'लैङ्गिक हिंसा अन्त्य गर्न जनचेतना जरुरी'
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार १८:५५:५६
२४ मङ्सिर, काठमाडौं । सरोकारवालाले लैङ्गिक हिंसा अन्त्य गर्न व्यापक जनचेतना जरुरी रहेको बताएका छन् । १६ दिने महिला हिंसा विरुद्धको अभियान अन्तर्गत सामुदायिक वन उपभोक्ता महासङ्घ (फेकोफन)द्वारा आज आयोजित अन्तरकृयामा बोल्दै उनीहरुले महिला हिंसा नियन्त्रण जरुरी रहेकामा जोड दिएका हुन् ।
वन तथा वातावरण राज्यमन्त्री रुपा विकले भएका ऐन तथा नियमको प्रभावकारी कार्यान्वयन हुन सकेमा महिला हिंसाका घटना न्यूनीकरण हुने बताइन् । उनले भनिन्, “जलवायु परिवर्तनको असरका कारण पनि सबैभन्दा बढी महिलालाई असर पुगेको छ, जलवायुजन्य असर न्यूनीकरणका लागि अनुकुलन कार्यक्रम लागु गर्न आवश्यक छ ।”
सामुदायिक वन उपभोक्ता महासङ्घ (फेकोफन)का अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक वन उपभोक्ता समूहदेखि फेकोफनमा ५० प्रतिशत महिलाको सहभागिताले राज्यलाई महिला सहभागिता बढाउनुपर्ने शिक्षा दिएको बताए ।
फेकोफनकी महासचिव पार्वता गौतमले लैङ्गिक हिंसा अन्त्यका लागि सोह्र दिने अभियानमा मात्रै नभएर फेकोफनले सधैँ अभियान चलाइरहने बताइन् । वन तथा वातावरण मन्त्रालयकी उपसचिव दिपा ओलीले पनि कार्यस्थलमा हुने यौनजन्य हिंसाको घटना न्यूनीकरणका लाग सबैको सहकार्य आवश्यक रहेको बताइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवलपुरको नमूना सदरमुकाम निर्माण गर्न रुख कटानको अनुमति
पुष १२, २०८१ शुक्रबार
उदयपुरमा वन्यजन्तुको उद्धार, उपचार तथा पुनःस्थापना केन्द्र स्थापना
पुष १२, २०८१ शुक्रबार
किन देखियो अधिकांश स्थानीय तहको वेबसाइटमा समस्या ?
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
नवलपुरको नमूना सदरमुकाम निर्माण गर्न रुख कटानको अनुमति
पुष १२, २०८१ शुक्रबार
कार्यापालिकाको नियमित बैठक किराँत ऐतिहासिकस्थल केपिलासगढीमा
पुष १२, २०८१ शुक्रबार
स्थानीय उत्पादनको प्रवर्द्धनका लागि आठौं 'चेम्बर एक्स्पो २०२५' हुँदै
पुष १२, २०८१ शुक्रबार
राष्ट्रिय एकता दिवसमा ‘अल्ट्रा म्याराथन’
पुष १२, २०८१ शुक्रबार
उदयपुरमा वन्यजन्तुको उद्धार, उपचार तथा पुनःस्थापना केन्द्र स्थापना
पुष १२, २०८१ शुक्रबार
हल्दिबारीमा ३३ किलोमिटर सडक कालोपत्र
पुष १२, २०८१ शुक्रबार