अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड फर्किएपछि बीआरआईबारे किन बोले प्रधानमन्त्री ?
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार १२:११:४९
२५ मंसिर, काठमाडौं । सोमबार झापामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सहयात्री दल नेपाली कांग्रेसभित्र विवादको बिउ बनिरहेको चीनको महत्वकांक्षी परियोजना बीआरआईबारे मुख खोले । उनले बीआरआई ऋणमा पनि हुनसक्ने बताएपछि कांग्रेस थप संशयमा परेको छ । कांग्रेस इतर समूहका नेता शेखर कोइराला लगायतका नेताले यसबारे प्रष्ट नभएको धारणा राखिरहेका छन भने बीआरआई हस्ताक्षरमा सहभागी परराष्ट्रमन्त्री आरजु राणा देउवा देशबाहिर छन् ।
बीआरआई ऋणमा हुन नहुने अडान राखिरहेको कांग्रेस हस्ताक्षर भएर आएपछि पनि अन्योलमै छ । अझ बीआरआईमा ऋण पनि हुनसक्ने भनेर प्रधानमन्त्री नै बोलेपछि यो विषय थप विवादमा आएको छ । रहस्यपूर्ण कुरा त के छ भने बीआरआईमा हस्ताक्षर भए लगत्तै नेपाल आएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु फर्किएपछि प्रधानमन्त्रीले बीआरआई ऋणमा हुनसक्ने बताएका छन् । अमेरिकाले बीआरआईबारे प्रश्न गर्ने भएकाले लुको नेपाल भ्रमण पूर्वनिर्धारित भएपनि यसलाई छल्न ओली झापा गए ।
ओली विगत तीन दिनदेखि गृहजिल्ला झापामा थिए । गएको आइतबार बिहान १० बजे झापा पुगेका ओली आज मंगलबार काठमाडौँ फर्किंने कार्यक्रम छ । तर, बीआरआईले कांग्रेसभित्र विवाद बढाएको छ । प्रधानमन्त्री ओलीले १७–२० मा छिमेकी मुलुक चीन भ्रमणका क्रममा बीआरआई फ्रेमवर्कमा हस्ताक्षर गरेका थिए । फ्रेमवर्कका कतिपय विषय गोप्य राखिएको भन्दै कांग्रेसका नेता शेखर कोइरालाले संसदमा छलफल गराउनुपर्ने पक्षमा उभिएका छन् ।
एक हप्ता अगाडि बीआरआईबाट ऋण लिन्नौँ, अनुदान मात्र लिन्छौँ भनेर पदाधिकारीहरूले निर्णय गरे, एक हप्तापछि सम्झौता भएर आउँदा ऋण र अनुदान दुईवटै हस्ताक्षर भयो भन्ने कुरा प्रधानमन्त्रीले नै बोलेपछि कांग्रेसमा संशयबढ्नु स्वभाविक पनि हो, कांग्रेसका एक नेताले भने । अमेरिकी विदेशमन्त्री फर्किएपछि बोल्दा प्रधानमन्त्रीको भनाइले नै विवाद खडा गरेको छ । विदेशमन्त्री डोनाल्ड लु दुई दिने नेपाल भ्रमण सकेर सोमबार स्वदेश फर्कि सकेका छन् । भ्रमणका क्रममा उनले प्रधानमन्त्री ओलीसँग भेट गर्न पाएनन् । लु काठमाडौं आउनुभन्दा अगाडि नै ओली झापातिर लागेका थिए ।
विदेशमन्त्री लुले कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललगायतसँग भेटवार्ता गरी फर्किए । प्रधानमन्त्री ओलीको चीन भ्रमणमा भएको बीआरआई सम्झौताका विषय लु प्रधानमन्त्रीबाटै जानकारी लिने पक्षमा थिए । तर, ओली झापा हिँडेकाले सम्भव भएन । सहमतिअनुसार नेपालमा बीआरआईअन्तर्गका परियोजना सहायता वित्त पोषणको ढाँचामा कार्यान्वयन गर्न बाटो खुला भएको छ । यो ढाँचामा अनुदान र सहुलियत ऋणको विकल्प खुला रहनेछ । सहायक विदेशमन्त्री लुले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रसँगको लैंगिक समानता र समताको कार्ययोजना अनुदानको औपचारिक सुरुवात कार्यक्रम र अमेरिकी दूतावास युवा परिषद्सँगको अन्तरक्रियामा समेत सहभागिता जनाए ।
सहायक विदेशमन्त्री लुले सञ्चारकर्मीसँगको अन्तरक्रियामा नेपाल–अमेरिका सम्बन्धमा विविध आयाम बारे चर्चा गर्दै अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाको कार्यान्वयनप्रति सन्तोष व्यक्त गरेका थिए । यस परियोजनाको निर्माणले नेपालको ऊर्जा र सडक पूर्वाधारको प्रगतिमा ठूलो योगदान पुग्ने उनको भनाइ थियो । साथै उनले नेपालको विकास निर्माणमा अमेरिकी सहयोग निरन्तर रहिरहने उल्लेख गर्दै नेपालको सङ्क्रमणकालीन न्याय प्रक्रियाका बारेमा चासोसमेत व्यक्त गरेका थिए । लु फर्किएपछि सोमबार देउवानिवास बुढानीलकण्ठमा बीआरआई सम्झौताका विषयमा थप स्पष्ट हुनुपर्ने नेताहरूको माग राखेका थिए । कांग्रेसले परराष्ट्रमन्त्री नेपाल आएपछि थप छलफल गर्नेछ ।
प्रधानमन्त्री ओलीले नै बीआरआई ऋण वा अनुदान दुवै हुन सक्ने बताएका कारण यसले कांग्रेसमा थप विवाद नित्याउने देखिएको छ । झापाको बिर्तामोडमा सोमबार ओलीले बीआरआईबारे ऋणको कुरा उठाएका हुन् । बीआरआई ऋण पनि हुन सक्छ, अनुदान पनि हुनसक्छ या संयुक्त लगानी पनि हुनसक्छ भन्दै उनले बीआरआई भनेको के हो ? भन्ने नबुझेर धेरै कराएको बताएका छन् । बीआरआई चीनले अरु देशहरुलाई गर्ने सहयोग विकासमा गर्ने सहयोग त्यो ऋण पनि हुनसक्छ, त्यो अनुदान पनि हुनसक्छ सहकार्य, संयुक्त लगानी पनि हुनसक्ने ओलीको भनाइ थियो ।
प्रधानमन्त्री भन्दा अगाडि नै एमाले र अन्य कम्युनिस्ट नेताहरूले बीआरआईमा ऋणको पनि सम्झौता भएको भन्न थालेका थिए । सोमबार प्रधानमन्त्री ओलीले यसमा ऋणका कुरा निकालेपछि प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले ऋण लिने सहमति भएको होइन, चीनसँग अहिले गरिएको सहमति अनुदानमा हो भनेको कुरा पनि मिथ्या देखिएका छन् । वास्तविकता के हो भनेर कांग्रेसले छलफल चलाए पनि परराष्ट्रमन्त्री बाहिर भएकाले उनी आएपछि मात्र थप छलफल हुने एक नेताको भनाइ छ । नेपालले प्राप्त गर्ने चिनियाँ सहयोग वर्षौँदेखि अलमलिएको र यसपटकबाट सम्झौता भएको दाबी प्रधानमन्त्रीको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार