नेपाल नर्सिङ संघको अध्यक्षमा चन्द्रकला शर्मा विजयी
नेपालबहस संवाददाता
मंसिर २९, २०८१ शनिबार २२:४:४०
२९ मङ्सिर, काठमाडौं । नेपाल नर्सिङ सङ्घको अध्यक्षमा चन्द्रकला शर्मा विजयी भएकी छन् । शर्मा नेतृत्वको संयुक्त प्रगतिशील समूहको प्यानल नै विजयी भएको हो । शुक्रबारदेखि सुरु सङ्घको निर्वाचनमा अध्यक्षमा शर्मासहित तीनजना प्रतिस्पर्धी रहेका थिए ।
निर्वाचित शर्माले दुई हजार एक सय ५० मत प्राप्त गर्दा प्रतिस्पर्धी गङ्गाकुमारी थापाले एक हजार तीन सय ७० र वसन्ती थापाले दुई सय ८२ मत प्राप्त गरिन् । वरिष्ठ उपाध्यक्षमा रमेश सुब्बा दुई हजार ६० मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी कल्पना श्रेष्ठ जोशीले एक हजार पाँच सय ९७ मत प्राप्त गरिन् ।
यसैगरी, उपाध्यक्षमा बबिता घिमिरे दुई हजार ११ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी मनिषा कोइरालाले एक हजार पाँच सय ७० मत प्राप्त गरिन् । महासचिवमा डा देवकाकुमारी आचार्य एक हजार सात सय ३३ मतसहित विजयी भइन् भने प्रतिस्पर्धी मीनाकुमारी कार्कीले एक हजार तीन सय ४७ र जानकी धामीले ६ सय २२ मत प्राप्त गरिन् ।
सचिवमा दुई हजार ९० मत प्राप्त गरी बेली पौडेल निर्वाचित हुँदा प्रतिस्पर्धी जया मिश्राले एक हजार पाँच सय ७३ मत प्राप्त गरिन् । कोषाध्यक्षमा तुलसादेवी अधिकारी दुई हजार एक सय ८८ मत ल्याएर विजयी भइन् भने प्रतिस्पर्धी रमादेवी पहारी (ज्ञवाली)ले एक हजार चार सय ८२ मत ल्याइन् ।
यसैगरी, खुल्ला सदस्यमा मेनुका पोखरेल विजयी भइन् । आदिवासी÷जनजातितर्फ कला बस्याल गुरुङ र हरिप्रसाद कोजु, दलिततर्फ कोपिला विश्वकर्मा, मधेशी÷मुस्लिमतर्फ पासपति जैसवाल र सवेनाज बेगम, अनमीतर्फ जानुका मोक्तान र शान्तिकुमारी विश्वकर्मा विजयी भएका छन् । नेपाल नर्सिङ परिषद सदस्यतर्फ राजदेवी अधिकारी घिमिरे, सुमिता पाठक र राधादेवी आचार्य विजयी भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई सय छत्तिसजना परम्परागत बाजा गुरूहरूलाई नगदसहित सम्मान
मंसिर २९, २०८१ शनिबार
सँगिनी र बालन नाच संरक्षणमा महिला समूह
मंसिर २९, २०८१ शनिबार
पत्रकार महासंघ पाल्पाको अध्यक्षमा तिमिल्सिना
मंसिर २९, २०८१ शनिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
मधेश प्रदेशमा धनुषाबाट अख्तियारमा सबैभन्दा बढी उजुरी
मंसिर २९, २०८१ शनिबार
तेस्रो राष्ट्रिय फ्री—स्टाइल रोल्लर स्केट प्रतियोगिताका छनोटका खेल सम्पन्न
मंसिर २९, २०८१ शनिबार
नेपाल नर्सिङ संघको अध्यक्षमा चन्द्रकला शर्मा विजयी
मंसिर २९, २०८१ शनिबार
धादिङमा बस दुर्घटना, आठ जना घाइते
मंसिर २९, २०८१ शनिबार
जसपा नेपालले संगठन निर्माण अभियानलाई माघ मसान्तसम्म जारी राख्ने
मंसिर २९, २०८१ शनिबार
‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ दोस्रो शृङ्खलाको निर्णायक घोषणा
मंसिर २९, २०८१ शनिबार