बख्तियार अलि
लेखा समिति संयोजकः ध्रुव रावल
लेखा समिति सदस्य :
१. गणेश प्रसाद बन्जाडे (पुरुष)
२. लक्ष्मी चौधरी (महिला)
यस्ता छन् प्रतिबद्धता :
१) सर्वप्रथम हामी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र लोकतन्त्रको पक्षमा नेपाल पत्रकार महासंघले गर्दै आएको सम्झौताहिन संघर्षप्रति गौरव गर्दै यसक्रममा आफ्नो जीवन बलिदान गर्नुहुने योद्धाहरूप्रति उच्च सम्मानसहित भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दैछौँ । साथै यसका लागि कष्टसाध्य संघर्ष गर्नुहुने हाम्रा सम्पूर्ण अग्रजसहित प्रेस स्वतन्त्रता सेनानीहरुप्रति अभिनन्दन प्रकट गर्दैछौँ । हामी उहाँहरूले निर्माण गरेको गौरवपूर्ण इतिहासलाई कायम राख्दै सोही बाटोमा अनवरत हिँडिरहने प्रण गर्दैछौँ ।
२) नेपाली पत्रकारितालाई स्वच्छ, मर्यादित र उत्तरदायी बनाउनका लागि महासंघभित्र र पत्रकारिता क्षेत्रमै शुद्धीकरणको आवश्यकता छ । यसका लागि नेपाल पत्रकार महासंघलाई क्रियाशील पत्रकारहरूको मात्रै साझा संगठन बनाई आम श्रमजीवी पत्रकारको साझा नेतृत्वदायी पेसागत संगठनका रूपमा अघि बढाउनेछौँ । साथै, लोकतान्त्रिक समुदायको भरोसायोग्य नागरिक संस्थाको रूपमा स्थापित महासंघको गरिमा, गौरव र सामाजिक स्वीकारोक्तिलाई वृद्धि गर्न प्रतिबद्ध छौँ ।
३) हाम्रो प्यानल श्रमजीवी पत्रकारहरूको हकहित र अधिकारप्रति पूर्ण प्रतिबद्ध छ । हामी श्रमजीवी पत्रकार सम्बन्धी ऐनको पूर्ण कार्यान्वयनका निम्ति ठोस पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ । श्रमजीवी पत्रकारका लागि औषधोपचार, तालिम, पुरस्कार, फेलोसिपको व्यवस्था गर्नुको साथै सञ्चार सामग्रीको बिमा गर्ने प्रबन्धका लागि पहल गरिनेछ । श्रमजीवी पत्रकार कल्याण कोषलाई थप प्रभावकारी बनाउने प्रण गर्दछौँ ।
(४) संघ, प्रदेश र स्थानीय तहमा सञ्चारमैत्री नीति, कानुन र संरचना निर्माणका लागि ठोस पहल गर्नेछौँ ।
(५) पत्रकार आफैले चलाएका स्वरोजगारमूलक सञ्चार माध्यमको संरक्षण, समानुपातिक विज्ञापन वितरणको व्यवस्था र स्थानीय विज्ञापन स्थानीय सञ्चार माध्यमलाई दिलाउन ठोस पहल गर्ने छौँ । साथै, सरकारले प्रदान गर्दै आएको लोक कल्याणकारी विज्ञापन शतप्रतिशत वृद्धिको लागि पहल गर्नेछौँ ।
६) पत्रकारिता क्षेत्रमा लामो समय योगदान दिनुभएका पत्रकारहरूका लागि वरिष्ठ पत्रकार सम्मान तथा जीवनवृत्ति र अपाङ्गता भएका पत्रकारका लागि मासिक भत्ताको व्यवस्था, महिलाले चलाएका र मातृभाषाका सञ्चार माध्यमका लागि विशेष व्यवस्था गर्न पहल गर्ने छौँ ।
७) महिला, दलित, आदिवासी, जनजाति, अपाङ्गता, मधेसी, सीमान्तकृत र पछाडि परेका क्षेत्र, वर्ग र समुदायको आमसञ्चारमा प्रतिनिधित्व बढाउन थप पहल गर्नेछौँ ।
८) पत्रकार महासंघको सदस्यता लिएका सम्पूर्ण पत्रकारको निःशुल्क दुर्घटना तथा स्वास्थ्य बिमाको प्रक्रियालाई अघि बढाउने छौँ ।
९) महासंघका संघ, प्रदेश र शाखा कार्यालय भवनलाई पूर्णता दिँदै इ–लाईब्रेरी र सञ्चार सङ्ग्रहालय निर्माण गर्नेछौँ । लामो समयदेखि पत्रकारितामा क्रियाशील अग्रजको ज्ञान, अनुभव र योगदानलाई ज्ञान–स्रोतका रूपमा दस्तावेजीकरण गर्नेछौँ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्युत् सर्ट भई आगलागी हुँदा १५ लाखको क्षति
पुष ५, २०८१ शुक्रबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
विद्युत् सट भई आगलागी हुँदा १० लाख बढीको क्षति
पुष ४, २०८१ बिहिबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
अदालतले म्याद थप नगरेपछि रिहा भए निकोलस भुसाल
पुष ८, २०८१ सोमबार
क्रिसमसमा राक्सिराङ गाउँपालिकामा २ दिन सार्वजनिक बिदा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार