मन्त्री पौडेलले रुद्र मरासिनीलाई ट्रमा सेन्टरबाट हटाएर बद्री रिजाललाई दिए सुपरिटेन्डेन्टको जिम्मेवारी
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार १५:११:४१
२५ मंसिर, काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मन्त्रालय मातहतका उच्च अधिकारीको सरुवा गरेका छन् । केही उच्च कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको उनको सचिवालयले जनाएको छ । जसअनुसार ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा हाडर्जोनी विशेषज्ञ डा. बद्री रिजाललाई लगिएको छ ।
हाल सेन्टरको नेतृत्वमा रहेका डा. रुद्र मरासिनीलाई हटाइएको छ । डा. मरासिनीले भने अब सेन्टरमा विशेषज्ञ चिकित्सकका रुपमा रहनेछन् । यसअघि पनि डा. रिजालले ट्रमामा उक्त जिम्मेवारी सम्हालिसकेका छन् । टेकु अस्पतालकी रोशनी तुईतुईलाई वीर अस्पताल नर्सिङ क्याम्पस प्रमुख बनाइएको छ ।
वीर अस्पतालको नर्सिङ क्याम्पसकी बदना थापाको टेकु अस्पताल सरुवा गरिएको छ । व्यवस्थापन महाशाखाका डा. सुरेन्द्र चौरसियालाई उपचारात्मक महाशाखा पठाइएको छ । व्यवस्थापन महाशाखाको जिम्मेवारी दयाकृष्ण पन्तले पाएका छन् ।
यसैगरी मन्त्री पौडेलले ५ जना विज्ञ सल्लाहकार समिति पनि गठन गरेका छन् । मन्त्रीस्तरीय निर्णय गर्दै उनले विज्ञ सल्लाहकार समिति गठन गरेका हुन् । समितिमा मेडिकल काउन्सिलका पूर्वअध्यक्ष डा. भगवान कोइराला, पूर्वस्वास्थ्य सचिव डा. सुधा शर्मा, गण्डकी प्रदेश सरकारको योजना आयोगका पूर्वउपाध्यक्ष रघु काफ्ले छन् ।
यस्तै पूर्वस्वास्थ्यमन्त्री गगन थापाका सल्लाहकार प्रताप पौडेल र अमित भण्डारी पनि समितिमा राखिएका छन् । मन्त्री पौडेलले मन्त्रालयका नीति नियम प्रभावकारी बनाउन समिति बनाएको उनको सचिवायले जनाएको छ । ५ जनाको विज्ञताले मन्त्रालयको कामलाई अझै प्रभावकारी बनाउने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य बीमा ऐन संशोधन, बीमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली बनाइने
माघ १, २०८१ मंगलबार
अध्ययन समितिले भन्यो, चिकित्सकको तलब डेढ लाखदेखि २ लाख ५० हजारसम्म बनाउनुपर्छ
पुष २९, २०८१ सोमबार
नवीकरण नहुँदा बागमतीका स्वास्थ्य संस्था सुविधाबाट वञ्चित
पुष २८, २०८१ आइतबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
ङादी ग्रुप पावरकाे हकप्रद सेयर बिक्री खुला
माघ २, २०८१ बुधबार
दक्षिण कोरियाली राष्ट्रपति योन सुक योल पक्राउ
माघ २, २०८१ बुधबार
रवि लामिछानेलाई आज पनि अदालत लगिँदै, छुट्ने वा नछुट्ने आदेश आउन सक्ने
माघ २, २०८१ बुधबार
लुम्बिनी प्रदेशमा आज सार्वजनिक विदा
माघ २, २०८१ बुधबार
भूकम्प दिवसः पूर्वतयारीका लागि संकल्प जरुरी
माघ २, २०८१ बुधबार
प्रचण्ड सरकारबाट बाहिरिएपछि पहिलो पटक समाजवादी मोर्चाको बैठक बस्दै
माघ २, २०८१ बुधबार