कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
नेपालबहस संवाददाता
मंसिर २६, २०८१ बुधबार १७:१५:४०
२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले विभिन्न भातृ संस्थाको महाधिवेशन गर्न केन्द्रीय निर्देशन समिति गठन गरेको छ । बुधबार सभापति शेरबहादुर देउवाले पार्टी विधान बमोजिम विभिन्न १० वटा भ्रातृ संस्थाको महाधिवेशन सम्पन्न गर्न महाधिवेशन केन्द्रीय निर्देशन समिति गठन गरेका हुन् ।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल किसान महासंघ, नेपाल दलित संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ र नेपाल थारु संघको महाधिवेशनका लागि केन्द्रीय निर्देशन समिति गठन गरिएकाे हो ।
नेपाल दलित संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजक सहमहामन्त्री जीवन परियार रहेका छन भने नेपाल महिला संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजक डा.प्रकाशशरण महत, नेपाल किसान महासंघको संयोजकमा केन्द्रीय सदस्य रमेश रिजाल नेपाल भूतपूर्व सैनिक संघको संयोजक केन्द्रीय सदस्य एनपी साउद र नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा मोहनबहादुर बस्नेत रहेका छन् ।
राष्ट्रिय लोकतान्त्रिक अपांग संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा मधु आचार्य, नेपाल थारु संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा उदयशम्शेर राणा र नेपाल प्रजातन्त्र सेनानी संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा गोविन्दराज पोखरेल तोकिएका छन् । प्रत्येक समितिमा २ जना सदस्य रहेका छन् ।
२०८१ चैत्र मसान्तसम्ममा अनिवार्य रूपमा ती संस्थाहरूको महाधिवेशन सम्पन्न गर्न विद्यमान तदर्थ समितिलाई समन्वय र सहयोग गर्दै आवश्यक निर्देशन समेत गर्न कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम भ्रातृ संस्थाहरूको महाधिवेशन केन्द्रीय निर्देशन समिति गठन गरेको पौडेलले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजसपा नेपालका दुईवटा जिल्ला समिति पुनर्गठन
मंसिर २६, २०८१ बुधबार
‘जनसङ्ख्या नीति छिट्टै परिमार्जन गरिने’
मंसिर २६, २०८१ बुधबार
‘प्रकृतिमा आधारित पर्यटनका लागि हिमाल आकर्षक गन्तव्यस्थल’
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
आजदेखि गढीमाई मेलामा पशु बलि शुरु , हेर्नुहोस् तस्विरमा मेलाको रौनक
नेपालबहस संवाददाता
मंसिर २३, २०८१ आइतबार
गौं हत्याको आरोपीविरुद्ध पक्राउ आदेश जारी
मंसिर २५, २०८१ मंगलबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
७ वर्ष कैद सजाय मागसहित दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधको मुद्दा दर्ता
मंसिर २६, २०८१ बुधबार
जसपा नेपालका दुईवटा जिल्ला समिति पुनर्गठन
मंसिर २६, २०८१ बुधबार
‘जनसङ्ख्या नीति छिट्टै परिमार्जन गरिने’
मंसिर २६, २०८१ बुधबार
सहकारी बचतकर्ताहरुले बुझाए आयोग समक्ष ध्यानकर्षणपत्र
मंसिर २६, २०८१ बुधबार
‘प्रकृतिमा आधारित पर्यटनका लागि हिमाल आकर्षक गन्तव्यस्थल’
मंसिर २६, २०८१ बुधबार
पुँजीबजारको निष्पक्ष र पारदर्शी विकासका लागि प्रतिबद्ध छु : अध्यक्ष श्रेष्ठ
मंसिर २६, २०८१ बुधबार