गढीमाई मेलामा आज बोकाको बलि, ट्राफिक व्यवस्थापन चुस्त नहुँदा भत्तजनलाई सास्ती
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार ९:२८:०
२४ मङ्सिर, बारा । विश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई मेलाको आज दोस्रो मुख्य दिन बोकाको बली प्रदान बिहानैदेखि सुरु भएको छ। भाकल पूरा भएर बोकाको बली चढाउन नेपालका साथै भारतको विभिन्न स्थानबाट आज लाखौं मानिस गढीमाई मेलामा आउने क्रम जारी रहेको छ।
बोका लिएर आउने मानिसको बिहानै देखि घुइँचो लागेको छ। गढीमाई मेलाको चौतर्फी बाटो हुँदै बोका लिएर आउने हजारौं मानिसको घुइँचो देखिएको छ। तर ट्राफिक व्यवस्थापन फितलो भएको कारण बोका लिएर आउने भक्तजनहरुले सास्ती भोग्नु परेको गुनासो गरेका छन् ।
पञ्चवर्षीय गढीमाई मेलामा बिगतको तुलनामा ट्राफिक व्यवस्थापन चुस्त दुरुस्त रहेको आयोजकको भनाई यथार्थमा विपरीत देखिन्छ। नेपालको मुख्यद्वार वीरगंज कलैया हुँदै बघवन चौकसम्मको ट्राफिक व्यवस्थापन राम्रो देखिन्छ। तर बघवन गाउँ छेउ पसाहा नदीको पुलदेखि मेलासम्मको ट्राफिक व्यवस्थापन फितलो रहेको छ।
जताततै बाट गलत साइडमा आएको सयौं मोटरसाइकल, टेम्पो, बस, जिप, ट्याक्टरले पसाहा पुल बिहानैदेखि पूर्णरुपमा अवरुद्ध भएको छ। बिहान ७ बजेदेखि नै बोका लिएर सयौं भक्तजन पुल माथि अलपत्र परेका छन्। कैयौं मानिस पुलको तलबाट पानी हुँदै बोका लिएर गढीमाई मन्दिर तर्फ बढेको देखिन्छ। आइतवार साँझ पसहा पुलमा झण्डै १ घन्टा पैदल मानिस हिँड्ने अवस्था थिएन।
त्यसैगरी आइतवार बेलुकी ६ बजेपछि मेलाको चौतर्फी ट्राफिक व्यवस्था अलपत्र देखिएको थियो। पञ्चवर्षीय गढीमाई मेलाको अवसरमा मेला लागेको स्थान बरियारपुर देखी १५/२० किलोमिटर टाढा देखिनै सवारी साधनको अत्यधिक चाप देखिएको छ।
बारा महागढीमाई नगरपालिका १ बरियारपुर स्थित विश्व प्रसिद्ध गढीमाई मेला मंसिर १ गतेदेखि सुरु भएको छ। गढीमाई मेलाको मुख्य दिन हिजो आइतवार करीब १० हजार राँगाको बली प्रदान गरिएको मेला आयोजक समितिले जनाएको छ।
मन्दिरका मूल पुजारी मंगल चौधरीसँग मिलेर विशेष पूजा गरेपछि मूल तान्त्रिक रौतहट गुजरा नगरपालिका ३ सिमारी गाउँका उमाशंकर कछाडिया धामीले आफ्नो शरीरको ५ स्थानबाट रगत निकालेर देवीलाई चढाएपछि पशु बली सुरु भएको थियो। मूल तान्त्रिक ले आफ्नो शरीरबाट रगत निकालेर चढाउने विधिलाई नर बली भन्ने गरिन्छ।
समाजसेवी त्रिपाठीका अनुसार मेलामा बली प्रदान गरिएको बोकाको संख्या भने यकिन हुने अवस्था देखिएन। बघवनका समाजसेवी हरिनारायण त्रिपाठीले मेलाको पश्चिम बाट पसाहा नदीको पारी जता पनि बोकाको बली दिइन्छ।
त्यस्तै पूर्व, उत्तर दक्षिण तर्फ बाट बोका लिएर आउने भक्तजनले महागढीमाई नगरपालिका भित्र कुनै पनि स्थानमा गढीमाईको नामले बली दिने व्यवस्था गरिएको छ। तथापि पञ्चवर्षीय विश्व प्रसिद्ध गढीमाई मेलामा भाकल पूरा भएका लाखौं मानिस बोका ल्याएर बली दिएर जान्छन् तर संख्या यकिन नहुने समाजसेवी त्रिपाठीले जानकारी दिएका छन्।
तर पनि अनुमानको आधारमा ५० हजार भन्दा बढी बोकाको बली र एकलाखको हाराहारीमा गढीमाई मन्दिरमा परेवा उडाउने गरेको उनको भनाई रहेको छ।
विश्वमै पशु बलिको रुपमा प्रख्यात रहेको बरियारपुर गढीमाई मेलामा अहिले सम्म देश विदेशबाट दर्शनार्थीहरू आउने क्रम जारी रहेको छ । यस बर्षको मेलामा करिब ३ करोड दर्शनार्थी मेलाको अवलोकन गर्ने मेला समितिले अनुमान गरेको छ ।
पुत्र लाभ, असाध्य रोग निको हुन, कुनै दुर्घटना हुँदा वा अचानक बिरामी पर्दा निको पार्न अभिभावकले गढीमाई मन्दिरमा परेवा उडाउने, बोका, राँगाको बली चढाउने भाकल गर्दछन्। विश्व प्रसिद्ध गढीमाई मेला प्रत्येक पाँच बर्षमा लाग्ने गर्छ । मंसिर १ गते देखि सुरु भएको गढीमाईको मेला मंसिर ३० गते सम्म चल्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकिन देखियो अधिकांश स्थानीय तहको वेबसाइटमा समस्या ?
पुष ११, २०८१ बिहिबार
बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुला
पुष ११, २०८१ बिहिबार
भैरहवालाई सुरक्षित बनाउन ‘एएनपिआर’ जडान
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार