चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार १२:४८:१८
२४ मंसिर, इटहरी । कोशी प्रदेशका चार जिल्लाका नाकाबाट खुलमखुला संगठित तस्करी माैलाएकाे छ । खासगरी इलाम, झापा, मोरङ र सुनसरीका विभिन्न नाकाबाट खुलमखुला चोरी तस्करी हुने गरेको हो । मोरङको पूर्वी नाका हुँदै नेपालबाट भारत र भारतदेखि नेपालमा अवैध रुपमा खुलेआम तस्करी हुने गरेको पाइएको छ । खुला सीमाको फाइदा उठाउँदै रंगेली नगरपालिकाको धनापट्टी, रतुवामाई नगरपालिकाकाे सिक्टी, आमतोला, धनपालथान गाउँपालिका दक्षिण क्षेत्रको मायागञ्ज र खैरबना नाकादेखि खाद्यवस्तु तस्करी हुने गरेको हो ।
सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) रंगेलीबाट कुनै पनि निगरानी नहुँदा तस्करी बढेको स्थानीयहरूले बताएका छन् । पूर्व क्षेत्रीय सशस्त्र प्रहरी मुख्यालय बराहा बाहिनी (पोकली, सुनसरी) का प्रमुख डीआईजी शम्भु सुवेदी तथा नेपाल प्रहरी कोशी प्रदेशका डीआईजी चन्द्र कुवेर खापुङको निर्देशनमा मोरङ, सुनसरी, झापा र इलामका प्रमुख नाका खुला भएकाे समाचार स्राेतले बतायाे ।
खासगरी सशस्त्रका डीआईजी सुवेदी आफैं रातीको समयमा अनुगमन भन्दै नाका खोल्न आफै पुग्ने गरेकाे स्राेतकाे भनाइ छ । उनी हरेक दिन जसो कुनै न कुनै नाकामा पुग्ने गरेको त्यहाँ कार्यरत सशस्त्र प्रहरीका अधिकृतहरूले बताएका छन् । तस्करीमा लागेका गिरोहले अवैध रूपमा भारतदेखि चिनी र खाद्यवस्तु धनापट्टीमा ल्याएर राखेको अवस्थामा धेरै पटक फेला परेको भएपनि सशस्त्र प्रहरीका स्थानीय अधिकारीहरूले डीआईजीको आदेश भन्दै छाडिदिने गरेका छन् बताइएकाे छ।
‘तस्करले ट्रकमाथि धानको भुस राखेका थिए भने त्यसको मुनी चिनी र खाद्यवस्तु राखेको भेटियो,’ घटनास्थलमा पुगेका एक प्रहरी अधिकृतले भने ‘तर तुरुन्तै डीआईजीको फोन आयो, बरामद गर्न सकिएन । ’ रंगेलीको चोपडा नाकादेखि ट्रयाक्टरबाट हरियो मटर र चाइनीज लसुन भारततर्फ तस्करी हुने गरेको छ । रतुवामाई नगरपालिकाको सिक्टी र धनपालथान गाउँपालिकाको मायागञ्ज, खैरवनादेखि लाखौं रुपैयाँको सामान खुलेआम तस्करी हुने गरेको छ । नेपालदेखि उक्त नाका हुँदै चौपाया तस्करी गरी भारततिर लाने गरेको स्थानीयहरू बताउँछन् । नेपाल प्रहरीका माेरङ एसपीदेखि इलाका र चाैकी इन्चार्जहरू पनि तस्करी गराउने धन्दामा सामेल छन् र
स्थानीयका अनुसार नेपाल–भारत सीमा नाका खैरवनामा जयप्रकाश साह र शम्भु साहको काँटा छ। मोरङको अन्तिम नाका रतुवामाई नगरपालिकाकाे दक्षिणी सीमा क्षेत्र सिक्टीदेखि पनि कपडा, खाद्यवस्तु र चिनी तस्करी हुने गरेको छ। आमतोला बजारमा घर भएका क्यारिङ गर्ने व्यापारीको समूहले सिक्टीदेखि राति र बिहानीको समयमा भारतदेखि तस्करी गरी खाद्यवस्तु, चिनी र कपडा ल्याउने गरेको स्थानीयहरू बताउँछन् । ‘बिहान २ देखि ३ बजे र रातिको ११ देखि १२ बजेको समयमा तस्करीमा लागेका क्यारिङ गर्नेले भरियालाई निश्चित रकम दिएर एउटा मोटरसाइकल र अटोमा उनीहरूले तस्करीको सामान आमतोला बजारमा भण्डारण गरी राख्दछन्,’ एक स्थानीयले भने, ‘त्यसपछि दिउँसो बिल बनाएर मोरङको उत्तरी क्षेत्रको शहरमा रहेको व्यापारीको पसलमा पुर्याउने गरेका छन । ’ मोरङको उत्तरी क्षेत्र उर्लाबारी, मधुमल्ला, पथरीदेखि झापाका दमकसम्मका होलसेल पसलमा कपडा र खाद्यवस्तु निश्चित रकम लिएर क्यारिङ गर्नेले पुर्याइदिने गरेका छन् ।
