पोखराले कर्णाली याक्सलाई दियो १०४ रनको लक्ष्य
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार १४:३७:५०
२५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले पोखरा एभेन्जर्सलाई १०४ रनको लक्ष्य दिएको छ । पोखराले कर्णाली याक्सलाई जितको लागि १०४ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको आजको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पोखरालाई कर्णालीले अस्ट्रेलियन अलराउन्डर विलियम बोसिस्टो एक्लैले ६ विकेट लिएपछि १६.४ ओभरमै अलआउट भयो ।
अस्ट्रेलियाको यू–१९ टोलीका पूर्वकप्तान बोसिस्टोले चार ओभरमा २८ रन खर्चिएर १४औं ओभरमा तीन विकेट लिएका थिए । सो ओभरमा उनले दिलीप नाथलाई ३ रन, माइकल लिस्कलाई २ रन र नारायण जोशीलाई १ रनमा आउट गरे । नाथलाई क्याच गराएका उनले लिस्कलाई बोल्ड र नारायणलाई एलबिडब्लूको धरापमा आउट गरे ।
पोखराका ओपनरद्वय दिनेश खरेलले १९ बलमा २६ रन र आन्द्रेस गौसले १२ बलमा २५ रन जोडे । खरेललाई युनिस ठकुरीले छैटौं ओभरमा बोल्ड गर्दा विपिन शर्माले गौसलाई चौथो ओभरमा बोसिस्टोबाट क्याच गराए । खरेल र गौसबीच ४६ रनको साझेदारी हुनुबाहेक पोखराको इनिङ्ग्स कुनै बेला पनि सम्हालिन सकेन । बलिङमा बोसिस्टोले ६ विकेट लिँदा विपिन, युनिस र कप्तान सोमपाल कामीले १–१ विकेट लिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
पुष ७, २०८१ आइतबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
भारतमा बालविवाहका घटनामा पाँच हजार भन्दा बढी पक्राउ
पुष ७, २०८१ आइतबार
नेपाली पार्कर खेलाडी सुनार गिनिज बुकमा नाम लेखाउन सफल
पुष ७, २०८१ आइतबार
जुम्लाको सापुल्ली गाउँ
पुष ७, २०८१ आइतबार
जोमसोम विमानस्थल प्रवेशद्वार
पुष ७, २०८१ आइतबार