गुफामा बस्दै आएका भिक्षुको स्वास्थ्य परीक्षण
नेपालबहस संवाददाता
मंसिर २३, २०८१ आइतबार १३:३४:३४
२३ मंसिर, सिमकोट, 'हुम्ला' । जिल्लाको उत्तरी नाम्खा गाउँपालिका–६ हिमालपारीको नामले परिचित लिमीको हल्जीमा १७ महिनादेखि तपस्यामा बस्दै आएका भिक्षु 'आनी'को स्वास्थ्य परीक्षण गरिएको छ । मौसम परिवर्तनले समस्या आउन सक्ने भएकाले उनको स्वास्थ्य परीक्षण गरिएको हो ।
गुफामा बस्दै आएका १६ भिक्षुसहित एक जना रिन्बोच्चे, एक जना भान्से 'खाना' पकाउने गरी १८ जनाको स्वास्थ्य उपचार गरिएको लिमी स्वास्थ्य चौकीमा कार्यरत अहेब लोग बोहराले बताए । उनीहरूको स्वास्थ्य समस्या आएको जानकारी पाउनसाथ शनिबार स्वास्थ्य चौकीबाट दुई घण्टा उकालो हिँडेर भिक्षुहरूले तपस्या गरिरहेको छ्योकोर्छे गुम्बामा पुगी उपचार गरिएको उनले जानकारी दिए ।
करिब १७ महिनादेखि तपस्यामा बस्दै आएका भिक्षुलाई मौसम परिवर्तनका साथै चिसो अत्यधिक हुँदा कसैलाई टाउको दुख्ने, झाडापखाला, घाँटी दुख्नेलगायत समस्या देखिएको भन्दै चेकजाँच पछि उनीहरूलाई औषधि वितरण गरिएको अहेब बोहराले बताए ।
लिमी स्वास्थ्य चौकीमा तीन जना कर्मचारीको दरबन्दी भए पनि हाल एक्लैले तीनवटा बस्तीमा पुगेर नागरिकको उपचार गरिरहेको बोहराले बताए । हल्जी तील गाउँमा केही नागरिक बस्दै आएका छन् भने जाङ गाउँका नागरिक कोही ताक्लाकोट छन् भने कोही जिल्ला बाहिर गइसकेकाले बस्ती शून्य छ ।
लिमीमा तापक्रम माइनसमा झर्ने हुँदा चिसो अत्यधिक बढ्ने भन्दै चिसोबाट बच्न सबैले आवश्य सर्तकता अपनाउनुपर्ने अहेब बोहराले जोड दिए । यहाँको तापक्रम माइनस १५ डिग्रीसम्म पुग्ने भएकाले भिक्षु 'आनी' बस्ने गुम्बामा खानेपानीको समस्या हुने उनले बताए ।
तापक्रम राति र बिहानको समयमा माइनसमा झर्दा चिसो अत्यधिक भएर खानेपानीका धारामा बरफ जम्ने गरेकाले पानीको समस्या भएको हो । स्वास्थ्य चौकीका धारामा पनि बरफ जम्दा खानेपानीको समस्या भएको भन्दै बोहराले आफूले गाउँमा गएर खानेपानीको जोहो गर्नुपरेको उल्लेख गरे ।
केही दिनअघि जाङ र हल्जी गाउँका १२ वर्षभन्दा माथिका एक सय नागरिकलाई कोभिड–१९ विरुद्धको एमआरआई खोप लगाएको जनाउँदै अहेब बोहराले नियमित राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत यहाँका पाँच बालबालिकालाई खोप लगाइएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहात्ती तथा पर्यटन महोत्सव
पुष ११, २०८१ बिहिबार
नेपाल स्वास्थ्य सम्मेलन सुरु
पुष ११, २०८१ बिहिबार
'नेपाल हेल्थ कन्क्लेभ २०२४' आजदेखि काठमाडौंमा सुरु हुँदै
पुष ११, २०८१ बिहिबार
रवि लामिछाने सांसदबाट निलम्बित
नेपालबहस संवाददाता
पुष ८, २०८१ सोमबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
४ अंकले बढेको बजारमा ५ अर्ब ३३ करोडका शेयर किनबेच भए, अधिकांश कम्पनीको मूल्य घट्यो
पुष ११, २०८१ बिहिबार
एनपीएलमा बिजेता र उपबिजेता बनेका शेख दाजुभाईलाई गृहजिल्लामा सम्मान
पुष ११, २०८१ बिहिबार
छिमेकी मुलुक भारत भ्रमणका लागि निम्ता आउने कुरामा विश्वास्त छैनन् प्रधानमन्त्री ओली
पुष ११, २०८१ बिहिबार
विशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार
पुष ११, २०८१ बिहिबार
जापान एयरलाइन्समा साइबर आक्रमण, दर्जनभन्दा बढी उडानमा ढिलाइ
पुष ११, २०८१ बिहिबार
१०० दिने अभियान नसकिएका जिल्लामा माघ १६ सम्म कांग्रेसले थप्यो म्याद
पुष ११, २०८१ बिहिबार