४५ अंकले घटेर २६८९ बिन्दुमा ओर्लियो नेप्से, ७ अर्ब ४६ करोडका शेयर किनबेच भए
नेपालबहस संवाददाता
मंसिर २३, २०८१ आइतबार १७:२३:९
२३ मंसिर, काठमाडौं । आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक ४५.९३ अंकले घटेको छ । नेप्से एक दशमलव ६७ प्रतिशतले घटेर २६८९ विन्दुमा बन्द भएको छ । आज कुल २७ कम्पनीको शेयर मूल्य बढेको छ भने २१४ कम्पनीको मूल्य घट्यो । ३ कम्पनीको मूल्य स्थिर रह्यो ।
७ अर्ब ४६ करोड रुपैयाँ कारोबार भएको छ । ८१ हजार ४०४ पटकको शेयर किनबेचबाट १ करोड ७३ लाख ९२ हजार २४४ कित्ता शेयर किनबेच भयाो । आइतबार सबै उपसमूहहरू घटेको छ । सबैभन्दा बढी जिवन बिमा ४२३.०४, होटल तथा पर्यटन १२४.४५ र निर्जीवन बिमा १०९.११ अंकले घटेको हो ।
आइतबारको शेयर बजारको कारोबार उच्च अंकले घटेको भएपनि २७ कम्पनीको शेयर मूल्य भने बढेको छ । खानीखोला हाइड्रोपावर, डोटी पावर कम्पनी, मोलुङ हाइड्रोपावरसहतिका कम्पनीको शेयर मूल्य ९ प्रतिशतसम्मले बढेको छ । बजार घटेको दिन सबैभन्दा बढी कमाउनेमा खानीखोला हाइड्रोपावर रहेको छ । यसको शेयर मूल्य ९.९८ प्रतिशतले बढेर ४७१ रुपैयाँ प्रतिकित्ता पुगेको छ ।
आइतबार बजार घटेको कारण मानुषी लघुवित्त वित्तीय संस्था, लाइफ इन्स्योरेन्स कर्पोरेसन, जोशी हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले घटेरको छ । यी कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप१८ अंकले घट्यो नेप्से, सात अर्बभन्दा बढीको कारोबार
पुष २५, २०८१ बिहिबार
प्रि-ओपन सेसनमा नेप्से ३.२६ अंक बढ्यो
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार