कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
यज्ञप्रसाद भट्टराई
मंसिर ३०, २०८१ आइतबार १३:१७:११
समय छँदै नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनको चहलपहल देखिन थालेको छ । संस्थापन पक्षले आलटाल गर्न खोजे पनि कांग्रेसका युवा नेताहरूले बिस्तारै महाधिवेशनका लागि दवाव बढाउँदै लैजान थालेको आभाष हुन थालेको छ । यसले बिस्तारै पार्टी सभापति शेरबहादुर देउवालाई समयमै पार्टीको पन्ध्रौँ महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्न थप दवाव सृजना गर्न सक्ने अनुमान गर्न सकिन्छ । तर, चौधौं महाधिवेशन झै पन्ध्रौंँ महाधिवेशन पनि तोकिएको समयमा हुँदैन की भन्ने शंका आम कांग्रेस नेता तथा कार्यकर्ताहरूमा कायमै छ । त्यसैले पार्टीको पन्ध्रौँ महाधिवेशन समयमै सम्पन्न गराउनका लागि देशैभरीबाट दवावमूलक अभियान सञ्चालन गर्ने कांग्रेसका युवा नेताहरूले बताउन थालेका छन् । यसका लागि नेपाली कांग्रेसका केही युवा नेताहरूले सम्पर्क कार्यालयसमेत खोलेर काम गर्न शुरु गरिसकेका छन् ।
पार्टीलाई जीवन्त राख्न पार्टीका तल्लो तहसम्मका संरचनाहरू सक्रिय रहन आवश्यक छ । तर चौधौं महाधिवेशन पछि पार्टीका संरचनाहरू प्रायः प्यारालाइसिस भएको अवस्थामा पुगेका छन् । धेरैजसो वडामा वडा समितिको बैठक समेत नबसी चौधौं महाधिवेशनबाट पार्टी नेतृत्वमा आएका सभापतिहरू बिदा लिँदैछन् । कति पालिका र क्षेत्रीय समितिहरुमा नेता र कार्यकर्ताहरूमा बेमेलको स्थिति ज्यूँदै रहेको देखिन्छ । आफ्नो गुटको मान्छे मात्रै कांग्रेस देख्ने नेतृत्वको गलत सोचाइका कारण पनि नेपाली कांग्रेस क्षयीकरणको बाटोमा अग्रसर भएको स्पष्ट देख्न सकिन्छ । यस्तो विषम परिस्थितिमा पार्टीको उपल्लो तहमा बसेर नेतृत्व गरिरहेका नेताहरूले पार्टीलाई एकताबद्ध बनाएर लैजाने भनेर भाषणमा प्रतिबद्धता जनाउँदै आएता पनि पार्टीको संस्थापन पक्षले सबैभन्दा बढी पेलेर जाने अवस्थामा रहेको इतर पक्षका नेताहरु बताउँछन् । यसले नेपाली कांग्रेस भित्र चरम गुटबन्दी मौलाएर झाँगिदै जाँदा बिगतको आम निर्वाचनमा र भर्खरै सम्पन्न भएको स्थानीय तहको उपनिर्वाचनमा समेत पार्टीका उम्मेदवारहरु पराजित भएका देखिन्छन् ।
युवा नेताहरु पार्टीको महामन्त्री बनेपछि पार्टीमा आमूल परिवर्तन आउँछ भनेर जति अपेक्षा गरिएको थियो त्यो पनि परालको डोरी साबित भएको छ । पार्टीको संगठन निर्माण र पार्टीका गतिविधिहरूमा महामन्त्रीहरूले जति कार्यकर्ता परिचालन गर्न सक्नुपर्थ्यो त्यो भने हुन सकेन । पार्टीका महामन्त्रीहरूले केबल पार्टी सभापतिको कारिन्दाका रुपमा काम गर्न पर्ने अवस्था सिर्जना भएको हो या महामन्त्रीहरू नै सभापतिको ललिपपमा लोभिएका हुन ? अझै बुझ्न सकिएको छैन । तर, हिजो चौधौँं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार हुँदा वर्तमानका महामन्त्रीहरूले जुन प्रतिबद्धता व्यक्त गरेका थिए, कार्यकर्ताहरूमा जुन विश्वास दिलाएका थिए ति सबै आश्वासनका अपूरा ढाँटका पोका बाहेक केही हुन सकेनन् जसले आगामी पन्ध्राैं महाधिवेशनमा बर्तमान महामन्त्रीहरूलाई नै आफ्ना पक्षमा मत माग्न समस्यामा पार्ने देखिन्छ ।
