रेमिट्यान्समा ९ अंकको सुधार, शोधनान्तर २ खर्ब ५ अर्ब र विनिमय सञ्चिति २२ खर्ब ५५ अर्बमाथि
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार १४:९:२३
२८ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकको गएको कात्तिकसम्मको देशको आर्थिक स्थितिमा समीक्षा गर्दै शोधान्तर बचत, अमेरिकी डलर र विदेशी विनिमय सञ्चिति सकारात्मक रहेको देखाएको छ । गत कात्तिकसम्ममा मुलुकको शोधनान्तर स्थिति २ खर्ब ५ अर्ब ८३ करोडले बचतमा छ ।
गत वर्षको सोही अवधिमा १ खर्ब ५० अर्ब २४ करोडले शोधनान्तर स्थिति बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ५३ करोडले बचतमा रहेको छ । गत कात्तिकसम्म चालु खाता १ खर्ब ४३ अर्ब ४२ करोडले बचतमा रहेको छ । गत वर्षको सोही अवधिमा चालु खाता ९७ अर्ब १० करोड रुपैयाँले बचतमा थियो ।
अमेरिकी डलरमा गत वर्षको पहिलो चार महिनामा ७३ करोड ६ लाखले बचतमा रहेको चालु खाता यस वर्षको सोही अवधिमा १ अर्ब ६ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । बाहिरीने विदेशी मुद्राभन्दा भित्रिने मुद्रा अधिक हुँदा शोधनान्तर बचतको आकार पनि बढेको हो । चालु खाता १४३ अर्ब ४२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ९७ अर्ब १० करोडले बचतमा रहेको थियो।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७३ करोड ६ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ६ करोडले बचतमा रहेको छ । यस अवधिमा ५ अर्ब ७६ करोड प्रत्यक्ष वैदेशिक (इक्विटी मात्र) लगानी भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक (इक्विटी मात्र) लगानी आप्रवाह ३ अर्ब ६५ करोड रहेको थियो ।
कात्तिकभित्र नेपाली कामदारहरूले पठाउने रेमिट्यान्स ९.१ प्रतिशतले वृद्धि भई ५ खर्ब २१ अर्ब ६३ करोड पुगेको छ । यद्यपि अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३ अर्ब ८७ करोड पुगेको छ । यसअवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रमस्वीकृति (संस्थागत तथा व्यक्तिगत) लिने संख्या १ लाख ४७ हजार ४ सय ७८ छ । पुनः श्रम स्वीकृति लिनेको संख्या ९४ हजार १ सय ५ रहेको छ । बिदेसिनको संख्या बढेसँगै रेमिट्यान्स पनि बढेको हो ।
विशेष गरेर रेमिट्यान्समा वृद्धि हुँदा कुल विदेशी विनिमय सञ्चितिको आकार बढेको छ । ०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको थियो । यो वर्ष विदेशी विनिमय सञ्चिति १०.५ प्रतिशतले वृद्धि भई २२ खर्ब ५५ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलर सञ्चिति ०८१ असार मसान्तमा १५ अर्ब २७ करोड थियो । ०८१ कात्तिक मसान्तसम्म ९.४ प्रतिशतले वृद्धि भई १६ अर्ब ७० करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा २० खर्ब ८ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग २ खर्ब ४७ अर्ब २० करोड कायम भएको छ । उक्त विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ प्रतिशत छ । केन्द्रीय बैंककाअनुसार हाल भएको विदेशी विनिमय सञ्चितिले १८ महिनाको वस्तु आयात र १५.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३९.५ प्रतिशत, १२६ प्रतिशत र ३१.४ प्रतिशत छन् । अधिक सञ्चितिलाई देश विकासमा लगाउन जरुरी भएको औंल्याइएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको कात्तिक मसान्त वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.६० प्रतिशत देखाएको छ ।
गत आवको सोही महिना (कात्तिक) मा यस्तो मुद्रास्फीति ५.३८ प्रतिशत थियो । राष्ट्र बैंकका अनुसार कात्तिकमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.१० प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६५ प्रतिशत छ । जबकी गत आव मुद्रास्फीति क्रमशः ५.९८ प्रतिशत र ४.९९ प्रतिशत थियो ।
खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ३३.९९ प्रतिशत, दाल तथा गेडागुडीको १०.७८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १०.१५ प्रतिशत र घ्यू तथा तेलको ९.२९ प्रतिशतले बढेको छ । मरमसला उपसमूहको १.४१ प्रतिशत, चिनी तथा चिनीजन्य पदार्थको१.२८ प्रतिशत र माछा तथा मासुको ०.०२ प्रतिशतले घटेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर २८, २०८१ शुक्रबार
राष्ट्र बैंकमा डेपुटी गभर्नरहरुको जिम्मेवारी हेरफेर
मंसिर २७, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
सभामुख घिमिरे भन्छन- संविधानले परिकल्पना गरे अनुसार न संसदको गरिमा बढ्यो, न संसदीय ऐन बने
मंसिर २८, २०८१ शुक्रबार
विराटनगरले चितवनलाई दियो १८२ रनको लक्ष्य, बसिर अहमेदले बनाए अर्धशतक
मंसिर २८, २०८१ शुक्रबार
स्वास्थ्य मन्त्रालयले भन्यो, निजी अस्पतालले नर्स र स्वास्थ्यकर्मीलाई सरकारी सरह पारिश्रमिक दिनू
मंसिर २८, २०८१ शुक्रबार
रेमिट्यान्समा ९ अंकको सुधार, शोधनान्तर २ खर्ब ५ अर्ब र विनिमय सञ्चिति २२ खर्ब ५५ अर्बमाथि
मंसिर २८, २०८१ शुक्रबार
नयाँ बुटवल–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न
मंसिर २८, २०८१ शुक्रबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार