अन्तर्राष्ट्रिय पदक विजेता सम्मानित
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार १२:२३:३१
२४ मंसिर, काठमाडौं । प्रयास मञ्च नेपालले अन्तर्राष्ट्रिय आमन्त्रण मास्टर्स एथलेटिक्स प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई आज सम्मान गरेको छ । गत नोभेम्बर १६ र १७ तारिखमा भारतको पश्चिम बङ्गालको कुचविहारमा भएको प्रतियोगितामा नेपाली भेट्रान धावकहरुले विभिन्न स्पर्धामा आठ स्वर्ण, चार रजत र दुई कास्य पदक प्राप्त गरेका थिए ।
गीतकार समेत रहेका ६५ वर्षमाथिको उमेर समूहमा १० किलोमिटर दौडमा बुद्धवीर लामाले स्वर्ण, ५०–५५ वर्षको उमेर समूहमा धर्म महर्जनले चार सय, पाँच हजार र १० किलोमिटर दौडमा स्वर्ण, ६५ वर्षमाथिको उमेर समूहतर्फ पुष्पलाल श्रेष्ठले पाँच हजार मिटर दौडमा स्वर्ण र १० किलोमिटर दौडमा रजत, ५०–५५ वर्ष उमेर समूहमा कपिल भट्टले दुई सय मिटर दौडमा रजत र पाँच हजार मिटर दौडमा कास्य तथा ४५–५० वर्ष उमेर समूहतर्फ महेन्द्र बज्राचार्यले १० किलोमिटर दौडमा कास्य पदक प्राप्त गरेका थिए ।
त्यस्तै ४०–४५ वर्ष वर्ष उमेर समूहतर्फ राकेश महर्जनले एक हजार पाँच सय, पाँच हजार र १० किलोमिटर दौडमा स्वर्ण तथा ४०–४५ वर्ष वर्ष उमेर समूहतर्फ दिनेश महर्जनले पाँच हजार र १० किलोमिटर दौडमा रजत पदक प्राप्त गरेका थिए । यस्तै ४५–५० वर्ष वर्ष उमेर समूहतर्फ १० किलोमिटर दौडमा सहभागी भइ दौड पूरा गरेका लाक्पा शेर्पा लामा र जहरमान गुरुङलाई पनि सम्मान गरिएको थियो ।
सोही अवसरमा विश्व प्रहरी सङ्गठनबीच भएको विभिन्न दौड प्रतियोगितामा स्वर्ण पदह जितेका निमेश गुरुङलाई सम्मान गरिएको थियो । उनीहरुलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, नाइटिङ्गेल स्कुलकी प्रिन्सिपल रञ्जना प्रधान र प्रयास मञ्च नेपालका अध्यक्ष शिवध्वज कार्कीले एक कार्यक्रमबीच प्रशंसापत्रसहित सम्मान गरेका थिए ।
अन्तर्राष्ट्रिय आमन्त्रण मास्टर्स एथलेटिक्स प्रतियोगिताको समापनका अवसरमा आयोजक मास्टर्स गेम एसोसिएसन, बङ्गाल र कुचविहार मास्टर्स एसोसिएसनले बुद्धवीर लामालाई ‘लाइफ टाइम एचिभ्मेन्ट’ अवार्ड पनि प्रदान गरेको प्रयास मञ्च नेपालले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्युत् सर्ट भई आगलागी हुँदा १५ लाखको क्षति
पुष ५, २०८१ शुक्रबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
विद्युत् सट भई आगलागी हुँदा १० लाख बढीको क्षति
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार