१७ वर्षकी बालिका बलात्कार आरोपमा पक्राउ परेका पूर्वमेयरलाई चार दिन हिरासतमा राखिने
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार १७:३६:५७
२५ मंसिर, झापा । विर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत झापाले अनुमति दिएको छ । बालिका बलात्कारको आरोपमा उनलाई सोमबार पक्राउ गरिएको थियो । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले अदालतबाट चार दिनको म्याद थप अनुमति लिइएको जानकारी दिएका छन् ।
आफ्नै घरमा काम गर्न राखेकी १७ वर्षकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा उनी पक्राउ परेका हुन् । पीडित बालिकालाई कलेजबाटै भारततर्फ जाँदै गर्दा सोमबार बिहान मात्रै काँकडभिट्टाबाट उद्धार गरेर प्रहरीलाई बुझाइएको थियो । बालिकाले आफूलाई शिवाकोटीले बलात्कार गरेको भन्दै घर फर्किन नमानेपछि प्रहरीले जाहेरी लिएर अनुसन्धान अगाडि बढाएको थियो ।
शिवाकोटी २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट बिर्तामोड नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । उनले ती बालिकालार्य पढाइदिने शर्तमा घरको काम गर्न राखेका थिए । बालिकाका बुबा नभएको र आमा भारतमा रहेको प्रहरीले जानकारी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउपछि सार्वजनिक
मंसिर २६, २०८१ बुधबार
आगलागीमा परी एक जनाको मृत्यु, नौ जना घाइते
मंसिर २४, २०८१ सोमबार
काठमाडौंको गैरीगाउँबाट नगद ३ लाखसहित १६ जुवाडे पक्राउ
मंसिर २३, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
गढीमाई मेलामा चोरहरूको बिगबिगी, चोर-पकेटमारसँग प्रहरीको ठेक्कापट्टा !
नेपालबहस संवाददाता
मंसिर २३, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
मंसिर २५, २०८१ मंगलबार
गौं हत्याको आरोपीविरुद्ध पक्राउ आदेश जारी
मंसिर २५, २०८१ मंगलबार
अत्यधिक चिसोले मुस्ताङमा पानी जम्न थाल्यो
मंसिर २६, २०८१ बुधबार
भर्तामा आधुनिक प्रसूति सेवा केन्द्र बन्दै
मंसिर २६, २०८१ बुधबार
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लोकसेवामार्फत कर्मचारी पदपूर्ति गरिँदै
मंसिर २६, २०८१ बुधबार
दुर्घटनामा परी घाइते भएका बुढाको मृत्यु
मंसिर २६, २०८१ बुधबार
लगातार घटेको नेप्से बुधबार २७ सयमाथि उक्लियो, कारोबार रकम भने ५ अर्ब ५ करोडमा सीमित
मंसिर २६, २०८१ बुधबार