नक्कली भारतीय आधार कार्ड बनाएर ठमेलको क्यासिनो छिर्ने नेपाली पक्राउ
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार १९:३:२८
२४ मङ्सिर, काठमाडौं । क्यासिनोमा छिरेर जुवा खेलेको आरोपमा ठमेलको एउटा क्यासिनोबाट नेपाली पक्राउ परेका छन्। पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका-१ घर भई हाल काठमाडौं रातोपुल बस्ने ३७ वर्षीय विशाल बर्तौला रहेका छन्।
बर्तौलालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार राति पक्राउ गरेको हो। कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार बर्तौला काठमाडौं-१६ ठमेलस्थित छाया सेन्टरमा रहेको क्यासिनो वाल्डो डाइनेस्टीबाट पक्राउ परेका हुन्।
आचार्यका अनुसार बर्तौला नक्कली भारतीय आधार कार्ड तथा भोटर कार्ड बनाएर क्यासिनो छिरेका थिए। प्रारम्भिक अनुसन्धानको क्रममा बर्तौलाले क्यासिनो प्रवेश गरी जुवा खेल्नकै लागि रमेश गुप्ताको नाममा नक्कली भारतीय आधार कार्ड तथा भोटर कार्ड बनाएको खुलेको छ।
बर्तौलालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ। कानुनअनुसार नेपाली नागरिकलाई क्यासिनो प्रवेश निषेध छ। क्यासिनोहरूले 'सेटिङ' गरेर नेपालीलाई छिराउने गरेको गुनासो अत्यधिक छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
साइबर अपराधको कसुरमा शोभा पाठक पक्राउ
पुष १, २०८१ सोमबार
स्कारपिओले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
मानव बेचबिखनविरुद्धकी अभियन्ता ‘टिप हिरो’ सुनिता दनुवारको निधन
पुष ८, २०८१ सोमबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार