कर्णालीसँग ७ विकेटले पराजित भयो पोखरा एभेन्जर्स
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार १५:५५:२७
२५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले पोखरा एभेन्जर्समाथि ७ विकेटको सहज जित निकालेको छ । पाँच खेलमा कर्णालीको यो तेस्रो जित हो । पोखरा चार मध्ये तीन खेलमा पराजित भइसकेको छ । मंगलबारको दोस्रो खेलमा पोखरा कर्णाली याक्ससँग ७ विकेटले पराजित भएको हो ।
एनपीएलको चार खेलमा पोखराले ३ खेलमा हार र १ खेलमा मात्र जित निकाल्दै २ अंकमा छ । पराजित पोखरा २ अंकमा छैटौँ स्थानमा छ । पोखराले दिएको १०४ रनको लक्ष्य कर्णालीले १५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्याे । कर्णालीको जितमा गुल्सन झाले नटआउट ४९ रन जोडे । उनले ३७ बलमा ३ चौका र ४ छक्का प्रहार गरे ।
त्यसअघि कर्णालीका ओपनर भने चल्न सकेनन् । देव खनाल शून्य र बाबर हायत ७ रनमा आउट भए । पोखरालाई पराजित गर्दै कर्णालीले भने एनपीएलमा तेस्रो जित निकाल्दै अंकतालिकामा ६ अंक जोडेको छ । जितसँगै कर्णालीको प्लेअफ पुग्ने सम्भावना बलियो बनेको छ ।
कर्णालीका लागि गुल्सन झा ४९ र विलियम बसिस्टो २ रनमा अविजित रहे । चाडविक वाल्टनले ४२ रन बनाउँदै पेभेलियन फर्के । उनले ३४ बलमा ६ चौका र १ छक्का प्रहार गर्दा कुशल भुर्तेलको बलमा बोल्ड आउट भए । ओपनर बाबर हायात ७ रन बनाउँदा सागर ढकालको बलमा बोल्ड भए । ३ बलको सामान गरेका देव खनाल शुन्य रनमा नै विपिन खत्रीको बलमा एलबीडब्लु धरापमा गरे ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पोखरा १६.३ ओभरमा १ सय ३ रनमा समेटियो । कर्णाली याक्सका विलियन बसिस्टोले ६ विकेट लिएसँगै पोखराको ब्याटिङ लाइन धरापमा परेको थियो ।
अस्ट्रेलियन अलराउन्डर बोसिस्टोले ६ विकेट लिने क्रममा ४ ओभरमा २८ रन खर्चेका थिए । जारी एनपीएलमा यो सबैभन्दा उत्कृष्ट बलिङ हो । यसअघि चितवन राइनोजका सोहेल तनवीर, सुदूरपश्चिम रोयल्सका नरेन साउद र जनकपुर बोल्ट्सका हर्ष ठाकरले एकै खेलमा ५–५ विकेट लिएका थिए ।
आकाश चन्द १ रन बनाई सोमपाल कामीको बलमा एलबीडब्लू आउट भए भने विपिन खत्री १० रनमा रनआउट भए । शिखर धवनबिना कर्णाली एनपीएलमा यो पहिलो खेल थियो । धवनको स्थानमा खेलेका बाबरले फेरि कुनै प्रभाव पार्न सकेनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं गुर्खाजले लुम्बिनी लायन्सलाई दियो १०४ रनको लक्ष्य, भीम शार्की ३१ रनमै आउट
मंसिर २६, २०८१ बुधबार
आजको खेल जित्नैपर्ने दवावमा लुम्बिनी, टस जितेर ब्याटिङ गर्दै काठमान्डु गुर्खाज
मंसिर २६, २०८१ बुधबार
जनकपुरको अपराजित यात्रामा पुर्णविराम, सुदूरपश्चिमसँग ७२ रनले पराजित
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
गढीमाई मेलामा चोरहरूको बिगबिगी, चोर-पकेटमारसँग प्रहरीको ठेक्कापट्टा !
नेपालबहस संवाददाता
मंसिर २३, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
मंसिर २५, २०८१ मंगलबार
गौं हत्याको आरोपीविरुद्ध पक्राउ आदेश जारी
मंसिर २५, २०८१ मंगलबार
काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सलाई दियो १०४ रनको लक्ष्य, भीम शार्की ३१ रनमै आउट
मंसिर २६, २०८१ बुधबार
रत्नेचौर–भकुण्डे–भकिम्ली सडकको ७० प्रतिशत प्रगति
मंसिर २६, २०८१ बुधबार
काभ्रेका बाढीपहिरो पीडितको कष्टकर छ जीवनशैली
मंसिर २६, २०८१ बुधबार
अष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउपछि सार्वजनिक
मंसिर २६, २०८१ बुधबार