पार्टीको पन्ध्रौँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गराउन पार्टी सभापतिलाई थप दवाव दिनका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता तथा कांग्रेस इतर पक्षको नेतृत्व गरिरहेका डा. शेखर कोइरालाले कोशी प्रदेशमा प्रदेश स्तरीय पार्टीका पालिका सभापति तथा जिल्ला सभापतिहरूको भेला गरेर पार्टीको पन्ध्रौँ महाधिवेशन समयभित्रै सम्पन्न गर्न गराउन दवावमुलक अभियान सञ्चालन गर्न दिएको निर्देशन र इतर पक्षका प्रभावशाली नेता गुरुराज घिमिरेको नेतृत्वमा महाधिवेशनका लागि खोलिएको सम्पर्क कार्यालयबाट पार्टीको पन्ध्रौँ महाधिवेशन समयमै सम्पन्न गराउन संस्थापन पक्षलाई थप दवाव दिने अनुमान गरिएको छ । हुन त जति दवाव दिए पनि वर्तमान केन्द्रीय कार्यसमितिमा अत्यधिक बहुमतका साथ रहेका सभापति देउवा आफू अनुकूल नभई महाधिवेशन गराउँछन् होला भन्ने कुनै भरपर्दो आधार पनि देखिंदैन ।
नेपाली कांग्रेस मुलुककै पहिलो प्रजातान्त्रिक पार्टी हो । पटक पटक सरकारको नेतृत्व समेत गरिसकेको नेपाली कांग्रेस अहिले पनि संसदमा सबैभन्दा ठूलो र सरकारमा नेतृत्वदायी भूमिका निभाई रहेको पार्टी हो । तर त्यही पार्टीले आफ्नो पार्टीको नियमित महाधिवेशन गर्न भने सधैं आनाकानी र छलछाम गरिरहेको देखिन्छ । प्रत्येक ४÷४ बर्षमा सम्पन्न गर्नुपर्ने विधानमा उल्लेख भएको समय तालिका अनुरूप नेपाली कांग्रेसको महाधिवेशन आगामी २०८२ साल मंसिर महिना भित्रैमा सम्पन्न गर्नुपर्ने हुन्छ । त्यसका लागि पार्टीको वडा तहदेखि प्रदेशसभा, क्षेत्र, जिल्ला, प्रदेशको महाधिवेशन सम्पन्न गर्न कार्यतालिका बनाउन त के क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरणको काम समेत प्रायः शून्य अवस्थामा रहेको देखिन्छ । क्रियाशील सदस्यता नवीकरणमा संस्थापन पक्षको दादागिरी र इतर पक्षका नेताहरूलाई क्रियाशील सदस्यताबाटै बञ्चित गर्ने रणनीतिका कारण पनि कांग्रेस भनेको संस्थापन पक्षको नाइट क्लबको रुपमा परिणत हुँदै गएको देखिन्छ । यसले नेपाली कांग्रेसको वर्तमान नेतृत्व समयमै महाधिवेशन गर्न चाहँदैन भन्ने कुरा बुझ्न अप्ठ्यारो भने पर्दैन ।
नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन आफैंमा एउटा युग परिवर्तनको महाधिवेशन हुने कुरामा दुईमत छैन । नेपाली कांग्रेसको वर्तमान विधानले वर्तमान पार्टी सभापतिलाई पुनः सभापतिको उम्मेदवार बन्न नमिल्ने अवस्था बनाई दिएको छ भने बिगत चौधौँं महाधिवेशनमा शेरबहादुर देउवाका पक्षमा खुलेर लागेका कांग्रेसका बीसौं केन्द्रीय नेताहरु खुलेरै डा. शेखर कोइरालाको पक्षमा बोल्न थालेपछि चौधौंँ महाधिवेशनमा सभापतिमा पराजित डा. शेखर कोइरालालाई यसपटक सभापति बन्न थप मद्दत पुग्ने अनुमान गर्न सकिन्छ । सभापतिको होडबाजीमा डा. शेखर कोइरालाको बढ्दो क्रेज र देउवा पक्षका नेताहरूको निरन्तरको क्याम्प परिवर्तनको हल्लाले सभापति शेरबहादुर देउवालाई अब कसलाई आफ्नो पक्षको सभापति बनाउने भन्ने चिन्ताले सताउन थालेको देखिन्छ ।
