सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार २०:४०:१
२८ मङ्सिर, खार्तुम । पश्चिमी सुडानको आवासीय छिमेक र विस्थापन शिविरहरूमा विद्रोही अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) को गोलाबारीमा कम्तीमा ४५ नागरिकको मृत्यु हुनुका साथै अन्य २८ जना घाइते भएका छन् ।
गोलाबारीले दक्षिणी इलाका एल फशर सहरको दक्षिणमा रहेको जम्जाम विस्थापन शिविर र उत्तरमा अबु शौक शिविरलाई निशाना बनाएको थियो । आरएसएफले आक्रमणको बारेमा अहिलेसम्म कुनै टिप्पणी जारी गरेको छैन ।
मे १० देखि, पश्चिमी सुडानको उत्तरी डार्फर राज्यको राजधानी एल फशरमा एसएएफ र आरएसएफ बीच भीषण झडप भएको छ । सुडान मध्य अप्रिल सन् २०२३ देखि एसएएफ र आरएसएफ बीच विनाशकारी द्वन्द्वको चपेटामा छ ।
अन्तर्राष्ट्रिय सङ्गठनहरूको अनुमान अनुसार सुडानमा द्वन्द्वको परिणामस्वरूप २७ हजार भन्दा बढीको मृत्यु र सुडान भित्र वा बाहिर १४ लाख भन्दा बढी मानिसहरू विस्थापित भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको निजी अस्पतालमा आगलागी हुँदा छ जनाको मृत्यु
मंसिर २८, २०८१ शुक्रबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
दुर्गा सिंह र भरतबहादुर बोहोरा एआईजीमा बढुवा सिफारिस
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौंमा उच्च प्रभाव सामुदायिक विकास परियोजना हस्तान्तरण
मंसिर २८, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम
मंसिर २८, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार