स्थानीय उत्पादन बजारीकरण गर्न कोसेली घर कार्यक्रम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार १०:१३:४४
२५ मङ्सिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले ३२ वटै वडामा भएका स्थानीय उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले कोसेली घर कार्यक्रम सञ्चालन गर्ने भएको छ । ‘एक वडा, एक नमूना’ कार्यक्रमअन्तर्गत ३२ वटै वडामा उत्पादन भएका फरक–फरक उत्पादनका आधारमा उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको महानगरपालिकाका सामाजिक विकास विभाग प्रमुख समीक्षा निरौलालाले जानकारी दिए ।
प्रत्येक वडामा उत्पादन भएका सामग्रीलाई कोसेली घरमा जम्मा गर्ने र सोहीमार्फत बिक्री गर्नेगरी उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको हो । यसका लागि महानगरपालिकाले चालु आर्थिक वर्षका लागि रु पाँच लाख विनियोजना गरेको छ ।
स्थानीय स्रोतसाधनलाई परिचालन गरेर उत्पादन गर्न सकिने सामग्री गुन्द्रुक, सिन्की, मकै, विभिन्न प्रकारका अचार र काष्ठकलाबाट बनेका सामग्री कोसेली घरमार्फत बिक्रीका लागि राख्ने तयारी छ । यसका लागि अहिले ‘कोसेली घर सञ्चालन कार्यविधि’ निर्माणको चरणमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविभिन्न कार्यक्रम आयोजना गरी विश्व माटो दिवस मनाइँदै
मंसिर २०, २०८१ बिहिबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरमा एमाले भन्दा कांग्रेस ५७२ मतले अगाडि
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
राजदूतमा सिफारिस नेपालीको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ
मंसिर २८, २०८१ शुक्रबार
लोप हुँदै लालुपाते
मंसिर २८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन
मंसिर २८, २०८१ शुक्रबार
वायुसेवा सञ्चालक संघले खुम्बु क्षेत्रमा हेलिकप्टर उडान नरोक्ने
मंसिर २८, २०८१ शुक्रबार
तराईमा हुस्सु तथा कुहिरो, यातायात तथा हवाई यात्रामा सतर्कता अपनाउन आग्रह
मंसिर २८, २०८१ शुक्रबार