सरकारले भन्योः रविमाथि न्यायपूर्ण ढंगले अनुसन्धान भइरहेको छ, अभद्र व्यवहार त रास्वपाले देखायो
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार १३:१:१
२५ मंसिर, सुर्खेत । सरकारले सहकारी ठगी प्रकरणको अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेमाथि कुनै प्रकारले अभद्र व्यवहार नभएको प्रष्ट पारेको छ । प्रहरीले अनुसन्धान गर्ने क्रममा उनीमाथि मानवअधिकार हनन हुने खालका कुनै पनि गतिविधि नगरिएको दावी गरेको छ । रविमाथि मर्यादापूर्ण रुपले अनुसन्धान भइरहेको सरकारको दावी छ ।
मंगलबार गृहमन्त्री रमेश लेखकले रवि लामिछानेमाथि न्यायपूर्ण ढंगले अनुसन्धान भइरहेको भन्दै उनीमाथि कुनै प्रकारका गलत व्यवहार नभएको र मानवअधिकार हनन हुने खालका कुनै पनि काम सरकारी पक्षबाट नभएको बताएका छन् । सुर्खेतमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री लेखकले लामिछानेमाथि प्रहरीबाट अभद्र व्यवहार भएको भन्ने हल्ला गलत भएको दावी गरे । सडकमा हुल बाँधेर कसैलाई न्याय नमिल्ने भन्दै उनले अनुसन्धानमा प्रभाव पर्ने काम नगर्न रास्वपा कार्यकर्तालाई चेतावनी दिए ।
उनले सहकारीको रकम अपचलन भएको विषयमा लामिछानेमाथिको अनुसन्धानलाई प्रभावित बनाउने काम भइरहेको बताए । सहकारी रकमका विषयमा रवि लामिछानेमाथि मात्र अनुसन्धान भएको होइन, अरु पनि यसमा तानिएका छन्, उनले भने, ‘अनुसन्धान हुँदै गर्दा अदालत घेर्ने काम भएको छ, यस्ता विधिको शासन उल्लंघन गर्ने काममा प्रमुख प्रतिपक्षी दलले नै सहयोग गरेको छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी बचतकर्ताहरुले बुझाए आयोग समक्ष ध्यानकर्षणपत्र
मंसिर २६, २०८१ बुधबार
पर्साको सानोपाइला सहकारी ठगीसम्बन्धी बयान सकेर रविलाई काठमाडौं हुँदै पोखरा फर्काइयो
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
आजदेखि गढीमाई मेलामा पशु बलि शुरु , हेर्नुहोस् तस्विरमा मेलाको रौनक
नेपालबहस संवाददाता
मंसिर २३, २०८१ आइतबार
गौं हत्याको आरोपीविरुद्ध पक्राउ आदेश जारी
मंसिर २५, २०८१ मंगलबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
७ वर्ष कैद सजाय मागसहित दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधको मुद्दा दर्ता
मंसिर २६, २०८१ बुधबार
जसपा नेपालका दुईवटा जिल्ला समिति पुनर्गठन
मंसिर २६, २०८१ बुधबार
‘जनसङ्ख्या नीति छिट्टै परिमार्जन गरिने’
मंसिर २६, २०८१ बुधबार
सहकारी बचतकर्ताहरुले बुझाए आयोग समक्ष ध्यानकर्षणपत्र
मंसिर २६, २०८१ बुधबार
‘प्रकृतिमा आधारित पर्यटनका लागि हिमाल आकर्षक गन्तव्यस्थल’
मंसिर २६, २०८१ बुधबार
पुँजीबजारको निष्पक्ष र पारदर्शी विकासका लागि प्रतिबद्ध छु : अध्यक्ष श्रेष्ठ
मंसिर २६, २०८१ बुधबार