यसैगरी झापाको काँकडभिट्टा तथा इलामको पशुपतिनगर तस्करीको अर्को केन्द्र हो । डीआईजी सुवेदी अनुगमनका नाममा त्यहाँ पनि पुगेर मासिक किस्ता तोकेको स्रोतको दावी छ । ‘मलाई यहाँ भन्दा माथि जानु छैन, जति गर्नु अहिले नै हो भन्दै उनले सशस्त्र प्रहरीका अधिकृतहरूलाई महिनावारी भाग दिएका छन्’, बराह बाहिनीका एक अधिकृतले भने । झापाबाट हार्डवेयरका सामान नेपालतर्फ तस्करी हुन्छ भने नेपालबाट गिटी बालुवा, मरिच, सुपारी, गाइ गोरु, मदिरा तस्करी हुने गरेको छ ।
यसैगरी जलमार्गबाट लागूऔषधको कारोबार बढेको भन्दै सप्तकोशी नदीमा निगरानी बढाउने र सुरक्षाकर्मीलाई अधिकतम बल प्रयोग गर्न दिन चार जिल्लाका सुरक्षा अधिकारी सहमत भएपनि सशस्त्र प्रहरीको फितलोपनले गाँजा तस्करी मौलाएको छ ।
अन्तर जिल्ला सुरक्षा समन्वय बैठकमा पछिल्लो समय लागूऔषध कारोबारीले जलमार्गबाट तस्करी बढाएपछि सुरक्षाकर्मीलाई अधिकतम बल प्रयोग गरी नियन्त्रण गर्न अनुमति दिने निर्णय गरेको थियो । तर सशस्त्र प्रहरीका डीआईजी सुवेदीले सशस्त्र प्रहरी सुनसरीका एसपी समेनन्द बज्राचार्यलाई छुटकारा दिन निर्देशन दिएका कारण सप्तकोशीबाट गाँजा तस्करी हुन थालेको हो । लागूऔषध कारोबारीले मोटरबोट, डुंगा, ट्युब र बाँसको चाङभित्र लुकाएर गाँजा भारततर्फ तस्करी गर्ने गरेका छन् । तस्करहरूले रातिको समय र बिहान झिसमिसेमा बढीजसो तस्करी गर्ने गरेका छन् ।
समाचार बारे सशस्त्र प्रहरी डीआईजी शम्भु सुवेदीलाई सम्पर्क गर्दा उनले पूर्व क्षेत्रमा तस्करी नभएको दावी गरे । फिल्डमा तपाईंहरु घुमेरै हेर्न सक्नु हुन्छ कि सशस्त्र प्रहरीले तस्करी नियन्त्रणमा के कस्तो भूमिका निर्वाह गरेको छ भन्ने अनुरोध गर्दै समाचारमा आए जस्तो कुनै क्रियाकलाप कोशी प्रदेशमा नभएको बताए । आफू आएदेखि राजश्व चुहावट तथा अपराध नियन्त्रणमा दत्तचित्त भएर लागिपरेको उनको भनाई थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजश्वको इमाडोलमा छापा, चिनियाँ नाकाबाट आएको करोडौंको भेप बरामद
पुष २८, २०८१ आइतबार
सशस्त्र र नेपाल प्रहरीसम्बन्धी विधेयक संसदमा पेस हुँदै
पुष २७, २०८१ शनिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
रवि लामिछानेलाई आज पनि अदालत लगिँदै, छुट्ने वा नछुट्ने आदेश आउन सक्ने
माघ २, २०८१ बुधबार
लुम्बिनी प्रदेशमा आज सार्वजनिक विदा
माघ २, २०८१ बुधबार
भूकम्प दिवसः पूर्वतयारीका लागि संकल्प जरुरी
माघ २, २०८१ बुधबार
प्रचण्ड सरकारबाट बाहिरिएपछि पहिलो पटक समाजवादी मोर्चाको बैठक बस्दै
माघ २, २०८१ बुधबार
चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
माघ २, २०८१ बुधबार
सुदूरपश्चिममा वर्षा हुन सक्ने, उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात
माघ २, २०८१ बुधबार