दक्षिण कोरिया र अमेरिकाबीच सम्बन्ध मजबुत : बाइडेन
नेपालबहस संवाददाता
मंसिर ३०, २०८१ आइतबार १३:१३:१
३० मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रधानमन्त्री हान डक सोसँग शनिबार भएको टेलिफोन वार्तामा दक्षिण कोरियासँगको अमेरिकी सम्बन्ध मजबुत रहेको र यो क्षेत्रीय शान्तिका लागि महत्वपूर्ण रहेको बताएका छन् ।
दक्षिण कोरियाली नेता युन सुक योलविरूद्ध महाभियोग लगाई पदच्युत गरिएपछि कार्यवाहक राष्ट्रपति बनेका प्रधानमन्त्री हानसँग समसामयिक बिषयमा भएको कुराकानीका क्रममा उनले दक्षिण कोरिया र अमेरिकाबीच सम्बन्ध मजबुत रहेको र यो आगामी दिनमा अझ प्रगाढ रहने अमेरिकी राष्ट्रपति बाइडेनले बताएका हुन्।
ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपति बाइडनले कार्यवाहक राष्ट्रपति हानको कार्यकालमा हिन्द–प्रशान्त क्षेत्रमा शान्ति र समृद्धिका लागि गठबन्धन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् ।
“राष्ट्रपति बाइडेनले गणतन्त्र कोरियामा लोकतन्त्र र विधिको शासनको लचिलोपनको लागि आफ्नो प्रशंसा व्यक्त गरे र गणतन्त्र कोरियाका जनताप्रति संयुक्त राज्य अमेरिकाको कसिलो सहयोगको प्रतिबद्धतालाई दोहोर्याए ।
दक्षिण कोरियाका सांसदहरूले शनिबार युनमाथि महाभियोग लगाउने पक्षमा मतदान गरेका थिए । महाभियोग प्रस्ताव पारित भएपछि पदच्युत भएका पिपुल्स पावर पार्टी 'पिपिपी' नेता युनको ‘मार्शल ल’ लागु गर्ने निर्णय 'यद्यपि, यो निर्णय केही घण्टामा नै फिर्ता लिइएको थियो' ले दशकौँ यताकै सबैभन्दा खराब राजनीतिक उथलपुथलमा फसेको थियो।
एक संवैधानिक अदालतले युनलाई स्थायी रूपमा पदबाट हटाउने कि नहटाउने भन्ने विषयमा छलफल गरिरहेका बेला टेक्नोक्रेट हानले अन्तरिम नेताको रूपमा सत्ताको वागडोर सम्हाल्नेछन् ।
अदालतलाई युनको भविष्यबारे फैसला गर्न १८० दिनको समय दिइएको छ । यदि उनलाई पदबाट हटाइयो भने युन दक्षिण कोरियाको इतिहासमा सफलतापूर्वक महाभियोग लगाइने दोस्रो राष्ट्रपति बन्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्रम्पको गुप्तचर सल्लाहकार समितिमा नुन्स नियुक्त
मंसिर ३०, २०८१ आइतबार
दक्षिण कोरियाली कार्यवाहक राष्ट्रपति विरुद्ध तत्कालका लागि महाभियोग नलगाइने
मंसिर ३०, २०८१ आइतबार
दक्षिण कोरियाका राष्ट्रपति युन महाभियोगपछि पदबाट निलम्बित
मंसिर २९, २०८१ शनिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
उद्योगमन्त्री भण्डारी दक्षिण कोरिया प्रस्थान
मंसिर ३०, २०८१ आइतबार
ज्यापू अक्षय कोषमा अहिले १० लाख दिइयो, अझ थपिन्छ : प्रधानमन्त्री
मंसिर ३०, २०८१ आइतबार
कला र सिर्जनाको अनुपम उदाहरण चन्द्रागिरी थ्रीडी आर्ट म्युजियम : दिपकराज गिरी
मंसिर ३०, २०८१ आइतबार
पोखरालाई सुदूरपश्चिमले दियो १५४ रनको लक्ष्य
मंसिर ३०, २०८१ आइतबार
आजदेखि काठमाडौं–टीकापुर उडान सुरू
मंसिर ३०, २०८१ आइतबार
योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाए [ फोटो फिचर ]
मंसिर ३०, २०८१ आइतबार