ऐतिहासिक र सांस्कृतिक धरोहर, जानकी मन्दिर ( फोटो फिचर )
नेपालबहस संवाददाता
मंसिर २९, २०८१ शनिबार १५:२४:४
२९ मंसिर, काठमाडौं । धार्मिक हिसाबले नेपाल र भारत दुबै देशका हिन्दू धर्मावलम्बीको सम्बन्ध सेतु हो । जनकपुर उपमहानगरपालिकामा रहेको चर्चित जानकी मन्दिर । जनकपुर सीताको जन्मस्थल हो, जहाँ भारतबाट वर्षेनी विवाह पञ्चमीको अवसर पारेर जन्तीका रुपमा तीर्थयात्रीहरु आउने गर्छन् ।
ऐतिहासिकरुपले महत्वपूर्ण सांस्कृतिक धरोहर मानिन्छ जानकी मन्दिर । यो मन्दिरमा पुग्ने जोकोहीलाई यहाँको कलात्मक बनावटले मन्त्रमुग्ध बनाउँछ । मुगल शैलीमा बनेको यस प्रख्यात मन्दिरलाई कलाको उत्कृष्ट नमूनाका रुपले हेर्ने गरिन्छ ।
प्राचीन मिथिला राज्यको राजधानी जनकपुरमा अवस्थित यो मन्दिर विश्वभर रहेका हिन्दुहरुको आस्थाको केन्द्रका रुपले प्रख्यात छ । मन्दिर निमार्णका लागि भारतको मध्यप्रदेश टिकमगढकी राजकुमारी बृषभानु कुमारीले ९ लाख चाँदीका असर्फी खर्च गरेर निर्माण भएकाले यस मन्दिरलाई नौलाख मन्दिर पनि भन्ने गरिन्छ ।
मन्दिर निर्माण प्रक्रिया सन् १८९४ मा सुरु भई १९११ मा सकिएको थियो । मन्दिर निर्माण भएको १२१ वर्षजति भएतापनि मन्दिरमा रहेका मूर्तिहरू ७ सय वर्ष पुराना छन् । जानकी मन्दिरमा चैतको रामनवमी, वैशाखमा जानकी नवमी, मंसिरमा रामजानकी विवाह महोत्सव, असोजमा पूर्णिमा कोजाग्रत र साउन भदौमा झुला मेला लाग्ने गर्छ ।
सो मन्दिर संघीय राजधानी काठमाडौंबाट सार्वजनिक बसमा ७-८ घण्टा लाग्छ । रामजानकी मन्दिर परिसरमा राममन्दिर, जानकी मन्दिर, विवाह मण्डप, धनुष सागर र गंगासागर पोखरीहरू छन् । तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिपालमुनि क्षतिग्रस्त र जीर्ण ऐतिहासिक जाजरकोट दरबार
मंसिर २९, २०८१ शनिबार
ऐतिहासिक र सांस्कृतिक धरोहर, जानकी मन्दिर [ फोटो फिचर ]
मंसिर २७, २०८१ बिहिबार
कमलादीमा भासिएको सडक आजदेखि सुचारु
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
चितवन राइनोजद्धारा जनकपुर बोल्ट्स ३२ रनले पराजित
मंसिर २९, २०८१ शनिबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
राष्ट्रिय खोप तालिकामा पाठेघर क्यान्सरविरुद्धको खोप समावेश गरियो
मंसिर २९, २०८१ शनिबार
ऐतिहासिक र सांस्कृतिक धरोहर, जानकी मन्दिर ( फोटो फिचर )
मंसिर २९, २०८१ शनिबार
कप्तान मल्लको अर्धशतक, चितवनले जनकपुरलाई दियो १८१ रनको लक्ष्य
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार