पर्साको सानोपाइला सहकारी ठगीसम्बन्धी बयान सकेर रविलाई काठमाडौं हुँदै पोखरा फर्काइयो
नेपालबहस संवाददाता
मंसिर २६, २०८१ बुधबार ११:५:१९
२६ मंसिर, वीरगञ्ज । सानो पाइला सहकारीको रकम अपचलनसम्बन्धी बयान सकेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखरा फर्काइएको छ । उनलाई सिमराबाट काठमाडौं र काठमाडौंबाट पोखरा लगिने प्रहरीले जनाएको छ ।
पर्सा जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगीको अभियोगमा हिरासतमा लिएर अनुसन्धान भइरहेका लामिछानेलाई पोखरातर्फ पठाएको हो । पर्साको सानो पाइला सहकारी संस्था ठगी प्रकरणमा लामिछानेसहित १४ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो । जिल्ला अदालत पर्साले लामिछानेसहित छविलाल जोशी, जिबी राई, रामबहादुर खनालसहितका व्यक्तिविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
निजसँगको बयान पूरा भएपछि उक्त कार्यालयले विमानबाट कास्की पठाउने क्रममा उनलाई सिमरा विमानस्थल पठाइएको हो । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख भोलानाथ निरौलासहितको टोलीले निजसँग बयान लिएको थियो । पर्सा जिल्ला प्रहरी कार्यालयका प्रमुख किशोर लम्सालले अभियुक्त लामिछानेलाई सिमराबाट काठमाडौँ हुँदै कास्की पुर्याइने जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी बचतकर्ताहरुले बुझाए आयोग समक्ष ध्यानकर्षणपत्र
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
आजदेखि गढीमाई मेलामा पशु बलि शुरु , हेर्नुहोस् तस्विरमा मेलाको रौनक
नेपालबहस संवाददाता
मंसिर २३, २०८१ आइतबार
गौं हत्याको आरोपीविरुद्ध पक्राउ आदेश जारी
मंसिर २५, २०८१ मंगलबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
७ वर्ष कैद सजाय मागसहित दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधको मुद्दा दर्ता
मंसिर २६, २०८१ बुधबार
जसपा नेपालका दुईवटा जिल्ला समिति पुनर्गठन
मंसिर २६, २०८१ बुधबार
‘जनसङ्ख्या नीति छिट्टै परिमार्जन गरिने’
मंसिर २६, २०८१ बुधबार
सहकारी बचतकर्ताहरुले बुझाए आयोग समक्ष ध्यानकर्षणपत्र
मंसिर २६, २०८१ बुधबार
‘प्रकृतिमा आधारित पर्यटनका लागि हिमाल आकर्षक गन्तव्यस्थल’
मंसिर २६, २०८१ बुधबार
पुँजीबजारको निष्पक्ष र पारदर्शी विकासका लागि प्रतिबद्ध छु : अध्यक्ष श्रेष्ठ
मंसिर २६, २०८१ बुधबार