मधेश प्रदेशमा धनुषाबाट अख्तियारमा सबैभन्दा बढी उजुरी
नेपालबहस संवाददाता
मंसिर २९, २०८१ शनिबार २२:२७:९
२९ मङ्सिर, जनकपुरधाम । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दीवासले मधेश प्रदेशको विभिन्न जिल्लाबाट विगत दुई आर्थिक वर्षमा परेका उजुरीमध्ये छ हजार चार सय ७२ उजुरी फर्छ्योट गरेको जनाएको छ । सो कार्यालयबाट प्राप्त प्रतिवेदनका अनुसार सो कार्यालयमा आर्थिक वर्ष २०७९/८० तथा २०८०/८१ मा मधेश प्रदेशको आठ जिल्लाबाट कुल आठ हजार पाँच सय २९ उजुरी दर्ता भएको थियो । जसमध्ये सबैभन्दा बढी धनुषाबाट उजुरी परेको थियो ।
प्राप्त प्रतिवेदनमा उक्त दुई आर्थिक वर्षमा धनुषाबाट एक हजार चार सय २२ उजुरी परेकामा एक हजार ५६ उजुरी फर्छ्योट भएको थियो । त्यसैगरी, दुई वर्षमा बाराबाट एक हजार दुई सय सात उजुरीमध्ये आठ सय ८७, सप्तरीबाट एक हजार एक सय ७० उजुरीमध्ये नौ सय ७१, रौतहटबाट एक हजार ३५ उजुरीमध्ये सात सय ३४, महोत्तरीबाट एक हजार २२ उजुरीमध्ये आठ सय ३४ उजुरी फर्छ्योट भएको जानकारी दिइएको छ ।
त्यस्तैगरी, पर्साबाट नौ सय ५६ उजुरीमध्ये छ सय ९१, सिरहाबाट आठ सय ८१ उजुरीमध्ये छ सय ८७ तथा सर्लाहीबाट आठ सय ३६ उजुरीमध्ये छ सय ४२ उजुरी फर्छ्योट भएको कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
उपरोक्त उजुरीमध्ये ८० प्रतिशत उजुरी स्थानीय तहसँग सम्बन्धित रहेको सो कार्यालयले जनाएको छ । सो सम्बन्धित गत असोज महिनामा सो कार्यालयका प्रमुख रामबहादुर कुरूम्वागंले मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष आफ्नोे कार्यालयको वार्षिक प्रतिवेदनसमेत बुझाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभूमिगत सिँचाइ प्रणालीले कृषि पेसा सहज बन्दै
मंसिर २७, २०८१ बिहिबार
मधेसमा चिसोले जनजीवन कष्टकर बन्दै
मंसिर २५, २०८१ मंगलबार
गढीमाई मेलामा चोरहरूको बिगबिगी, चोर-पकेटमारसँग प्रहरीको ठेक्कापट्टा !
मंसिर २३, २०८१ आइतबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
मधेश प्रदेशमा धनुषाबाट अख्तियारमा सबैभन्दा बढी उजुरी
मंसिर २९, २०८१ शनिबार
तेस्रो राष्ट्रिय फ्री—स्टाइल रोल्लर स्केट प्रतियोगिताका छनोटका खेल सम्पन्न
मंसिर २९, २०८१ शनिबार
नेपाल नर्सिङ संघको अध्यक्षमा चन्द्रकला शर्मा विजयी
मंसिर २९, २०८१ शनिबार
धादिङमा बस दुर्घटना, आठ जना घाइते
मंसिर २९, २०८१ शनिबार
जसपा नेपालले संगठन निर्माण अभियानलाई माघ मसान्तसम्म जारी राख्ने
मंसिर २९, २०८१ शनिबार
‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ दोस्रो शृङ्खलाको निर्णायक घोषणा
मंसिर २९, २०८१ शनिबार