यस्तै शेखर समूहमा रहेका केही नेताहरु पनि देउवा समूहमा गएको हल्लाले समेत अहिले नेपाली कांग्रेसको राजनीति तताएको छ । मौसम पुषको भए पनि नेपाली कांग्रेस भित्रको राजनीतिक सरगर्मी जेष्ठको धुप झै तातिएको छ । यसले नेपाली कांग्रेसको भावी नेतृत्व र पार्टीको सांगठनिक प्रारुपमा समेत निक्कै फेरबदल ल्याउन सक्ने अनुमान गर्न सकिन्छ । बिगत लामो समयदेखि इतर पक्षको नेतृत्व गरेर आएका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीका विभिन्न सभा सम्मेलनहरूमा दिँदै आउनु भएका अभिव्यक्तिले समेत पार्टीमा कमाउन र प्रभाव जमाउन आउन चाहने नेतृत्वलाई पूर्णविराम लगाई दिन सक्ने आशंकाले कमाउनका लागि शेखर समूह भन्दा देउवा समूह नै उत्तम भन्ने केही साथीहरु समेत भेटिने गरेका छन् ।
बिचार र आदर्श बोकेका अनि पार्टीको नेतृत्वले लामो समयसम्म पछाडि पारेका पुराना र निष्ठावान कांग्रेस नेता तथा कार्यकर्ताहरू भने यसपटक खुलेरै डा. शेखर कोइरालाको पक्षमा लाग्ने बताउन थालेका छन् । अहिले नेपाली कांग्रेसको युवा नेतृत्व पनि उत्तिकै सक्रिय भएर राजनीतिमा अग्रसर भएको देखिन्छ । यसले महाधिवेशन समयमै सम्पन्न गराउन थप दवाव सृजना गर्ने निश्चित छ । यसै गरी कांग्रेस वरिष्ठ नेता डा. शेखर कोइरालाले पनि पटक पटक पार्टीको पन्ध्रौंँ महाधिवेशन समयमै सम्पन्न गराउन पार्टी नेतृत्वलाई दवाव दिँदै आएका छन् भने आफ्ना पक्षका नेताहरूलाई समेत महाधिवेशनका लागि दवाव बढाउन निर्देशन समेत दिइरहेका छन् । यसले पनि पार्टी संस्थापन पक्षलाई पार्टीको महाधिवेशन समयमै सम्पन्न गर्न थप दवाव सृजना गर्नेछ ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपएचएमपिभी भाइरस र हाम्रो अवस्था
माघ १, २०८१ मंगलबार
नेपालको मौलिक स्वस्थानी व्रत र त्यससम्बन्धी कथालाई कसरी लिने ?
माघ १, २०८१ मंगलबार
आर्थिक रूपमा परनिर्भर बन्दै गएको अवस्थामा पृथ्वीनारायण शाहलाई कसरी सम्झने ?
पुष २७, २०८१ शनिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
रवि लामिछानेलाई आज पनि अदालत लगिँदै, छुट्ने वा नछुट्ने आदेश आउन सक्ने
माघ २, २०८१ बुधबार
लुम्बिनी प्रदेशमा आज सार्वजनिक विदा
माघ २, २०८१ बुधबार
भूकम्प दिवसः पूर्वतयारीका लागि संकल्प जरुरी
माघ २, २०८१ बुधबार
प्रचण्ड सरकारबाट बाहिरिएपछि पहिलो पटक समाजवादी मोर्चाको बैठक बस्दै
माघ २, २०८१ बुधबार
चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
माघ २, २०८१ बुधबार
सुदूरपश्चिममा वर्षा हुन सक्ने, उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात
माघ २, २०८१ बुधबार