सुदूरपश्चिमले जनकपुरलाई दियो १२४ रनको लक्ष्य, ओपनर विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाए
नेपालबहस संवाददाता
मंसिर २६, २०८१ बुधबार १०:४७:३४
२६ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्टस्लाई १२४ रनको लक्ष्य दिएको छ । टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ९ विकेटको क्षतिमा १२३ रन बनाएको हो ।
बुधबारको खेलमा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १२३ रनको योगफल खडा गरेको हो । सुदूरपश्चिमका ओपनर विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाए । ३७ बल खेलेका विनोदले तीन चौका र एक छक्का प्रहार गरे । यस्तै, अर्का ओपनर सैब जैबले २१ बलमा दुई छक्कासहित २१ रन बनाए ।
सुदूरपश्चिमका इशान पाण्डेले १४ बलमा एक चौका र एक छक्कासहित १७ रन जोडे । ब्रान्डन म्याकमुलमले १७ बलमा ११ रन थपे । यसबाहेक, सुदूरपश्चिमका अन्य ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् । अविजित रहेका नरेश बुढाऐरले नौ र अभिनाश बोहराले दुई रन बनाए ।
सुदूरपश्चिमलाई मध्यम योगफलमा रोक्न जनकपुरका किशोर महतोले चार विकेट लिए । चार ओभर बलिङ गरेका किशोरले ३५ रन खर्चिए । किशोरले सुदूरपश्चिमका आरिफ सेख, इशान पाण्डे, स्कट कुग्गेलेन र नरेन साउदको विकेट लिए । प्रतियोगिताको एकमात्र अपराजित जनकपुरले यसअघिका चारमध्ये चारै खेलमा जित निकालेको छ । आजको खेलमा सुदूपश्चिमविरुद्ध जित निकाले जनकपुर प्रतियोगिताको प्लेअफमा पुग्ने पहिलो टोली बन्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजको खेल जित्नैपर्ने दवावमा लुम्बिनी, टस जितेर ब्याटिङ गर्दै काठमान्डु गुर्खाज
मंसिर २६, २०८१ बुधबार
जनकपुरको अपराजित यात्रामा पुर्णविराम, सुदूरपश्चिमसँग ७२ रनले पराजित
मंसिर २६, २०८१ बुधबार
कर्णालीसँग ७ विकेटले पराजित भयो पोखरा एभेन्जर्स
मंसिर २५, २०८१ मंगलबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
गढीमाई मेलामा चोरहरूको बिगबिगी, चोर-पकेटमारसँग प्रहरीको ठेक्कापट्टा !
नेपालबहस संवाददाता
मंसिर २३, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
मंसिर २५, २०८१ मंगलबार
गौं हत्याको आरोपीविरुद्ध पक्राउ आदेश जारी
मंसिर २५, २०८१ मंगलबार
रत्नेचौर–भकुण्डे–भकिम्ली सडकको ७० प्रतिशत प्रगति
मंसिर २६, २०८१ बुधबार
काभ्रेका बाढीपहिरो पीडितको कष्टकर छ जीवनशैली
मंसिर २६, २०८१ बुधबार
अष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउपछि सार्वजनिक
मंसिर २६, २०८१ बुधबार
प्रधानमन्त्री ओलीले ३ कक्षासम्म अध्ययन गरेको प्रणामी माध्यमिक विद्यालयले पायो नयाँ भवन
मंसिर २६, २०८१ बुधबार