निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
नेपालबहस संवाददाता
मंसिर २६, २०८१ बुधबार २१:५७:४७
२६ मङ्सिर, काठमाडौं । निम्न माध्यमिक तह (निमावि)को अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षामा ९.१७ प्रतिशत उत्तीर्ण भएका छन् । गत मंसिर १५ गते सञ्चालन भएको लाइसेन्सको लिखित परीक्षामा देशभरबाट एक लाख १९ हजार ६९९ जनाले परीक्षा दिएका थिए । जसमा १० हजार ९७४ जना मात्रै पास भएका छन् ।
शिक्षक सेवा आयोगले सार्वजनिक गरेको नतिजा अनुसार कोशी प्रदेशबाट १८ हजार ६६२ परीक्षार्थीले परीक्षा दिएकोमा दुई हजार ८२ जना उत्तीर्ण भएका छन् । त्यस्तै मधेस प्रदेशबाट १९ हजार ३० जनाले परीक्षा दिएकोमा एक हजार ४२१ पास भएका छन् ।
बागमती प्रदेशबाट १४ हजार ३ जनाले परीक्षा दिएकोमा एक हजार ६८३ पास भएका छन् । त्यस्तै गण्डकी प्रदेशबाट आठ हजार २२९ जनाले परीक्षा दिँदा ९२७ जना पास भएका छन् । लुम्बिनी प्रदेशबाट २२ हजार ७९२ जनाले परीक्षा दिएकोमा दुई हजार ३१३ पास भएका छन् ।
कर्णाली प्रदेशबाट २० हजार ४९८ जनाले परीक्षा दिएकोमा एक हजार ४४९ पास भएका छन् । त्यस्तै सुदूरपश्चिम प्रदेशबाट १६ हजार ४८५ जनाले परीक्षा दिएकोमा एक हजार ९९ जना पास भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस वर्षको एसईई चैत ७ गतेदेखि सुरु हुने, यस्तो छ परीक्षा तालिका
माघ १, २०८१ मंगलबार
जिल्लामा एमबीबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित
पुष २९, २०८१ सोमबार
चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
दक्षिण कोरियाली राष्ट्रपति योन सुक योल पक्राउ
माघ २, २०८१ बुधबार
रवि लामिछानेलाई आज पनि अदालत लगिँदै, छुट्ने वा नछुट्ने आदेश आउन सक्ने
माघ २, २०८१ बुधबार
लुम्बिनी प्रदेशमा आज सार्वजनिक विदा
माघ २, २०८१ बुधबार
भूकम्प दिवसः पूर्वतयारीका लागि संकल्प जरुरी
माघ २, २०८१ बुधबार
प्रचण्ड सरकारबाट बाहिरिएपछि पहिलो पटक समाजवादी मोर्चाको बैठक बस्दै
माघ २, २०८१ बुधबार
चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
माघ २, २०८१ बुधबार