जसपा नेपालले संगठन निर्माण अभियानलाई माघ मसान्तसम्म जारी राख्ने
नेपालबहस संवाददाता
मंसिर २९, २०८१ शनिबार २१:३६:२५
२९ मङ्सिर, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले ‘जनतासँग जसपा नेपाल, सङ्गठन निर्माण अभियान’लाई आगामी माघ मसान्तसम्म जारी राख्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आज सम्पन्न कार्यकारिणी समिति बैठकले सङ्गठन विस्तार अभियान प्रभावकारी रहेको निष्कर्ष निकाल्दै यसलाई माघ मसान्तसम्म निरन्तरता दिने निर्णय गरेको हो । बैठक शुक्रबार सुरु भएको थियो ।
बैठकले स्थानीय तह उपनिर्वाचनमा मधेश प्रदेशसहित जसपा नेपालले देशैभरिबाट प्राप्त गरेको मत परिणाम सन्तोषजनक रहे पनि पर्याप्त नरहेकाले सङ्गठन निर्माण एवं विस्तार अभियानलाई थप प्रभावकारी बनाउने निष्कर्ष निकालेको पार्टी प्रवक्ता मनिष सुमनले जानकारी दिए । यस्तै, बैठकले पूर्वपश्चिम राजमार्ग केन्द्रीत सङ्गठनात्मक गतिविधि सञ्चालन र सङ्गठन निर्माणका लागि विशेष साङ्गठनिय कार्ययोजना तयार गर्ने निर्णयसमेत गरेको उनले बताए ।
महाधिवेशनपछि थप भएका क्रियाशील सदस्यता विवरण केन्द्रीय कार्यालयले आगामी फाल्गुन १५ गतेभित्र आद्यावधि गर्ने, पार्टीको स्थानीय तह र प्रदेश अधिवेशन चैत्र महिनाभित्र सम्पन्न गर्ने र आगामी वैशाख २५ गतेभित्र सम्पूर्ण प्रदेश तथा राष्ट्रिय समितिहरूको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको प्रवक्ता सुमनले बताए । तोकिएको समयभित्र अधिवेशन सम्पन्न गर्न नसक्ने भ्रातृ सङ्गठन स्वतः विघटन हुनेसमेत निर्णय गरिएको जसपाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपछिल्लो समय पार्टी नेतृत्वप्रति जिन्दावादको नारा लागेको छः अध्यक्ष प्रचण्ड
मंसिर २९, २०८१ शनिबार
रोजगारी र आत्मनिर्भरता शिक्षातर्फ अघि बढिनेछ : प्रधानमन्त्री ओली
मंसिर २९, २०८१ शनिबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
मधेश प्रदेशमा धनुषाबाट अख्तियारमा सबैभन्दा बढी उजुरी
मंसिर २९, २०८१ शनिबार
तेस्रो राष्ट्रिय फ्री—स्टाइल रोल्लर स्केट प्रतियोगिताका छनोटका खेल सम्पन्न
मंसिर २९, २०८१ शनिबार
नेपाल नर्सिङ संघको अध्यक्षमा चन्द्रकला शर्मा विजयी
मंसिर २९, २०८१ शनिबार
धादिङमा बस दुर्घटना, आठ जना घाइते
मंसिर २९, २०८१ शनिबार
जसपा नेपालले संगठन निर्माण अभियानलाई माघ मसान्तसम्म जारी राख्ने
मंसिर २९, २०८१ शनिबार
‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ दोस्रो शृङ्खलाको निर्णायक घोषणा
मंसिर २९, २०८१ शनिबार