चलचित्र विकास बोर्डले दश चलचित्र ‘डिजिटाइजेसन’ गर्ने
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार १२:५५:३१
२८ मंसिर, काठमाडौं । चलचित्र विकास बोर्डले ‘नुमाफुङ’सहितका १० चलचित्रलाई डिजिटाइजेसन गर्ने भएको छ । बोर्डका अध्यक्ष दिनेश डिसीले वसन्ती, बलिदान, दक्षिणा, बसाइँ, वीर गणेशमानलगायतका चलचित्रलाई आगामी पुस्तासम्म पुयनउन हालको प्रविधिमा रुपान्तरण गरी ‘अर्काइभ’ गरिने बताए ।
“हामीले दर्शकले रुचाउनुका साथै विभिन्न कालखण्डलाई दर्शाउने चलचित्रलाई पुरानो प्रविधिबाट रुपान्तरण गरेर नयाँ प्रविधिमा ढाल्न चाहेका छौँ । यसको काम केही समयमा सुरू हुनेछ । यी चलचित्रलाई बोर्डको विशेष समारोहमासमेत देखाइने छ”, अध्यक्ष डिसीले भने ।
यसअगाडि बोर्डले ‘सेल्युलाइड’ प्रविधिमा रहेको महत्वपूर्ण चलचित्र ‘आमा’, ‘के घर के डेरा’, ‘बदलिँदो आकाश’, ‘जीवनरेखा’, ‘सिन्दूर’, ‘कुमारी’, ‘मनको बाँध’, ‘परिवर्तन’, ‘हिजोआज भोलि’ र ‘शान्तिदीप’लाई ‘डिजिटाइजेसन’ गरिसकेको जनाएको छ । साथै ती चलचित्रमा अङ्ग्रेजी भाषामा ‘सबटाइटल’ पनि गरिएको छ ।
‘रिस्टोरेसन’ गर्दा रिल कोरिएको, प्वाल परेको, टाँसिएकोलगायत ‘ड्यामेज’लाई हरेक दृश्यमा काम गरेर नयाँ जस्तै बनाइने र त्यसलाई डिजिटल प्रविधिमा ल्याएपछि सङ्ग्रहित गरिने बोर्डले जनाएको छ । पहिलो चरणमा तत्कालीन शाही नेपाली चलचित्र संस्थान र सूचना मन्त्रालयको लगानीमा बनेका चलचित्रलाई ‘डिजिटाइजेसन’ गरिएको छ । ‘डिजिटाइजेसन’ पश्चात १६ एमएम र ३५ एमएमका ती चलचित्रलाई ‘टु के’ र ‘फोर के’ ढाँचामा हेर्न सकिने बताइएको छ ।
“डिजिटाइजेसनसँगै ती चलचित्रको प्रिन्ट रिस्टोरेसन गरेर राखिएको छ । यसले ‘एट के’ वा अन्य विकसित गुणस्तरमा स्तरोन्नति गर्न सकिन्छ”, अध्यक्ष डिसीले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक
मंसिर १९, २०८१ बुधबार
पुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
विराटनगरले चितवनलाई दियो १८२ रनको लक्ष्य, बसिर अहमेदले बनाए अर्धशतक
मंसिर २८, २०८१ शुक्रबार
स्वास्थ्य मन्त्रालयले भन्यो, निजी अस्पतालले नर्स र स्वास्थ्यकर्मीलाई सरकारी सरह पारिश्रमिक दिनू
मंसिर २८, २०८१ शुक्रबार
रेमिट्यान्समा ९ अंकको सुधार, शोधनान्तर २ खर्ब ५ अर्ब र विनिमय सञ्चिति २२ खर्ब ५५ अर्बमाथि
मंसिर २८, २०८१ शुक्रबार
नयाँ बुटवल–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न
मंसिर २८, २०८१ शुक्रबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
झापामा नौ सय ३७ मेट्रिक टन कोदो उत्पादन
मंसिर २८, २०८१ शुक्रबार