सिटिजन्स बैंकको अगुवाइमा ४१.०६ मेगावाटको जलविद्युतमा लगानी सम्झौता, चार बैंकले ६ अर्ब १५ करोड ऋण दिने
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार १९:०:४८
२४ मंसिर, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलको अगुवाईमा ४१.०६ मेगावाट क्षमताको संखुवाखोला जलविद्युत परियोजना सहवित्तीयकरण कर्जा लगानी हुने भएको छ । सिटिजन्ससहित एभरेष्ट बैंक, नेपाल एस.बि.आई बैंक. र सानिमा बैंक गरि ४ बैंकहरुले रु. ६ अर्ब १५ करोड रुपैयाँ ऋण लगानी गर्ने गरी गत सोमबार सम्झौतामा हस्ताक्षर भएको छ ।
यही मंसिर २४ गते सोमबारको दिन संखुवाखोला जलविद्युत प्रवर्द्धक कम्पनी गुराँस हाइड्रो लिमिटेड एवं लगानीकर्ता बैंकहरू बीच वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण कर्जा सम्झौतामा हस्ताक्षर भएको हो । उक्त परियोजना कोशी प्रदेश, संखुवासभा जिल्ला, सिलिचोङ गाँउपालिका र भोजपुर जिल्ला, साल्पा सिलिचाछो गाउँपालिकामा निर्माण हुनेछ ।
परियोजनाको अनुमानित लागत करीब रु. ८ अर्ब २० करोड मध्ये बैंकहरुले ७५ः२५ को ऋणः स्वपुँजी अनुपातमा रु. ६ अर्ब १५ करोड बराबरको ऋण लगानी गर्नेछन् । यसमध्ये सिटिजन्स बैंकबाट रु. २ अर्ब ९० करोड, एभरेष्ट बैंकबाट रु. १ अर्ब २५ करोड, नेपाल एस.बि.आइ. बैंकबाट १ अर्ब २५ करोड र सानिमा बैँक लि. बाट ७५ करोड लगानी हुनेछ भने २५% स्वपुँजी प्रवर्द्धकहरूबाट जुटाइने छ । परियोजना आगामी चार वर्षभित्र निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको र निर्माण सम्पन्न पश्चात् उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको संखुवासभा स्थित सित्तलपाटी सब स्टेशनमा जोडिने छ । कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ७५.०४१ गिगावाट घन्टा र बर्षायाममा १६५.८८८ गिगावाट गरी वार्षिक २४०.९२९ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।
सहवित्तीयकरण कर्जा सम्झौता हस्ताक्षर कार्यक्रमलाई सम्वोधन गर्दै सिटिजन्स बैँकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सिटिजन्स बैंकले स्थापनाकालदेखि नै एकल लगानीका साथै आफ्नो अगुवाई, सहअगुवाई तथा अन्य बैंकहरुसँगको सहवित्तीयकरण कर्जामार्फत जलविद्युत लगायत हरित उर्जा क्षेत्रमा उल्लेख्य रुपमा लगानी गर्दै आएको र बैंकिङ्ग क्षेत्र एवं स्वतन्त्र उर्जा उत्पादकहरुको संयुक्त लगानीबाट धेरै आयोजनाहरुको निर्माण भई संचालनमा आएका कारण देशको समग्र उर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको ठूलो योगदान रहेको बताए ।
हाल सम्म निर्माण सम्पन्न भएका १२४.५४१ मेगावाट क्षमताका १३ वटा आयोजना र निर्माणाधीन ५१६.५७४ मेगावाट क्षमताका १६ वटा आयोजनासहित जम्मा ६४१.११५ मेगावाट क्षमताका २९ वटा आयोजनामा सिटिजन्स बैंकको लगानी रहेको छ । सिटिजन्स् बैंकले हालसम्म १५ वटा हाइड्रो पावर आयोजनामा अगुवा बैंक, २ वटा हाइड्रोपावर आयोजनामा सहअगुवा बैंक, ९ वटा हाइड्रोपावर आयोजनामा सहभागी बैंक रुपमा र ३ वटा हाइड्रो पावर आयोजनामा एकल लगानी रहेको जनाएको छ । प्रवर्द्धक कम्पनी गुराँस हाइड्रो लिमिटेडका तर्फबाट अध्यक्ष शिवप्रसाद घिमिरेले आगामी चार वर्षभित्र परियोजना निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको र हालसम्म नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग, वन तथा वातावरण मन्त्रालय लगायत सरोकारवाला निकायहरूमा गर्नुपर्ने सबै कानूनी प्रक्रिया पुरा गरी सकिएकाले आयोजना तत्काल निर्माण शुरु गरि समयमै सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् ।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटीएम, ३ विस्तारित काउण्टर र ७४ वटा शाखारहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख भन्दा बढी ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
रवि लामिछानेलाई आज पनि अदालत लगिँदै, छुट्ने वा नछुट्ने आदेश आउन सक्ने
माघ २, २०८१ बुधबार
लुम्बिनी प्रदेशमा आज सार्वजनिक विदा
माघ २, २०८१ बुधबार
भूकम्प दिवसः पूर्वतयारीका लागि संकल्प जरुरी
माघ २, २०८१ बुधबार
प्रचण्ड सरकारबाट बाहिरिएपछि पहिलो पटक समाजवादी मोर्चाको बैठक बस्दै
माघ २, २०८१ बुधबार
चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
माघ २, २०८१ बुधबार
सुदूरपश्चिममा वर्षा हुन सक्ने, उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात
माघ २, २०८१ बुधबार