सिरिया जतिसक्दो चाँडो स्थिरतामा फर्कने चीनको अपेक्षा
नेपालबहस संवाददाता
मंसिर २३, २०८१ आइतबार १८:१२:४५
२३ मङ्सिर, बेइजिङ । कुर्दिस इस्लामिक समूह नेतृत्वको विद्रोहीले दमास्कस कब्जा गरेको र राष्ट्रपति बसर अल असदलाई भागेको घोषणा गरेपछि चीनको विदेश मन्त्रालयले सिरिया ‘जतिसक्दो चाँडो स्थिरतामा फर्कने’ आशा व्यक्त गरेको छ ।
“बेइजिङले सिरियाको अवस्थालाई नजिकबाट नियालिरहेको छ र सिरिया जतिसक्दो चाँडो स्थिरतामा फर्कने आशा गरेको छ,” चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
“चीन सरकारले सिरिया छोड्न चाहने चिनियाँ नागरिकलाई सुरक्षित र व्यवस्थित तरिकाले सक्रिय रूपमा सहयोग गरेको छ र उनीहरूसँग सम्पर्क कायम राखेको छ,” मन्त्रालयले भनेको छ।
“हामी सम्बन्धित सिरियाली पक्षलाई सिरियामा रहेका चिनियाँ संस्था र कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्न व्यावहारिक कदम चाल्न आग्रह गर्दछौं,” विज्ञप्तिमा भनिएको छ ।
“अहिले सिरियामा रहेको चिनियाँ दूतावास हाम्रो अझै राम्रो सम्पर्क छ र हामी आवश्यक परेका चिनियाँ नागरिकलाई पूर्ण सहयोग जारी राख्नेछौं,” उनले भने ।
हालैका वर्षहरूमा रूस र इरान सिरियाका निकटतम समर्थक रहेका छन् भनेपछिल्लो समय सिरियासँग चीनको सम्बन्ध पनि बढेको छ ।
सन् २०११ मा सिरियाको गृहयुद्ध सुरु भएयता असदले भ्रमण गरेका मध्यपूर्वबाहिरका केही देशमध्ये चीन पनि एक हो ।
सन् २०२३ को उक्त भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङ र असदले दुई देशबीच ‘रणनीतिक साझेदारी’ को घोषणा गरेका थिए ।
तर विद्रोहीको आक्रमणले देशभरि नै व्यापकता ल्याएपछि दमास्कसस्थित चिनियाँ दूतावासले बिहीबार आफ्ना नागरिकलाई ‘जतिसक्दो चाँडो’ सिरिया छाड्न आग्रह गर्दै जरूरी सूचना पठाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफ्रान्सले युक्रेन बिना नै युद्धबारे छलफलका गर्न चाहेको रूसी दावी
पुष ११, २०८१ बिहिबार
विशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार