गढीमाई मेलास्थलबाट दुई थान पेस्तोलसहित एक युवक प्रहरीको नियन्त्रणमा
एक थान चाइनिज पेस्तोल र एक थान नलकटुवा पेस्तोल बरामद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार ११:५५:२९
२४ मंसिर, सर्लाही : गढीमाई मेला स्थलबाट दुई थान पेस्तोलसहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार आइतबार साँझ बराल नगरपालिका–६, मिर्जापुर निवासी इन्दल सहनीका अन्दाजी १८ वर्षीय छोरा गोलु भनिने अमर जितकुमार सहनीलाई दुई थान पेस्तोलसहित नियन्त्रणमा लिइएको बताइएको छ ।
गढीमाई मेलास्थलमा हतियार देखाउँदै झै–झगडा गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय बलराबाट खटिएको प्रहरी वरिष्ठ नायब निरीक्षक दीपेन्द्र मल्लको टोलीले सहनीलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीले सहनीका साथबाट एक थान चाइनिज पेस्तोल र एक थान नलकटुवा पेस्तोल बरामद गरेको जनाएको छ । बरामद पेस्तोलसहित युवकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मलङ्गवा झिकाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । जिल्लामा बरहथवा, हरिपुर, कबिलासी, रामनगर र बलरा गरेर करिब आधा दर्जन स्थानमा गढीमाई मेला लागिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीआईबी भन्छ, बैंकर र व्यवसायी धम्क्याएर रकम असुल्ने गिरोह नै खडा गरेका थिए दुर्गा प्रसाईंले
मंसिर २५, २०८१ मंगलबार
ध्वनी प्रदुषण गराउने ५२ मोटरसाइकल ट्राफिक नियन्त्रणमा
मंसिर २४, २०८१ सोमबार
५ सय ५८ ग्राम सुनसहित काभ्रेबाट २ जना पक्राउ
मंसिर २४, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
गढीमाई मेलामा चोरहरूको बिगबिगी, चोर-पकेटमारसँग प्रहरीको ठेक्कापट्टा !
नेपालबहस संवाददाता
मंसिर २३, २०८१ आइतबार
रूसले भन्यो, ‘अल असदले शान्तिपुर्ण शक्ति हस्तान्तरणको आदेश दिएर देश छाडे’
नेपालबहस संवाददाता
मंसिर २३, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
मंसिर २५, २०८१ मंगलबार
गौं हत्याको आरोपीविरुद्ध पक्राउ आदेश जारी
मंसिर २५, २०८१ मंगलबार
अमेरिकाले युक्रेनलाई २० अर्ब डलर ऋण दिने
मंसिर २६, २०८१ बुधबार
युक्रेन सङ्कट समाधान ट्रम्पको पहिलो प्राथमिकता
मंसिर २६, २०८१ बुधबार
काठमान्डुसँग १८ रनले पराजित भएको लुम्बिनी लायन्स एनपीएलको लिग चरणबाटै बाहिरियो
मंसिर २६, २०८१ बुधबार
सुन्तलाखेतीबाट मनग्य आम्दानी गर्दै कृषक
मंसिर २६, २०८१ बुधबार
सिरियाली नवनियुक्त प्रधानमन्त्रीद्वारा विदेशमा रहेका नागरिकलाई स्वदेश फर्कन आग्रह
मंसिर २६, २०८१ बुधबार