नेपाल प्रेस युनियनको निर्णयप्रति धर्मेन्द्र झाको असन्तुष्टि, सल्लाहकारबाट दिए राजीनामा
नेपालबहस संवाददाता
मंसिर २३, २०८१ आइतबार १२:५९:२४
२३ मंसिर, काठमाडौं । नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा नेपाल प्रेस युनियनका अध्यक्ष एवं पदाधिकारीहरूको भूमिका र उम्मेदवार छनोट प्रक्रियालाई लिएर विभिन्न तहमा चरम असन्तुष्टि देखिएको छ ।
युनियन नेतृत्वकाे भूमिकाप्रति युनियन कै सल्लाहकार एवं नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झाले चर्को असन्तुष्टि राखेका छन् । उनले प्रेस युनियनको सल्लाहकार पदबाट राजीनामा समेत दिएका छन् ।
पत्रकार महासंघको निर्वाचनको विषयमा युनियनका सल्लाहकारसमेत रहेका झालाई कुनै जानकारी नदिएको र निर्वाचनबारे कुनै सल्लाह नै नगरिएको भन्दै उनले सल्लाह आवश्यक नपर्ने संस्थाको सल्लाहकार भएर बस्न नसकिने बताएका छन् । झाले सामाजिक सञ्जालमा लेख्दै आफूसँग निर्वाचनको विषयमा कुनै सल्लाह नगरिएको गुनासाे गरेका छन् ।
युनियनका सल्लाहकारसमेत रहेका झाले सल्लाह नलिने, सल्लाह नमान्ने र सल्लाह नै आवश्यक नपर्ने ठाउँमा सल्लाहकार भन्दै बसिरहनुको तुक नभएको बताएका छन् । उनले सल्लाहकार पद त्यागेको घोषणा पनि गरेका छन् ।
पूर्व अध्यक्ष झाले सामाजिक सञ्जालमा यस्तो लेखेका छन्, ‘मेरा आत्मीयजनलाई जानकारी–सल्लाह नलिने, सल्लाह नमाग्ने र सल्लाह आवश्यक नै नपर्ने ठाउँमा सल्लाहकार भन्दै बसिरहनुको के तुक भयो र ? छोडियो । साथीहरूसँग रहिरहन त पदै किन चाहियो ? म सधैं मेरा साथीहरूसँगै छु र रहिरहनेछु । मेरो कसै प्रति कुनै गुनासो छैन । जे छ, आफैंसँग छ ।’
यद्यपि युनियनले तय गरिसकेका उम्मेदवारहरूलाई विजयी गराउनु आफूहरूको कर्तव्य भएको झाले बताए । उनले युनियनका सबै सदस्यहरूलाई चौतारी युनियन गठबन्धनलाई जिताउन आव्हान पनि गरेका छन् ।
यसैबीच पत्रकार महासंघको निर्वाचनमा प्रेस युनियनले अध्यक्षसहितको महत्वपूर्ण पदहरू एमाले निकट प्रेस चौतारीलाई बुझाएको युनियनका सदस्यहरूले आरोप लगायका छन् । आफूले पाएको पदहरुमा समेत व्यापक असन्तुष्टि देखिएको, योग्य र संस्थाप्रति योगदान पुर्याउनेलाई उम्मेदवार नबनाएर संस्थाको भविष्य जोखिममा परेको जस्ता आरोप युनियन नेतृत्वप्रति सदस्यहरूले लगाएका छन् । प्रेस युनियन नेतृत्वले गरेका निर्णय संस्था र सिंगो पत्रकार जगतका लागि घातक भएको युनियनका अधिकांश सदस्यहरूको ठम्याई छ । महासंघका लागि उम्मेदवार छनोटमा युनियनको नेतृत्व नालायक भएको आरोप धेरैतर्फबाट लाग्न थालेको छ ।
नेपाल पत्रकार महासंघमा गरिएको कांग्रेस–एमालेको गठबन्धन र उम्मेदवार छनोटको विषयलाई लिएर देशैभरि असन्तुष्टि बढेको छ । असन्तुष्टि प्रकट पत्रकार महासंघको केन्द्रीय पदाधिकारीबाटै सुरू भएको छ । मंसिर २८ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनका लागि अध्यक्षमा युनियनले चौतारीसँग सहकार्य गर्दा कांग्रेस निकट प्रेस युनियनका रमेश विष्टले छुट्टै प्यानल बनाएका छन् । एमालेनिकट प्रेस चौतारीबाट निर्मला शर्मालाई गठबन्धनले अध्यक्षमा अगाडि सारेपछि युनियनभित्रै गठबन्धनमा विद्रोह हुने देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहान्यायाविक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता
पुष २८, २०८१ आइतबार
लायन्सले वितरण गर्यो बेथानका बाढीपीडितलाई जस्ता
पुष २४, २०८१ बुधबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार