आजको खेलमा एक विकेटले हार्यो विराटनगर, काठमान्डुको प्लेअफ सम्भावना कायमै
नेपालबहस संवाददाता
मंसिर ३०, २०८१ आइतबार १२:४७:२९
३० मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सविरुद्ध एक विकेटको जित निकाल्दै काठमाडौं गुर्खाजले प्लेअफ पुग्ने सम्भावनालाई कायम राखेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा विराटनगरले प्रस्तुत गरेको ११८ रनको लक्ष्य काठमाडौंले १८.१ ओभरमा नौ विकेट गुमाएर पूरा गरेको हो ।
लिगको अन्तिम खेल जितेपछि काठमान्डुले ७ खेलबाट ८ अंक जोडेर पाँचौ स्थानमा छ । अब सोमबार कर्णाली याक्स सुदूरपश्चिमसँग फराकिलो अन्तरले पराजित भएमा मात्र काठमान्डु शीर्ष चारमा पर्ने सम्भावना हुनेछ । काठमान्डुले अब लिगको अन्तिम खेलको नतिजा कुर्नुपर्नेछ ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सविरुद्ध एक विकेटको जित निकाल्दै काठमाडौं गुर्खाजले प्लेअफ पुग्ने सम्भावनालाई कायम राखेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा विराटनगरले प्रस्तुत गरेको ११८ रनको लक्ष्य काठमाडौंले १८.१ ओभरमा नौ विकेट गुमाएर पूरा ग¥यो ।
जितसँगै आठ अंक जोडेको काठमाडौंले प्लेअफ सम्भावनालाई कायम राखेको हो । यद्यपि, काठमाडौंले प्लेअफमा स्थान सुरक्षित गर्न भने सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच हुने खेलको नतिजा कुर्नुपर्नेछ । काठमाडौंको जितमा प्रतीक श्रेष्ठले ३४ बलमा दुई चौका र दुई छक्कासहित ३९ रन बनाए ।
राशिद खानले १५ बलमा एक चौका र एक छक्कासहित १४ रन थपे । गेरहार्ड इरास्मसले १२ र माइकल लेभिटले १० रन बनाए । ११औँ नम्बरमा ब्याटिङका निम्ति आएका दिपेश कँडेलले पाँच बलमा एक चौका र एक छक्कासहित ११ रन बनाएपछि काठमाडौंले एक विकेटको रोमाञ्चक जित निकालेको हो । शंकर राना १६ रनम अविजित रहे ।
यसबाहेक, काठमाडौंका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । काठमाडौंका कप्तान करण केसी ‘गोल्डेन डक’ भए । काठमाडौंविरुद्ध विराटनगरका कप्तान सन्दीप लामिछानले तीन विकेट लिए । अनिल खरेल, बसिर अहमेद र क्रिस सोलले समान दुई विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको विराटनगरले १९.५ ओभरमा सबै विकेट गुमाएर ११७ रनको योगफल खडा गरेको थियो । विराटनगरका राजेश पुलामी मगर २१ बलमा एक चौका र एक छक्कासहित सर्वाधिक २५ रन बनाए । दीपक बोहराले २० रन बनाए । २४ बल खेलेका दीपकले दुई चौका प्रहार गरे । स्कट एड्वार्ड्सले १४ बलमा एक छक्कासहित १५ रन थपे ।
बसिर अहमेदले १३ र निकोलस किर्टोनले १२ रन बनाए । विराटनगरलाई मध्यम योगफलमा रोक्न काठमाडौंका गेरहार्ड इरास्मसले तीन विकेट लिए । चार ओभर बलिङ गरेका इरास्मसले १७ रनमात्र खर्चिए ।
दिपेश कँडेलले दुई विकेट लिए । दिपेशले चार ओभरमा १६ रन खर्चिए । साहब आलम, करण केसी र डान डथवेटले एक–एक विकेट लिए । जितसँगै सात खेलबाट आठ अंक जोड्दै काठमाडौंले प्लेअफ सम्भावना जीवित राखेको हो । सात खेलबाट चार अंकसहित तालिकाको छैटौँ स्थानमा रहेको विराटनगर भने प्लेअफ समीकरणबाट बाहिरिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरालाई सुदूरपश्चिमले दियो १५४ रनको लक्ष्य
मंसिर ३०, २०८१ आइतबार
सस्तोमै समेटियो विराटनगर, खेल जित्न काठमान्डु गुर्खाजलाई ११८ रनको लक्ष्य
मंसिर ३०, २०८१ आइतबार
जकपुरविरुद्धको जितले चितवनको प्लेअफ पुग्ने सम्भावना बलियो
मंसिर २९, २०८१ शनिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
उद्योगमन्त्री भण्डारी दक्षिण कोरिया प्रस्थान
मंसिर ३०, २०८१ आइतबार
ज्यापू अक्षय कोषमा अहिले १० लाख दिइयो, अझ थपिन्छ : प्रधानमन्त्री
मंसिर ३०, २०८१ आइतबार
कला र सिर्जनाको अनुपम उदाहरण चन्द्रागिरी थ्रीडी आर्ट म्युजियम : दिपकराज गिरी
मंसिर ३०, २०८१ आइतबार
पोखरालाई सुदूरपश्चिमले दियो १५४ रनको लक्ष्य
मंसिर ३०, २०८१ आइतबार
आजदेखि काठमाडौं–टीकापुर उडान सुरू
मंसिर ३०, २०८१ आइतबार
योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाए [ फोटो फिचर ]
मंसिर ३०, २०८१ आइतबार