एमालेले भन्यो: प्रधानमन्त्रीको चीन भ्रमण सफल भयो
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार २१:३८:२३
२५ मङ्सिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण सफल भएको निष्कर्ष निकालेको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको चीन भ्रमण सफल र उपलब्धिमूलक भएको निष्कर्ष निकालेको बैठकपछि पत्रकार सम्मेलनमा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
“फ्रेमवर्क फर बिआरआई कर्पोरेशन ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बिआरआई) मा भएका सम्झौता नेपालको दीर्घकालिन विकासका लागि महत्त्वपूर्ण उपलब्धि हो,” नेता ज्ञवालीले भने, “सत्तामा रहेका दुई पार्टीबीचमा जुन खालको समझदारी भएको छ । त्यसले बिआरआईलाई निष्कर्षमा पु¥याउन भूमिका खेलेको छ ।”
नेता ज्ञवालीले बिआरआईमा नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भएको समझदारीले भोलिका दिनमा परराष्ट्र नीति र वाह्य नीति सञ्चालन गर्दा राष्ट्रिय सहमति निर्माण हुने आधार बनाएको बताए । उनले हालै भएको चीन र नेपाल पक्षबीच भएको सहमति दुवै देशले चाँडै नै कार्यान्यवन गर्नमा पार्टीले जोड दिएको बताए ।
प्रधानमन्त्री ओली यही मङ्सिर १७ गतेदेखि २० गतेसम्म चीन भ्रमण गरेका थिए। उनले बिआरआईप्रति नकारात्मक टिप्पणी गर्नु गलत भएको बताए । नेपालजस्तो देशले संसारको दोस्रो अर्थतन्त्र भएको देश चीन र पाँचौ अर्थतन्त्र भएको भारतसहित अरू विकासत देशसँग जोडिएर अगाडि बढ्न सक्ने उनले बताए ।
उपमहासचिव ज्ञवालीले उपनिर्वाचनको परिमाणलाई पार्टीले गम्भीरतापूर्वक लिएको बताए। “उपनिर्वाचनबाट थप उपलब्धि हासिल भएको छ । हामीले एउटा अध्यक्ष दुईवटा उपाध्यक्षसहित समग्रमा आठ स्थानमा जितेको छौँ तर यति हुँदाहुँदै पनि परिणामलाई गम्भीररूपमा लिएका छौँ,” उनले भने, “खासगरि किर्तीपुर नगपालिका, त्यहाँका वडा र काठमाडौँ महानगरपालिका–१६ मा जस्ता शहरी क्षेत्रमा हामीले जे अपेक्षा गरेका थियौँ, त्यो ढङ्गले परिमाण नआएकाप्रति हामी गम्भीर पनि भएका छौँ ।”
उपनिर्वाचनको परिमाणले सहरी जनमतसँग पार्टीलाई जोड्दै लैजाने बैठकले निष्कर्ष निकालेको बताए । सामाजिक सञ्जाल दुरूपयोग गरी भ्रम सिर्जना गर्ने कुराको पार्टीपङ्क्तिलाई प्रतिवाद गर्न आग्रह गरिएको छ ।
उपमहासचिव ज्ञवालीले सामाजिक सञ्जालको दुरूपयोग गर्दै ‘मिस र डिसइन्फरमेशन’ को माध्यमबाट राजनीतिक दलका नेताको चरित्र हत्या, जनतामा भ्रम र निराशा फैलाउने सिर्जना गर्ने र सामाजिक सद्भावलाई खलवल्याउनेजस्ता गतिविधि उचित नभएको भन्दै त्यस्ता खालका गलत कुराको पार्टी पक्तिले खण्डन गर्न आग्रह गरिएको बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रमुख सूचना आयुक्त र आयुक्तहरूले लिए शपथ
मंसिर २६, २०८१ बुधबार
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै
मंसिर २६, २०८१ बुधबार
आगामी निर्वाचन एक्लै प्रतिस्पर्धा गर्नसक्ने गरी सङ्गठन निर्माण गर्नुपर्छ : उपमहासचिव पुन
मंसिर २५, २०८१ मंगलबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
गढीमाई मेलामा चोरहरूको बिगबिगी, चोर-पकेटमारसँग प्रहरीको ठेक्कापट्टा !
नेपालबहस संवाददाता
मंसिर २३, २०८१ आइतबार
रूसले भन्यो, ‘अल असदले शान्तिपुर्ण शक्ति हस्तान्तरणको आदेश दिएर देश छाडे’
नेपालबहस संवाददाता
मंसिर २३, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
मंसिर २५, २०८१ मंगलबार
गौं हत्याको आरोपीविरुद्ध पक्राउ आदेश जारी
मंसिर २५, २०८१ मंगलबार
अमेरिकाले युक्रेनलाई २० अर्ब डलर ऋण दिने
मंसिर २६, २०८१ बुधबार
युक्रेन सङ्कट समाधान ट्रम्पको पहिलो प्राथमिकता
मंसिर २६, २०८१ बुधबार
काठमान्डुसँग १८ रनले पराजित भएको लुम्बिनी लायन्स एनपीएलको लिग चरणबाटै बाहिरियो
मंसिर २६, २०८१ बुधबार
सुन्तलाखेतीबाट मनग्य आम्दानी गर्दै कृषक
मंसिर २६, २०८१ बुधबार
सिरियाली नवनियुक्त प्रधानमन्त्रीद्वारा विदेशमा रहेका नागरिकलाई स्वदेश फर्कन आग्रह
मंसिर २६, २०८१ बुधबार