‘महिला हिंसाका घटना न्यूनीकरणका लागि व्यापक जनचेतना आवश्यक’
नेपालबहस संवाददाता
मंसिर २३, २०८१ आइतबार १९:२:३३
२३ मङ्सिर, काठमाडौं । सरोकार भएकाहरूले महिला हिंसा उन्मूलन गर्नुपर्नेमा जोड दिएका छन् । महिला हिंसाविरुद्धको आज १६ दिने अभियानका अवसरमा आज नेपाल टे«ड युनियन कांग्रेस केन्द्रीय महिला समितिले आयोजना गरेको अन्तरक्रियामा वक्ताहरूले अझै महिला हिंसाका घटना न्यूनीकरण हुन नसकेका भन्दै यसका लागि व्यापक जनचेतना आवश्यक रहेकामा जोड दिएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पुष्पा भुसालले कार्यस्थलमा यौनजन्य हिंसा हुने गरे पनि रोजगारी गुम्ने डरले पीडितले प्रतिवाद गर्न नसकेको धारणा राखिन् । “साथै कानुनी सजाय निकै न्यून रहेकाकाले पनि कतिपय पीडितहरू उजुरी दिन पनि जाँदैनन् । कानुनी व्यवस्था राम्रो भए पनि कार्यान्वयन प्रभावकारी रूपमा हुन सकेको छैन । यसर्थ हिंसा उन्मूलनका लागि कानुनी व्यवस्था कडाइका साथ पालना र कार्यान्वयनमा जोड दिनुपर्छ”, उनले भनिन् ।
नेपाल टे«ड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवरले महिलामाथि हुने विभिन्न किसिमका हिंसा उन्मूलनका लागि युनियनले सबै स्थानीय तहमा सञ्जाल विस्तार गर्न र सचेतना अभिवृद्धिका लागि पहल गरिरहेको बताएका छन् । “हामीले महिला सेल राखेर काम गरिरहेका छौँ । लैङ्गिक हिंसाको मुद्दा युनियनको पनि हो,” उनले भने, “महिलामाथि भएका हिंसा उन्मूलनका लागि हाम्रो तर्फबाट पनि सरकारलाई दबाब सिर्जना गर्ने गरेका छौं ।”
नेपाल प्रहरी प्रधान कार्यालयकी प्रहरी नायब उपरीक्षक रुपा थापाले लैङ्गिक, घरेलु, सामाजिक, विद्युतीय हिंसालगायत घटनाबाट महिलाहरू पीडित भए पनि सबै जना प्रहरीकहाँ उजुरी दिन नआउने गरेको बताइन् । उनले उजुरी गर्न आएका महिलाका सम्बन्धमा समयमै न्याय निरोपणका लागि प्रहरी प्रशासन लागि परेको बताइन् । अधिकांश महिला आफन्त र चिनेजानेकै मानिसबाट हिंसामा पर्ने गरेको उनको भनाइ थियो ।
यसैगरी, अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) की प्रतिनिधि कृपा बस्नेतले श्रम क्षेत्रमा पनि महिला हिंसाका घटना भइरहेको भन्दै न्यूनीकरणका लागि आइएलओ कन्भेन्सन नं १९० मा भएको व्यवस्था कार्यान्वयन गर्न आवश्यक रहेको बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकिन देखियो अधिकांश स्थानीय तहको वेबसाइटमा समस्या ?
पुष ११, २०८१ बिहिबार
बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुला
पुष ११, २०८१ बिहिबार
भैरहवालाई सुरक्षित बनाउन ‘एएनपिआर’ जडान
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार
फ्रान्सले युक्रेन बिना नै युद्धबारे छलफलका गर्न चाहेको रूसी दावी
पुष ११, २०८१ बिहिबार
सगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री
पुष ११, २०८१ बिहिबार