सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग
नेपालबहस संवाददाता
मंसिर २३, २०८१ आइतबार १७:३८:५९
२३ मंसिर, काठमाडौं । हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड 'बैंक अफ द ईयर २०२४' को उपाधि प्राप्त गर्न सफल भएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ ।
यसै क्रममा विभिन्न किसिमका अपाङ्गता भएका बालबालिका र युवाका लागि काम गर्दै आएकोे मैत्री समाज नेपाल संगको सहकार्यमा बैंकले वीरेन्द्रनगर सुर्खेतमा अवस्थित श्री कृष्ण संस्कृत तथा साधारण मा.वि. मा अध्ययनरत दृष्टिविहीन बालबालिकाहरूलाई ब्रेल शैक्षिक सामग्री प्रदान गरेको छ ।
विद्यालयमा आयोजित एक समारोहका बीच बैंकले सहयोग स्वरुप विभिन्न ब्रेल शैक्षिक सामग्रीहरु हस्तान्तरण गरेको हो । दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका बालबालिकाहरूसँग पर्याप्त शैक्षिक सामग्री उपलब्ध नहुने र आवश्यक शैक्षिक सुविधाहरुबाट वञ्चित हुने भएकाले ब्रेल पेपर र अन्य ब्रेल शैक्षिक सामग्रीहरूले उनीहरुको अध्ययनमा सहजता प्राप्ति होस भन्ने अभिप्रायका साथ बैंकले सो सामग्रीहरू प्रदान गरेको हो ।
सिटिजन्स बैंकले हालैमात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड ” सञ्चालनमा ल्याएको छ । भौतिक कार्ड विना नै मोवाइलको माध्यमबाट स्क्यान गरि क्रेडिट कार्डको सुविधा उपभोग गर्न सकिने विशेषता यस भच्र्युअल क्रेडिट कार्डमा रहेको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ ईकाइहरुबाट १८ लाख भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिटिजन्स बैंकका ग्राहकलाई भोकमन्त्रमा १० प्रतिशत सम्मको आकर्षक छुट
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
गढीमाई मेलामा चोरहरूको बिगबिगी, चोर-पकेटमारसँग प्रहरीको ठेक्कापट्टा !
नेपालबहस संवाददाता
मंसिर २३, २०८१ आइतबार
रूसले भन्यो, ‘अल असदले शान्तिपुर्ण शक्ति हस्तान्तरणको आदेश दिएर देश छाडे’
नेपालबहस संवाददाता
मंसिर २३, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
मंसिर २५, २०८१ मंगलबार
गौं हत्याको आरोपीविरुद्ध पक्राउ आदेश जारी
मंसिर २५, २०८१ मंगलबार
सिरियाली नवनियुक्त प्रधानमन्त्रीद्वारा विदेशमा रहेका नागरिकलाई स्वदेश फर्कन आग्रह
मंसिर २६, २०८१ बुधबार
कोलम्बो बन्दरगाहका लागि अमेरिकी ऋण सम्झौताबाट अडानी फिर्ता
मंसिर २६, २०८१ बुधबार
इरानमा वायु प्रदूषणका कारण विद्यार्थी र कर्मचारीलाई घरमै बस्न निर्देशन
मंसिर २६, २०८१ बुधबार
धवलागिरिमा ‘दीर्घरोगीसँग अध्यक्ष’ कार्यक्रम सञ्चालन
मंसिर २६, २०८१ बुधबार
अत्यधिक चिसोले मुस्ताङमा पानी जम्न थाल्यो
मंसिर २६, २०८१ बुधबार