काठमान्डुसँग १८ रनले पराजित भएको लुम्बिनी लायन्स एनपीएलको लिग चरणबाटै बाहिरियो
नेपालबहस संवाददाता
मंसिर २६, २०८१ बुधबार १६:४९:२९
२६ मंसिर, काठमाडौं । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ दौडबाट बाहिरिएको छ । बुधबार भएको खेलमा काठमान्डु गुर्खाजसँग १८ रनले पराजित भएपछि लुम्बिनी एक खेल अगावै लिग चरणबाट बाहिरिने पक्का भएको हो । ६ खेल खेलिसकेको लुम्बिनीले जम्मा १ खेल जित्दा ५ खेलमा हार व्यहोरेको छ ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा काठमाडौंले प्रस्तुत गरेको १०४ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौंले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रनमात्र बनाउन सक्यो । प्रतियोगितामा काठमाडौंको यो दोस्रो जित हो । काठमाडौंले आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग पाँच विकेटको हार बेहोरेको थियो ।
दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध तीन विकेटको जित निकालेको काठमाडौंले तेस्रो खेलमा भने सुदूपश्चिम रोयल्सविरुद्ध ७३ रनको हार बेहोरेको थियो । काठमाडौंविरुद्ध लुम्बिनीका सन्दीप जोराले सर्वाधिक २६ रन बनाए । उनले २९ बलमा दुई चौका प्रहार गरे । उन्मुक्त चन्दले १९ बलमा एक चौकासहित १९ रन थपे । सूर्य तामाङले अविजित रन जोडे । लुम्बिनीका अन्य ब्याटर भने दोहोरो अंकसम्म पुग्न सकेनन् ।
लुम्बिनीका कप्तान रोहितकुमार पौडेल आठ रनमा पभेलियन फर्किए । यस्तै, ओपनर आशुतोष घिरैया चार, अर्जुन साउद तीन, टम मुरेस ६ र विवेक यादव दुई रनमा पभेलियन फर्किए । लुम्बिनीलाई सस्तैमा समेट्न काठमाडौंका कप्तान करण केसीले चार विकेट लिए ।
चार ओभर बलिङ गरेको करणले १६ रनमात्र खर्चिए । दीपेश कँडेलले तीन विकेट लिए । निकै इकोनोमिक स्पेलमा दिपेशले चार ओभर बलिङ गर्दा ६ रनमात्र खर्चिए । गेरहार्ड इरास्मसको नाममा दुई विकेट रह्यो । राशिद खानले एक विकेट हात पारे । त्यसअघि टस जितेर ब्याटिङमा आएको काठमाडौंले १९.२ ओभरमा सबै विकेट गुमाएर १०२ रनको योगफल खडा गरेको थियो ।
काठमाडौंका भीम सार्कीले सर्वाधिक ३१ रन बनाए । उनले ४० बलमा एक चौका प्रहार गरे । डान डाउथवेटले २४ बलमा दुई छक्कासहित २१ थपे । प्रतीक श्रेष्ठले १४ बलमा दुई छक्कासहित २० र स्टेफन एस्किनाजीले १६ बलमा दुई चौकासहित १३ रन जोडे । यसबाहेक, काठमाडौंका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
काठमाडौंविरुद्ध लुम्बिनीका साद बिन जफरले तीन विकेट लिए । चार ओभर बलिङ गरेका जफरले २१ रन खर्चिए । रेमोन सिमोन्ड्स र अभिषेक गौतमले समान दुई विकेट लिए । सूर्य तामाङ र विवेक यादवको नाममा समान एक विकेट रह्यो । जितसँगै चार अंक जोडेको काठमाडौं तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं गुर्खाजले लुम्बिनी लायन्सलाई दियो १०४ रनको लक्ष्य, भीम शार्की ३१ रनमै आउट
मंसिर २६, २०८१ बुधबार
आजको खेल जित्नैपर्ने दवावमा लुम्बिनी, टस जितेर ब्याटिङ गर्दै काठमान्डु गुर्खाज
मंसिर २६, २०८१ बुधबार
जनकपुरको अपराजित यात्रामा पुर्णविराम, सुदूरपश्चिमसँग ७२ रनले पराजित
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
आजदेखि गढीमाई मेलामा पशु बलि शुरु , हेर्नुहोस् तस्विरमा मेलाको रौनक
नेपालबहस संवाददाता
मंसिर २३, २०८१ आइतबार
गौं हत्याको आरोपीविरुद्ध पक्राउ आदेश जारी
मंसिर २५, २०८१ मंगलबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
७ वर्ष कैद सजाय मागसहित दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधको मुद्दा दर्ता
मंसिर २६, २०८१ बुधबार
जसपा नेपालका दुईवटा जिल्ला समिति पुनर्गठन
मंसिर २६, २०८१ बुधबार
‘जनसङ्ख्या नीति छिट्टै परिमार्जन गरिने’
मंसिर २६, २०८१ बुधबार
सहकारी बचतकर्ताहरुले बुझाए आयोग समक्ष ध्यानकर्षणपत्र
मंसिर २६, २०८१ बुधबार
‘प्रकृतिमा आधारित पर्यटनका लागि हिमाल आकर्षक गन्तव्यस्थल’
मंसिर २६, २०८१ बुधबार
पुँजीबजारको निष्पक्ष र पारदर्शी विकासका लागि प्रतिबद्ध छु : अध्यक्ष श्रेष्ठ
मंसिर २६, २०८१ बुधबार