नेपाल आइपुगे अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु, प्रधानमन्त्री बाहेकका नेतासँग भेटघाट
चीनको महत्वकांक्षी परियोजना बीआरआईमा हस्ताक्षर भए लगत्तै नेपाल आएका उनको प्रधानमन्त्रीसँग भेट तय भएको छैन
नेपालबहस संवाददाता
मंसिर २३, २०८१ आइतबार १४:२६:२७
२३ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले चीनको महत्वाकांक्षी परियोजना बीआरआईमा हस्ताक्षर गरेर नेपाल फर्किए लगत्तै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज आइतबार नेपाल आइपुगेका छन् । उनको भ्रमण यसअघि नै तय भएको भएपनि बीआरआईप्रति अमेरिकी चासो महत्वपूर्ण छ । उनी नेपाल आइपुग्दासम्म प्रधानमन्त्री ओलीसँग भेट गर्ने कि नगर्ने कुरा पनि तय भएको छैन । प्रधानमन्त्री ओली दुई दिने कार्यक्रम लिएर गृह जिल्ला झापा पुगेका छन् ।
दक्षिण एवं मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री लु भारत, श्रीलंका र नेपाल भ्रमणका लागि अमेरिकाबाट निस्किएको नेपाल स्थित अमेरिकी दूतावासले जनाएको छ । विदेशमन्त्री लुले नेपाल भ्रमणका क्रममा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्ने कार्यक्रम तय भएपनि अहिलेसम्म प्रधानमन्त्री ओलीसँग भेटको समय तय नभएको बताइएको छ । दूतावासले पनि प्रधानमन्त्रीसँगको भेट खुलाएको छैन ।
लुले आजै कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष प्रचण्ड दुवैलाई भेट्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली भने यही बेला गृहजिल्ला झापा उडेकाले लुसँग उनको भेट हुने नहुने कुनै जानकारी दिइएको छैन । प्रधानमन्त्रीको सचिवालयले भने अगाडि नै तय भएका कार्यक्रमहरूको सिलसिलामा ओली झापा गएको बताएको छ ।
उनले काठमाडौंमा रहँदा नेपाल सरकारका उच्च अधिकारीसँग पनि शिष्टाचार भेट गर्ने भएका छन् । यस्तै उनले नागरिक समाजका अगुवासँग पनि कुराकानी गर्ने नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ । उनको यो भ्रमणले अमेरिका–नेपाल सम्बन्धलाई मजबुत बनाउने र वातावरणीय सुरक्षा, महिला सशक्तिकरण, सांस्कृतिक संरक्षण र दिगो विकासजस्ता मुख्य क्षेत्रहरूमा दुई देशबीचको सहकार्यलाई अघि बढाउने दूतावासको भनाइ छ ।
लु अमेरिकी विदेश मन्त्रालयका प्रभावशाली सहायकमन्त्री मध्येका हुन् । उनले यसअघि पनि तीनपटक नेपालको भ्रमण गरिसकेका छन् । पछिल्लो पटक गत वर्ष असार २९ गते नेपाल आएका उनले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गराउन ठूलो भूमिका खेलेका थिए । अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी हुने विषयमा उनले नेपालको उच्च तहमा संवाद चलाएका थिए ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले एसपीपी प्रस्तावलाई अस्वीकार गर्ने निर्णय मन्त्रिपरिषद् बाटै पारित गरेपछि उनी त्यसको केही समयपछि नै नेपाल आएर थप कुराकानी गरी एमसीसी पारित गर्ने वातावरण मिलाएका थिए । एमसीसी पारित हुने विषयमा नेपालमा चर्को बहस भइरहेको अवस्थामा सोही वर्षको २७ माघमा एकै दिन लुले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग टेलिफोन मै सम्वाद गरेका थिए ।
यसपछि १५ फागुन २०७८ मा नेपालको संसदले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गरेको थियो । अमेरिकी विदेश मन्त्रालयमा ३० वर्षभन्दा बढी समय सेवा गरेका डोनाल्ड लु सन् २०२१ को १५ सेप्टेम्बरमा अमेरिकी विदेश मन्त्रालयको दक्षिण र मध्य एसियाली मामिलाको ब्यूरोमा सहायक विदेशमन्त्री नियुक्त भएका थिए । यसअघि सन् २०१५ देखि २०१८ सम्म अल्बानिया र २०१८ देखि २०२१ सम्म किर्गिजस्तानमा अमेरिकी राजदूतका रूपमा काम गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछिमेकी मुलुक भारत भ्रमणका लागि निम्ता आउने कुरामा विश्वास्त छैनन् प्रधानमन्त्री ओली
पुष ११, २०८१ बिहिबार
१०० दिने अभियान नसकिएका जिल्लामा माघ १६ सम्म कांग्रेसले थप्यो म्याद
पुष ११, २०८१ बिहिबार
विभिन्न देशसँग संसदीय मैत्री समूह गठन, कांग्रेसले पायो अमेरिकासहित १४ देशको नेतृत्व
पुष ११, २०८१ बिहिबार
रवि लामिछाने सांसदबाट निलम्बित
नेपालबहस संवाददाता
पुष ८, २०८१ सोमबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
नेपाल–भारतबीच निर्माण हुन लागेका अधुरा आयोजनालाई सरकारले अगाडि बढाउने
पुष ११, २०८१ बिहिबार
भैँसीपालनमा रमाउँदै घोरासैनी
पुष ११, २०८१ बिहिबार
हेटौंडाबाट गैँडाको खागसहित तस्कर पक्राउ
पुष ११, २०८१ बिहिबार
सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण
पुष ११, २०८१ बिहिबार
बिक्रीका लागि प्याजका बिरुवा उखेल्दै
पुष ११, २०८१ बिहिबार
लिलाको सकिएपछि रवि लामिछानेको सुरु भयो बयान
पुष ११, २०८१ बिहिबार