एक सय जनाको आँंखाको शल्यक्रिया सम्पन्न ( फोटो फिचर )
नेपालबहस संवाददाता
मंसिर २३, २०८१ आइतबार १३:४०:५२
२३ मंसिर, भक्तपुर । नेपाल आँखा कार्यक्रम, ख्वप तिलगंगा आँखा अस्पतालको प्राविधिक सहयोग र महाभारत गाउँपालिकाको आयोजनामा मंसिर १७ गतेदेखि २२ गतेसम्म संचालन गरिएको मोतिबिन्दु छनौट तथा शल्यक्रिया शिविर सफलताका साथ सम्पन्न भएको छ ।
गाँउपालिकाका बिभिन्न वडाहरूमा मंसिर १७ गतेदेखि १९ गतेसम्म मोतिबिन्दु छनौट शिविर संचालन गरिएको थियो । शिविरबाट एक हजार तीन सय ६ जना बिरामीहरूले आवश्यक औषधि सहित प्रत्यक्ष उपचार पाएका थिए भने एक सय ३५ जना मोतिबिन्दु शल्यक्रिया गर्नुपर्ने बिरामीहरू छनौट गरिएको थियो ।
शिविरबाट छानिएका मोतिबिन्दु शल्यक्रिया गर्नुपर्ने विरामीहरूको मंसिर २१ र २२ गते घर्तिछाप स्वास्थ्य चौकीमा शल्यक्रिया सम्पन्न भएको छ । एक सय ३५ जना मोतिबिन्दु शल्यक्रिया गर्नुपर्ने बिरामीहरू छनौट गरिएकोमा जम्मा एक सय जनाको शल्यक्रिया गरिएको शिविरका संयोजक तथा ख्वप तिलगंगा आँखा अस्पतालका इन्चार्ज धिरज अधिकारीले बताए ।
शिविर महाभारत गाउँपालिकाका संपूर्ण वडाहरुलाई पायक पर्ने गरी मोतिबिन्दु छनौट शिविर राखिएको थियो। शल्यक्रिया शिविरमा नेपाल आँखा कार्यक्रम, ख्वप तिलगंगा आँखा अस्पतालका बरिष्ठ नेत्र रोग विशेषज्ञ तथा आँखा अस्पतालका प्रमुख सुदीप राजभण्डारीको नेतृत्वमा सम्पन्न भएको हो ।
यसअघि ख्वप तिलगंगा आँखा अस्पतालले भक्तपुर तथा आसपासका जिल्लाहरूमा एकदिने मोतिबिन्दु छनौट शिविर राखिएता पनि शल्यक्रिया सहितको शिविर पहिलो पटक महाभारत गाउँपालिकामा गरिएको इन्चार्ज अधिकारीले बताए ।
शल्यक्रिया शिविरमा १३ बर्षको बालकदेखि १०० बर्षसम्मको बृद्वबृद्वाको शल्यक्रिया गरिएको थियो । शिविरमा एकै घरका बिगत ११ बर्षदेखि दुबै आँखाको ज्योती गुमाएका दिदी, भाइको पनि दुबै आँखाको सफल शल्यक्रिया गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालिमाटी तरकारी बजारमा सुन्तला किन्ने उपभोक्ताको भीड [ फोटो फिचर ]
पुष २, २०८१ मंगलबार
नेपाल–चीन सीमा : उपल्लो डोल्पामा सीमा सुरक्षा राख्ने योजना अन्योलमै
पुष १, २०८१ सोमबार
पूर्वमेयर सिंहको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली
पुष १, २०८१ सोमबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने
पुष ३, २०८१ बुधबार
‘पुष्पा २’ प्रिमियरको क्रममा भागदौडमा घाइते भएका बालकको अवस्था चिन्ताजनक
पुष ३, २०८१ बुधबार
सूर्योदय र कुहिरोको दृश्य
पुष ३, २०८१ बुधबार
सिटिजन्स बैंकको ७.९९५ घर कर्जा योजना सार्वजनिक
पुष ३, २०८१ बुधबार