लमजुङमा क्यान्सर स्क्रिनिङ शिविर सम्पन्न, स्थानीय खुसी
नेपालबहस संवाददाता
मंसिर २३, २०८१ आइतबार १४:२६:३४
२३ मंसिर, सुन्दरबजार 'लमजुङ' । जिल्ला सुन्दरबजारस्थित नमूना सामुदायिक अस्पतालमा दुई दिनसम्म सञ्चालन गरिएको क्यान्सर स्क्रिनिङ शिविर सम्पन्न भएको छ । यही मंसिर २१ गतेदेखि २२ गते रातिसम्म सञ्चालन भएको शिविरमा क्यान्सर र आँखासम्बन्धी छ सय ५४ जनाले सेवा लिएका छन् ।
नेपाल अर्बुद रोग निवारण संस्था जिल्ला शाखा, लाइन्स इन्टरनेशन काठमाडौंको आयोजना र मानव विकास तथा सामुदायिक सर्वेक्षण 'एचडिसिएस' को संयोजनमा तथ समुदायिक अस्पतालको व्यवस्थापनमा शिविर सञ्चालित शिविरमा दुई सय ४५ को क्यान्सर स्क्रिनिङ र चार सय नौ जनाको आँखाको उपचार गरिएको आयोजकले जनाएको छ ।
नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर जावलाखेलका संस्थापक निर्देशक, प्रसूति तथा क्यान्सर रोग विशेषज्ञ एवं लेजरथेरापिष्ट निर्देशक डा सुशीला वैद्यले महिलामा हुने पाठेघरको मुखको क्यान्सरसहित अन्य क्यान्सरसम्बन्धी समस्याका भएकाको परीक्षण गरिएको बताए ।
उनले सेवा लिएकामध्ये १० जना महिलाको पाठेघर खसेको पाइएको भन्दै तीमध्येमा एकजनाको पाठेघरमा ‘रिङ’ राखिएको जानकारी दिए । डा वैद्यका अनुसार १७ जनाको पोलिप वा पाठेघरमा मासु पलाएको फेला परेको छ ।
आँखाका बारेमा नेत्ररोग विशेषज्ञ विनयकुमार घिमिरे र नेत्र सहायक अर्जुन गुरुङले परीक्षण गरेका थिए । विशेषज्ञ घिमिरेले २३ जनाको मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने देखिएको जानकारी दिए ।
उक्त शिविरमा बिरामीलाई आवश्यक औषधि र चश्मा निःशुल्क वितरण गरिएको आयोजकले जनाएको छ । शिविरमार्फ क्यान्सर र आँखासम्बन्धी सेवा पाएकामा उपस्थित स्थानीयले खुसी व्यक्त गरेका छन् । शिविरमा लमजुङ र तनहुँका बासिन्दाले सेवा लिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहात्ती तथा पर्यटन महोत्सव
पुष ११, २०८१ बिहिबार
नेपाल स्वास्थ्य सम्मेलन सुरु
पुष ११, २०८१ बिहिबार
'नेपाल हेल्थ कन्क्लेभ २०२४' आजदेखि काठमाडौंमा सुरु हुँदै
पुष ११, २०८१ बिहिबार
रवि लामिछाने सांसदबाट निलम्बित
नेपालबहस संवाददाता
पुष ८, २०८१ सोमबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
४ अंकले बढेको बजारमा ५ अर्ब ३३ करोडका शेयर किनबेच भए, अधिकांश कम्पनीको मूल्य घट्यो
पुष ११, २०८१ बिहिबार
एनपीएलमा बिजेता र उपबिजेता बनेका शेख दाजुभाईलाई गृहजिल्लामा सम्मान
पुष ११, २०८१ बिहिबार
छिमेकी मुलुक भारत भ्रमणका लागि निम्ता आउने कुरामा विश्वास्त छैनन् प्रधानमन्त्री ओली
पुष ११, २०८१ बिहिबार
विशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार
पुष ११, २०८१ बिहिबार
जापान एयरलाइन्समा साइबर आक्रमण, दर्जनभन्दा बढी उडानमा ढिलाइ
पुष ११, २०८१ बिहिबार
१०० दिने अभियान नसकिएका जिल्लामा माघ १६ सम्म कांग्रेसले थप्यो म्याद
पुष ११, २०८१ बिहिबार