घोरदौरामा जीपलाइन सञ्चालनको तयारी
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार १०:४५:३७
२५ मंसिर, दाङ । घोराही उपमहानगरपालिका–१८ घोरदौरामा जीपलाइन सञ्चालन गरिँदै छ । घोराही–१८ रझेनाका सुभास गौतमले घोरदौरा जीपलाइन एण्ड एडभेन्चर रिसोर्टमा जीपलाइन परीक्षण गर्न सुरु गरिएको बताए । घोरदौरा आफैँमा पर्यटकीयस्थल भएकाले यसको थप प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले सुरुआत गरिएको उनले बताए ।
“अहिले काम अन्तिम चरणमा पुगेको छ, अबको एक महिनापछि पूर्ण रूपमा सञ्चालन गर्ने तयारीमा छौँ”, सञ्चालक गौतमले भने । साढे सात सय मिटर लामो जीपलाइन साहसिक र रोमाञ्चक हुने उनले बताए । छिट्टै सञ्चालनमा आउन लागेकोे जीपलाइनसँगै स्काई साइक्लिङ पनि हुनेछ ।
स्काई साइक्लिङ भने एक सय ५५ मिटर लामो रहने छ । घोरदौरा जीपलाइन एण्ड एडभेन्चर रिसोर्टमा जीपलाइन र स्काई साइक्लिङको काम केही बाँकी रहेका कारण प्राविधिकको टोलीले काम गरिरहेको उनी बताउँछन् । हालसम्म रु एक करोड बढी लगानी लागेको र अझै काम भइरहेकाले लगानी बढ्ने गौतमको भनाइ छ ।
घोरदौरामा जीपलाइन र स्काई साइक्लिङ सञ्चालनमा ल्याउनुको मुख्य उद्देश्य यहाँको पर्यटन प्रवर्द्धन गर्नु हो । जीपलाइनका लागि रु एक हजार आठ सय ५० शुल्क निर्धारण गरिएको र साइक्लिङको भने काम भइरहेकाले अझै शुल्क निर्धारण नभएको सञ्चालक गौतमले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधार्मिक पर्यटनको केन्द्र बन्दै भैरवी मन्दिर
मंसिर २५, २०८१ मंगलबार
अन्नपूर्ण फेरोका २७ गाउँमा घरबास
मंसिर २३, २०८१ आइतबार
पाटन दरबार सङ्ग्रहालयमा नयाँ प्रदशनी कक्ष थपिँदै
मंसिर २३, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
गढीमाई मेलामा चोरहरूको बिगबिगी, चोर-पकेटमारसँग प्रहरीको ठेक्कापट्टा !
नेपालबहस संवाददाता
मंसिर २३, २०८१ आइतबार
रूसले भन्यो, ‘अल असदले शान्तिपुर्ण शक्ति हस्तान्तरणको आदेश दिएर देश छाडे’
नेपालबहस संवाददाता
मंसिर २३, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
मंसिर २५, २०८१ मंगलबार
गौं हत्याको आरोपीविरुद्ध पक्राउ आदेश जारी
मंसिर २५, २०८१ मंगलबार
इरानमा वायु प्रदूषणका कारण विद्यार्थी र कर्मचारीलाई घरमै बस्न निर्देशन
मंसिर २६, २०८१ बुधबार
धवलागिरिमा ‘दीर्घरोगीसँग अध्यक्ष’ कार्यक्रम सञ्चालन
मंसिर २६, २०८१ बुधबार
अत्यधिक चिसोले मुस्ताङमा पानी जम्न थाल्यो
मंसिर २६, २०८१ बुधबार
भर्तामा आधुनिक प्रसूति सेवा केन्द्र बन्दै
मंसिर २६, २०८१ बुधबार
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लोकसेवामार्फत कर्मचारी पदपूर्ति गरिँदै
मंसिर २६, २०८१ बुधबार