सुर्यदर्शनबाट सुरु भएको रविको बयान सनोपाइला पुगेर सकियो, अब कसरी बन्छ अनुसन्धान प्रतिवेदन ?
नेपालबहस संवाददाता
मंसिर २६, २०८१ बुधबार १४:४८:४३
२६ मंसिर, काठमाडौं । पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई पर्सामा बयान गराएर पोखरा पुर्याइएको छ । उनलाई बाराको सिमराबाट काठमाडौं हुँदै हवाइमार्गबाट पोखरा पुर्याएको छ । अब प्रहरीले उनीविरुद्धको मुद्दा कसरी अगाडि बढाउँछ र कस्तो प्रतिवेदन बनाउनेछ भन्नेतिर सबैको चासो छ । सहकारीको बचत अपचलनको आरोपमा पक्राउ परेका लामिछाने कात्तिक ३ गते यता जिल्ला प्रहरी कास्कीको हिरासतमा छन् ।
बुटवलको सुप्रिम, पोखराको सुर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको साहारा र पर्साको सानोपाइला सहकारी ठगीमा उनी जोडिएका छन् । प्रहरीले सहकारी ऐन, संगठित अपराध निवारण ऐन र सम्पत्ति शुद्धीकरण निवारण ऐन प्रतिकूल कार्य गरेको भन्दै अनुसन्धान गरिरहेको छ । रवि लामिछाने दोषी वा निर्दोष भन्ने एउटा प्रसंग हो भने उनीविरुद्ध कुन हिसावले मुद्दा चलाउने भन्ने कुरा पनि उठेको छ ।
पनि मुद्दा चलाउँदा प्रारम्भिक चरणमै तीनवटा मूल आधार– हकदैया, क्षेत्राधिकार र हदम्यादको मूल्यांकन गरी मात्र मुद्दा चल्ने कि नचल्ने निर्णय गरिन्छ । यस सम्बन्धमा सहकारी ऐनअन्तर्गत कसुरमा ९० दिनभित्र अदालतमा पूरक अभियोग पेश गरी सक्नुपर्ने हदम्याद छ । रवि जोडिएका सहकारीसँग सम्बन्धित रहेर प्रहरीले उनीसँग बयान सकेको छ । अब उनीविरुद्ध मुद्दा बनाएर अदालतमा पेश गर्ने तयारीमा प्रहरी छ । सहकारी ठगीको मुख्य आरोप पुष्टि गर्न प्रहरलिाई अब समस्या छैन् ।
संसदीय छानबिन विशेष समितिले सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा आएको रकमको हकमा लामिछाने पनि जिम्मेवार रहने ठहर्याइ सकेको छ । विशेष प्रतिवेदनको सुझाव र सिफारिस खण्डअन्तर्गत सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडिया नेटवर्क प्रालिको खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरु गीतेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको भनिएको छ ।
सो अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानून बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने’ भनिएको छ । विशेष समितिको सिफारिस र माघ २२, २०८० मा जिल्ला प्रहरी कार्यालय, कास्कीमा परेको पूरक जाहेरीका आधारमा नियन्त्रणमा लिएर प्रहरीले लामिछानेविरुद्ध अनुसन्धान सुरु गरेको थियो । अहिले पाँच वटा सहकारी पुगिसकेका छन् । वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा बचकर्ताको रकम हिनामिना गरेको प्रकरणमा बयान सकेर रविलाई बुधबार पोरा पुर्याइएको छ ।
उनलाई बुद्ध एयरको विमानस्थलबाट काठमाडौं हुँदै पोखरा लगिएको हो । लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको अनुसन्धान प्रहरीले अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख दिपक थापाका अनुसार, सबैतिर बयान सकिएसँगै प्रहरीले लामिछाने जोडिएको संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको अनुसन्धान लगभग अन्तिम चरणतिर पुर्याएको छ । अब प्रतिवेदन बन्छ ।
पोखराको सूर्यदर्शन सहकारीबाट सुरु भएको लामिछानेमाथिको अनुसन्धानपछि अरु चार सहकारी अनियमितताको छानबिनसम्म पुगेको थियो । सूर्यदर्शनसँगै रुपन्देहीको सुप्रिम सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा चितवन र वीरगञ्जको सानो पाइला सहकारीमा बचतकर्ताको रकम अनियमिततामा प्रहरीले लामिछानेसँग बयान लिएको छ ।
थापा समितिको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा प्रहरीले पूर्वडीआईजी छविलाल जोशीलाई ६ असोजमा पक्राउ गरेको थियो भने लामिछानेलाई २ कात्तिकमा बनस्थलीस्थित पार्टी कार्यालयबाटै नियन्त्रणमा लिएको थियो । सानोपाइला सहकारीको बचत रकम अपचलनमा बयानका लागि लामिछानेलाई सोमबार पर्सा पुर्याइएको थियो । मंगलबार बयान सकेर बुधबार बिहान सिमरास्थित विमानस्थलबाट काठमाडौं हुँदै पोखरा पुर्याइएको हो ।
लामिछानेसहित प्रतिवादीहरूलाई म्याद थपका लागि बिहीबार अदालतमा उपस्थित गराउनुपर्नेछ । सानोपाइला सहकारीबाट गोर्खा मिडिया नेटवर्क र नेचर्स हर्ब्समा रकम गएको देखिएपछि प्रहरीले उनीहरूविरूद्ध पुर्जी लिएको हो । सानोपाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा एक अर्ब ४५ करोड बढी रकम बचत थियो । त्यसमध्ये उक्त सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा ८ करोडभन्दा बढी रकम प्रवाह भएको देखिएको सहकारी अपचलन सम्बन्धी संसदीय विशेष समितिको प्रतिवेदनमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्साको सानोपाइला सहकारी ठगीसम्बन्धी बयान सकेर रविलाई काठमाडौं हुँदै पोखरा फर्काइयो
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
मंसिर २५, २०८१ मंगलबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
गढीमाई मेलामा चोरहरूको बिगबिगी, चोर-पकेटमारसँग प्रहरीको ठेक्कापट्टा !
नेपालबहस संवाददाता
मंसिर २३, २०८१ आइतबार
रूसले भन्यो, ‘अल असदले शान्तिपुर्ण शक्ति हस्तान्तरणको आदेश दिएर देश छाडे’
नेपालबहस संवाददाता
मंसिर २३, २०८१ आइतबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
मंसिर २५, २०८१ मंगलबार
गौं हत्याको आरोपीविरुद्ध पक्राउ आदेश जारी
मंसिर २५, २०८१ मंगलबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
नबिल एसएसईले चौथो ब्याचको फेलोसिप कार्यक्रम सुरु
मंसिर २६, २०८१ बुधबार
अमेरिकाले युक्रेनलाई २० अर्ब डलर ऋण दिने
मंसिर २६, २०८१ बुधबार
युक्रेन सङ्कट समाधान ट्रम्पको पहिलो प्राथमिकता
मंसिर २६, २०८१ बुधबार
काठमान्डुसँग १८ रनले पराजित भएको लुम्बिनी लायन्स एनपीएलको लिग चरणबाटै बाहिरियो
मंसिर २६, २०८१ बुधबार