मंगलबार ६ अंकले घटेर २६६९ विन्दुमा रोकिएको बजारमा साढ ४ अर्बको पनि भएन कारोबार
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार १६:१५:५४
२५ मंसिर, काठमाडौं । मंगलबार शेयरबजार घटेसँगै कारोबार रकममा कमी आएको छ । नेप्से परिसूचक ६.३२ अंक घटेको छ । सो अंकको कमीपछि २६६९ अंकमा कायम भएको छ । अघिल्लो दिन १२ अंकले बजार घटेको थियो । शेयरबजार ०.२३ प्रतिशतले घटेर २६६९ विन्दूमा पुगेको हो ।
बजार घटेको दिन कारोबार रकम पनि जम्मा ४ अर्ब ४१ करोडमा सीमित भयो । बजार घटेका कारण १४८ कम्पनीले गुमाएका छन भने ८५ कम्पनीको मात्रै शेयर मूल्य सकारात्मक रहेको छ । ५ कारोबार दिनयता बजार लगातार घटेको छ । कारोबार रकम पनि खुम्चिँदै गएको छ । आइतबार ७ अर्ब ४६ करोडको कारोबार भएकोमा हिजो सोमबार ५ अर्ब ६२ करोड र आज ४ अर्ब ४१ करोडमा झर्यो ।
८५ कम्पनीको मूल्य बढ्दा १४८ को घट्यो भने १० को स्थिर रह्यो । व्यपार ०.३०, माइक्रोफाइनान्स ०.१३, उत्पादन ०.३३ र होटल समूह ०.२८ प्रतिशत बढे । बैंकिङ ०.१५, विकास बैंक ०.५२, फाइनान्स ०.७१, हाइड्रोपावर ०.३३, लगानी ०.७९, जीवन बीमा १, निर्जीवन बीमा ०.१९ प्रतिशत घटे । जोशी हाइड्रोपावरको ७.६, खानीखोलाको ७.५, गणपति लघुवित्तको ६.९, उपकार लघुवित्तको ६.२ तथा महिला लघुवित्तको ६.२ प्रतिशत मूल्य बढ्यो ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, सानिमा माइ हाइड्रोपावर, जानाकी फाइनान्स, हिमालयन डिस्टिलरी र एसबीआई बैंक क्रमशः अगाडि रहे । एनआरएन इन्फ्रास्ट्रक्चरको मूल्य ९.९ प्रतिशत घट्यो । लाइफ इन्स्योरेन्स कर्पोरेसनको ३.५, सपोर्ट माइक्रोफाइनान्सको २.८ प्रतिशत मूल्य घट्यो । मंगलबारको बजारमा सूचीकृत कम्पनीमध्ये ३०३ कम्पनीको ८७ लाख ६७ हजार कित्ता शेयरको ५२ हजार ७०५ पटक कारोबार भयो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलगातार घटेको नेप्से बुधबार २७ सयमाथि उक्लियो, कारोबार रकम भने ५ अर्ब ५ करोडमा सीमित
मंसिर २६, २०८१ बुधबार
४५ अंकले घटेर २६८९ बिन्दुमा ओर्लियो नेप्से, ७ अर्ब ४६ करोडका शेयर किनबेच भए
मंसिर २३, २०८१ आइतबार
बजार २७३४ अंकमा झर्दा कारोबार पनि घट्यो, ८ अर्ब ३६ करोडका शेयर खरिदबिक्री भए
मंसिर २०, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
आजदेखि गढीमाई मेलामा पशु बलि शुरु , हेर्नुहोस् तस्विरमा मेलाको रौनक
नेपालबहस संवाददाता
मंसिर २३, २०८१ आइतबार
गौं हत्याको आरोपीविरुद्ध पक्राउ आदेश जारी
मंसिर २५, २०८१ मंगलबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
विद्यार्थी अनुत्तीर्ण हुनु अपराध हो: प्रधानमन्त्री ओली
मंसिर २६, २०८१ बुधबार
७ वर्ष कैद सजाय मागसहित दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधको मुद्दा दर्ता
मंसिर २६, २०८१ बुधबार
जसपा नेपालका दुईवटा जिल्ला समिति पुनर्गठन
मंसिर २६, २०८१ बुधबार
‘जनसङ्ख्या नीति छिट्टै परिमार्जन गरिने’
मंसिर २६, २०८१ बुधबार
सहकारी बचतकर्ताहरुले बुझाए आयोग समक्ष ध्यानकर्षणपत्र
मंसिर २६, २०८१ बुधबार
‘प्रकृतिमा आधारित पर्यटनका लागि हिमाल आकर्षक गन्तव्यस्थल’
मंसिर २६, २०८१ बुधबार